• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर २०, २०८२ Sat, Dec 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीको दाउ र माओवादीको च्याँखेदाउ!

64x64
किशोर दहाल बुधबार, कात्तिक १, २०७४  १३:१९
1140x725

अन्ततः राजनीति निकै रोचक र कठिन मोडमा आइपुगेको छ। अपेक्षित रुपमै प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका मन्त्रीहरुले सम्हालिरहेको जिम्मेवारी खोसेर बिना विभागीय बनाइदिएका छन्। प्रधानमन्त्रीको कदमसँगै पछिल्लोपटक चौध महिना अडेको कांग्रेस र माओवादी बीचको ‘सौहार्दपू्र्ण’ सम्बन्ध यस अवधिकै खराब अवस्थामा आइपुगेको छ।

यससँगै मंसिर १० र २१ गतेका लागि तोकिएको चुनाव नहुने पो हो कि भन्ने शंका पनि बढ्न थालेको छ। संसद विघटन भइसकेको अवस्थामा तोकिएको समयमा चुनाव भइदिएन भने त्यसले निम्त्याउने राजनीतिक संकटको परिकल्पना पनि गर्न सकिँदैन।

देउवा–माओवादी पुरानै नियती

२०५२ सालमा तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरु गर्दा प्रधानमन्त्रीमा शेरबहादुर देउवा नै थिए। माओवादीले सशस्त्र युद्ध सुरु गर्नुअघि २०५२ माघ २१ गते प्रधानमन्त्री देउवालाई ४० सूत्रीय मागपत्र बुझाएका थिए। तर देउवाले वार्ता र सहमतिको प्रयास गरेर माओवादीलाई युद्धमा जान रोक्ने पहल गरेनन्। 

राजनीतिप्रति चासो राख्ने सबैलाई थाहा थियो, प्रधानमन्त्रीको पहलले सार्थकता पाउँदैनथ्यो। माओवादी सशस्त्र युद्धको अन्तिम तयारीमा थियो। यसो भन्दै गर्दा प्रधानमन्त्रीको पहल आवश्यकै थिएन भन्ने हुँदैन। उनले आफ्नो तर्फबाट इमानदारिताका साथ पहल गर्नुपथ्र्यो। प्रधानमन्त्री देउवाले त्यसलाई बेवास्ता गरिदिए। बरु उनी दिल्लीतिर हानिए। यता माओवादीले पुलिस चौकीमाथि आक्रमण गर्न थाल्यो।

सामान्य तबरले फैलिएको माओवादी कालान्तरमा मुलुककै सबैभन्दा जटिल समस्या भइदियो। त्यसले दिएका राजनीतिक उपलब्धी छँदैछ, तर जनधनको क्षति र आहतको कुनै हिसाबकिताब छैन। देशले बेहोरेको आन्तरिक द्वन्द्वले बिगारेका मानवीय र सामाजिक सम्बन्धहरु अहिलेसम्म कचल्टिरहेका छन्।

प्रधानमन्त्रीको इमान्दारिता

दोस्रोपटक, देउवा २०५८ सालमा प्रधानमन्त्री बनेका थिए। तर, प्रधानमन्त्री बनेको एक वर्ष नपुग्दै उनले बिना औचित्य संसद विघटन गरिदिए। जसले माओवादी युद्धका लागि विकासे मलको काम गरिदियो भने दरबारलाई प्रत्यक्ष राजनीतिमा खेल्ने भूमि उपलब्ध गराइदियो। 

Ncell 2
Ncell 2

२०५९ जेठ ८ गते संसद विघटन गर्नु केहीबेर अघिसम्म देउवा कांग्रेस संसदीय दलको बैठकमा थिए। संसदको राज्य व्यवस्था समितिले दिएको संकटकाल थप गर्ने निर्देशन विपरित पार्टीको केन्द्रीय समितिको त्यसै दिनको बैठकले संकटकाललाई निरन्तरता नदिन निर्देशन दिएको थियो। माओवादी द्वन्द्व चरमचुलीमा पुगेका बेला अनेक किसिमका दाउपेच चलिरहनु सामान्य बनिसकेको थियो। माओवादीलाई देखाएर सत्ता राजनीतिमा अनेक खिचडी पाक्न थालेको पनि केही वर्ष बितिसकेको थियो।

