कञ्चनपुर– कञ्चनपुरको भीमदत्तनगरपालिका–२ भाँसीमा बसले मोटरसाइललाई ठक्कर दिँदा मोटरसाइकलमा सवारको एक जनाको आइतबार साँझ मृत्यु भएको छ।
_x000D_
_x000D_
से ४ प ८१८८ नम्बरको मोटरसाइकलमा सवार बेलौरी नगरपालिका–९ भुडाका अन्दाजी २७ वर्षीय श्रवण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए।
_x000D_
_x000D_
चौधरीको महाकाली अञ्चल अस्पतालतर्फ ल्याउने क्रममा मृत्यु भएको हो। ठक्कर दिने बसको पहिचान गर्ने कार्य भइरहेको उनले बताए।
_x000D_
_x000D_
चौधरी महेन्द्रनगर बजारबाट घरतर्फ मोटरसाइकलमा आउँदै गरेका बेला विपरीत दिशातर्फबाट आएको बसले ठक्कर दिएको हो। मृतकको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।