काठमाडौं– गायक सचिन रौनियारको नयाँ सांगीतिक कोशेली सार्वजनिक भएको छ। झन्डै १२ वर्षपछि रौनियार नयाँ गीत ‘ए मान्छे’ लिएर आएका हुन्।
_x000D_
_x000D_
डेढ दशक अगाडि नेपाली गीतसंगीत बजारमा परिचित रौनियारले १२ वर्षयता भने कुनै पनि सांगीतिक काशेली पस्कन सकेका थिएनन्। डिजिटल युगको पहिलो गीत बनाउने सचिनले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरेका हुन्। मनोरञ्जनसँगै अनेकतामा एकताको सन्देश दिने सार्वजनिक गीतमा प्रकाश सापकोटाको शब्द तथा जितेन लेप्चाको संगीत सुन्न सकिन्छ।
_x000D_
_x000D_
रौनियारका यसअघि २०४३ मा पहिलो ‘सर्च’ एल्बमसहित १२ वटा एल्बम सार्वजनिक भएका थिए। उनका सर्चसँगै स्पर्श, नशालगायतका एल्बम चर्चित छन्। गीत सार्वजनिक कार्यक्रममा बोल्दै उनले डिजिटल दुनियामा काम गर्न निकै सहज भएको र अबका दिनमा निरन्तर रुपमा गीतसंगीतमा लाग्ने बताए।
_x000D_
_x000D_
गीतमा सचिनसँगै संजय श्रेष्ठ, बबिन, भिम तुलाधरलगायत पनि देखिएका छन्। सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको गीतको भिडियोमा विभिन्न भाषाभाषीको एकता प्रस्ट्याउने प्रयास भएको देख्न सकिन्छ। यसअघि सार्वजनिक ‘मनमगन’ पछि उक्त किसिमको भिडियो निर्देशन गरेका सुव्रतले निर्माणका क्रममा कुनै सम्झौता नगरेको बताएका छन्।
_x000D_
_x000D_
सार्वजनिक भिडियोमा गम्भीर बिष्टको कोरियोग्राफी तथा उत्सव दाहाल र विजय बस्नेतको छायांकन रहेको छ।
_x000D_
_x000D_
सार्वजनिक गीतकाे भिडियाे
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।