महाेत्तरी– महोत्तरीको रामगोपालपुरमा अाइतबार भएको मोटरसाइकल दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ।
_x000D_
_x000D_
रामगोपालपुर नगरपालिका वडा ७ टिकुलिया स्थित मोटरसाइकल एक आपसमा ठोकिँदा एक महिलाको मृत्यु भएको हो।
_x000D_
_x000D_
ईलाका प्रहरी कार्यालय रामगोपालपुरले दिएको जानकारी अनुसार बर्दिवासबाट जलेश्वर तर्फ गइरहेकोे ना२३प.९२६६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आईरहेको ज४प ८५७१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँक्दा मोटरसाइकलमा सवार औरही नगरपालिका वडा नं. १ बस्ने गजेन्द्र चौधरीको पत्नी ओमकला देवी गम्भीर घाइते भएकी थिइन्।
_x000D_
_x000D_
गम्भीर घाइते ओमकलालाई जनकपुर अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौं लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
इप्रका रामगोपालपुरका असई देवेन्द्र गिरीले मोटरसाइकल ठक्कर दिने सुक बहादुर लामालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय जलेश्वर पठाइएकाे बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।