संसदीय बैठकमा आक्रामक भएका प्रधानमन्त्री देउवा साँझ राजदरबार गएका थिए। र, त्यहीबाट अप्रत्यासित रुपमा संसद विघटनको लागि सिफारिस गरिदिए। त्यसै रात ११ बजे संसद विघटन भयो। त्यसपछि मुलुकले चार वर्ष जनप्रतिनिधिमुलक संस्था नै गुमायो। २०५९ असोज १८ गते उनी स्वयं पनि तत्कालिन राजा ज्ञानेन्द्रबाट ‘असक्षम’ को पदवीसहित अपदस्थ गरिए। 

देउवाको संसद विघटन गर्ने कदमले मुलुक करिब ४ वर्ष जनप्रतिनिधिविहिन भयो। र, त्यसलाई फर्काउन जनआन्दोलन गर्नुपर्‍यो। वास्तवमा देउवाको लहडले नै त्यतिबेला जनताले दरबारको निरंकुश शासन पनि खेप्नुपर्‍यो।

यसपटक सतहमा देखिने गरी माओवादी र सरकारबीचको सम्बन्ध बिग्रिएको दुई साताजति मात्रै भएको छ। खासगरी सरकारको मुख्य सहयात्री माओवादीले प्रतिपक्षी एमालेसँग चुनावी गठबन्धन र पार्टी एकताका लागि भन्दै समझदारी गरेपछि यी दुईबीचको सम्बन्ध बिग्रिएको हो। माओवादीका मन्त्रीहरु सरकारमा पनि रहने र प्रतिपक्षीसँग गठबन्धन पनि गर्ने कुरा प्रधानमन्त्री देउवालाई मनपर्ने कुरै थिएन। 

देउवाले माओवादीका मन्त्रीहरुको राजिनामाको अपेक्षा गरेका थिए। तर, त्यसो नभएपछि उनीहरुले सम्हालिरहेका मन्त्रालयको जिम्मेवारीबाट मुक्त गर्ने कदम लिए। संविधानको व्यवस्था अनुसार उनी मन्त्रीहरुलाई हटाउन भने सक्दैनथे। अन्तिममा जे सक्थे, त्यही गरेका छन्।

देउवा जस्तोसुकै कठोर निर्णय लिन सक्छन्। र, आफ्नो निर्णयमा कस्तो प्रतिक्रिया आउला र त्यसले मुलुकलाई कस्तो असर पार्ला भन्ने कमैमात्र सोच्छन्। देउवामाथि यस्तो आरोप लगाउन किन पनि सहज छ भने उनले मुलुकको नेतृत्व गरेका बखत देशले खासै सुखद कुरा सुन्न पाएको छैन।

यसपटक पनि प्रधानमन्त्री आसन्न निर्वाचन सार्ने वा नगर्नेतिर अघि बढ्ने हुन् कि भन्ने चासो र चिन्ता बढेको छ। 

हुन त माओवादीका मन्त्रीलाई यतिबेला विश्वास गर्ने अवस्था छैन। तर, माओवादीका मन्त्रीहरुले मंगलबार दिउँसो सरकार छाड्ने भनेर पत्रकार सम्मेलन नै गरेका थिए। पार्टीले आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको सुनाउन भनेर आयोजना गरिएको पत्रकार सम्मेलन अन्तिम समयमा आएर विषयान्तर भएको थियो। गृहमन्त्रालयमा जम्मा भएका पत्रकारहरुलाई मन्त्री शर्माले सरकारले निर्वाचन सार्ने प्रपञ्च गरेकाले सरकार नछाड्ने भयौं भनिदिए। उनका अनुसार सरकार छाड्ने निर्णयमा हस्ताक्षर गर्नै लाग्दा निर्वाचन आयोगबाटै प्रधानमन्त्रीले चुनाव सार्न चाहेको सूचना पाएकाले निर्णय फेर्नुपरेको हो।  

बिहानै माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई भेटेर सरकार छाड्ने जानकारी गराइसकेका थिए। तर, पत्रकार सम्मेलनमार्फत अर्कै निर्णय सुनाइएपछि प्रधानमन्त्रीलाई मन नपर्नु स्वभाविक थियो। परिणामतःबेलुकै प्रधानमन्त्री देउवाले माओवादीका झण्डै डेढ दर्जन मन्त्री र राज्यमन्त्रीलाई बिना विभागीय बनाइदिए।

