काठमाडौं- गैरअावासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष भवन भट्टलाई पितृशोक परेको छ। भट्टका बुबा यदु प्रसाद भट्टको ७५ वर्षको उमेरमा अाज दिउँसो जापानमा उपचारका क्रममा निधन भएको हो। जापानस्थित जपान रेडक्रस मेडिकल सेन्टरमा उपचारको क्रममा उनको निधन भएको बताइएकाे छ।
_x000D_
_x000D_
मधुमेहका बिरामी भट्टलाई फोक्सोमा समस्या आएपछि जापानको रेडक्रस मेडिकल सेन्टरमा भर्ना गरिएको थियो। स्वर्गीय भट्ट २०३९ सालमा वाणिज्य सहायक मन्त्रीसमेत भएका थिए।
_x000D_
_x000D_
गोरखामा जन्मिएका भट्टले जिल्लाको शिक्षा क्षेत्र र सामाजिक कार्यमा पनि सक्रिय थिए। स्वर्गीय भट्टका तीन छोरा, तीन छोरी र श्रीमती छन्।
_x000D_
_x000D_
स्वर्गीय भट्टको शवलाई नेपाल ल्याउने तयारी भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।