काठमाडौं- नेपाली कांग्रेसको विधानको मस्यौदामा संस्थापनइतर समूहले असहमति प्रकट गरेको छ। प्रस्तावना धेरै लामो भएको उक्त समूहको ठहर छ।
_x000D_
_x000D_
क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएको विधानमा पनि संस्थापनइतर समूहले फरक मत राखेको छ। सदस्यता वितरणमा सो समूहले चार बुँदे फरक मत राखेको छ। सदस्यता वितरणलाई व्यापक गर्नुपर्ने मस्यौदामा प्रस्ताव गरिएको छ। तर, साधारण सदस्यता प्राप्त गरेको दुई वर्षमा क्रियाशील सदस्यताको प्रावधान राख्नुपर्ने माग संस्थापनइतर समूहको छ।
_x000D_
_x000D_
मस्यौदामा 'सदस्यता एकै प्रकारको हुनेछ' भनी प्रस्ताव गरिएको छ। प्रस्तावित विधानमा १८ वर्ष उमेर पुगेको, पार्टीको स्थानीय कार्यक्रममा ७० प्रतिशतभन्दा बढी उपस्थित भएको व्यक्तिलाई सदस्यता उपलब्ध गराउने व्यवस्था छ।
_x000D_
_x000D_
वडा सदस्यहरुले आफूमध्येबाट बीस प्रतिशत सदस्यलाई निर्वाचित गरी सदस्यहरूको निर्वाचन मण्डल बनाई क्षेत्रीय अधिवेशन प्रतिनिधि र कार्य समितिको निर्वाचन गर्ने व्यवस्था हुनुपर्ने उल्लेख गरिएको छ। साथै,एक वर्ष पुगेपछि सदस्यले चाहेमा स्वतः नवीकरण हुनुपर्ने उल्लेख छ।
_x000D_
_x000D_
संस्थापन समूह पदाधिकारीमा अहिले कायम रहेको व्यवस्थालाई नै यथावत राख्ने अडानमा छ भने इतर समूहले पदाधिकारी बढाउने विषयमा फरक मत राखेको छ। सभापति १, उपसभापति, महामन्त्री र सहमहान्त्री ३/३ र कोषाध्यक्ष १ जना हुनुपर्ने प्रस्ताव पेस भएको छ। समानुपातिक र समावेशिताको आधारमा पदाधिकारीको निर्वाचन र मनोनयनको माग गरिएको छ। वैकल्पिक विचारका रुपमा उक्त समूहले समावेशिताको आधारमा ७ जना उपसभापति र ७ जना सहमहामन्त्रीको व्यवस्था हुनुपर्ने विचार पेश गरेको छ। पदाधिकारीमा कम्तिमा एक जना महिलाको व्यवस्था हुनुपर्ने प्रस्ताव राखिएको छ। इतर समूहका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुलाई व्यवस्थापन गर्नका लागि उक्त समूहले पदाधिकारी थप्न चाहेको छ।
_x000D_
_x000D_
प्रस्तावित विधान अनुसार कांग्रेस उपसभापतिमा मनोनित विजय गच्छदारको हैसियत कुन रुपमा रहने अन्योल पैदा भएको छ। राजनीतिक निर्णयका आधारमा मनोनित भएका गच्छदारको वैधानिकताको लागि प्रस्तुत गरिएको नयाँ विधानमा कुनै व्यवस्था छैन।
_x000D_
_x000D_
विद्यमान कांग्रेसको विधानमा सभापति, एक महामन्त्री र कोषाध्यक्ष निर्वाचित हुने व्यवस्था छ। उपसभापति, महामन्त्री र सह महामन्त्री १/१ जना मनोनित हुनुपर्ने व्यवस्था छ। संस्थापनइतर समूहले राखेको फरक मतमा कोषाध्यक्षलाई मनोनित गर्नुपर्ने प्रावधानको माग गरिएको छ भने महामन्त्री सबै जना निर्वाचित हुनुपर्ने फरक मत राखिएको छ।
_x000D_
_x000D_
सबै समितिहरुमा ५५ प्रतिशत खुला र ४५ प्रतिशत समानुपातिक आरक्षणबाट गर्नुपर्ने मत राखेको छ। संसदीय समितिमा ११ जनाको व्यवस्था हुनुपर्ने फरक मत राखिएको छ।
_x000D_
_x000D_
केन्द्रीय कार्य समितिमा १ सय २५ जनाको कार्य समितिलाई थप बढाउने गरी आएको प्रस्ताव इतर समूहले अस्विकार गरेको छ। संस्थापन पक्षले ल्याएको नयाँ प्रस्ताव अनुसार कांग्रेस केन्द्रीय कार्य समिति १ सय ४१ जनाको हुने भएको छ। सभापतिले कुल कार्य समिति सदस्यहरुको २५ प्रतिशत मनोनित गर्ने व्यवस्था ल्याएको हो। इतर समूहले सभापतिले केन्द्रीय कार्य समितिमा १५ प्रतिशत मनोनित हुनुपर्ने अडान राखेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।