माओवादीले भनेजस्तै र आम रुपमा बढेको आशंका जस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव नगराउने वा सार्नेतिर अग्रसर भए भने त्यो मुलुकलाई अर्को संकटतिर धकेल्ने प्रयत्न हुने छ। २०५९ सालमा उनले संसद विघटन गरेका थिए। अहिले त स्वभाविक रुपमा संसद विघटन भइसकेको छ। मुलुक जनप्रतिनिधिविहिन अवस्थामा रहेको बखत जिम्मेवारी र दायित्वभन्दा बाहिर गएर गरिने निर्णयहरु मुलुकको हितमा हुने छैनन्।

अर्कोतर्फ, वामपन्थी गठबन्धनलाई मन नपराउने बाह्य शक्ति पनि छन्। तिनले गठबन्धनको जित हुने अपेक्षा गरिएको अबको चुनावलाई सहज रुपमा सम्पन्न हुन नदिने प्रयास पनि गरिहेका छन्। र, त्यस्ता शक्तिले पहिलो ‘कठपुतली’ देउवालाई नै बनाउने सम्भावना उच्च छ। देउवाको दुस्साहसी विशेषता र बाह्य षडयन्त्रको मिलन भयो भने त्यसको नजिता पक्कै सुखद हुने छैन। 

त्यसैले पनि यतिबेला देउवाबाट इमानदारीताको अपेक्षा गर्नु स्वभाविक छ। उनले कम्तीमा पनि मुलुकलाई लोकतन्त्रको लिकबाट उछिट्याउने प्रयत्नको सहयोगी बन्नुहुँदैन। इमानदारीताको साथ मुलुकको यो ऐतिहासिक जिम्मेवारीलाई उनले पार गराएर देखाउन सक्नुपर्छ। त्यसमै उनको, पार्टी र लोकतन्त्रको हित छ। लोकतन्त्रवादीहरु नै हो, अन्तिमसम्म पनि लोकतन्त्रप्रति प्रतिबद्ध हुनुपर्ने र विश्वास दिलाउनुपर्ने।

लोकतन्त्रको स्वभाविक गतिमा माओवादी सधैंको अविश्वसनीय शक्तिको रुपमा देखिएको छ। चुनावी स्वार्थमा परेर उसले पछिल्लो पटक अस्वभाविक रुपमा प्रतिपक्षी एमालेसँग घाँटी जोड्न पुगेको हो। सरकारको स्वाद पनि लिइरहने र प्रतिपक्षीसँग सम्बन्ध पनि बनाइराख्ने उसको व्यवहार नैतिकपूर्ण थिएन। तर उसले अनेक बहाना गरेर यही व्यवहारलाई निरन्तरता दिइरहेको थियो।

प्रधानमन्त्री देउवाले गत २८ गते शनिबार राप्रपाका मन्त्रीहरुलाई सपथ दिलाएपछि माओवादीका मन्त्रीमाथि नैतिकताको प्रश्न झनै सघन बनेको थियो। माओवादीका मन्त्रीहरुलाई विस्थापन गर्ने रणनीतिका साथ नै ती मन्त्री थपिएको बुझ्न कुनै कठिनाइ थिएन। तर, माओवादीले सरकारबाट बाहिरिने कुनै चासो लिएन। उसले अनेक शब्दजालको सहारा लिइरह्यो।

अब माओवादीले सरकारबाट बाहिरिनु जरुरी छ। बिना विभागीय भएर सरकारमा बसिरहनु कुनै नैतिकपूर्ण काम त होइन नै, जनताको करमाथिको दोहन पनि हो। बिना काममा तलब खाएर बस्न सुहाउँदैन।

माओवादीले सरकार बाहिर बसेर पनि चुनावलाई सफल बनाउन सरकारलाई सहयोग गर्न सक्छन्। सरकारमा नै बसेर प्रधानमन्त्रीसँग द्वन्द्व बढाउनुभन्दा बाहिर बसेर सघाउनु बढी परिपक्वता पनि ठहरिन्छ। माओवादीले के बुझ्न जरुरी छ भने आफ्नै पछिल्ला रणनीतिले राजनीति यसरी गोलचक्करमा फसेको हो। त्यसलाई कुशलतापूर्वक पार लगाउनु पनि आफ्नै जिम्मेवारीको कुरा हो।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०७४  १३:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन... शुक्रबार, मंसिर १९, २०८२
पैसा र शक्तिको प्रभावमा मात्रै चुनाव जित्ने अवस्था आउन दिनुहुन्न : प्रधानमन्त्री हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उनले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अ... शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध शुक्रबार, मंसिर १९, २०८२
प्लेअफमा पुग्न लुम्बिनीलाई जनकपुरद्वारा १३३ रनको लक्ष्य शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्