काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा विधानको मस्यौदा पेश भएको छ।
_x000D_
_x000D_
आइतबार बसेको पार्टीको बैठकमा विधान मस्यौदा पेश गर्दै समितिका संयोजक पूर्णबहादुर खड्काले विधानबारे संक्षिप्त व्याख्या गरेका थिए।
_x000D_
_x000D_
मस्यौदा सभापति र केन्द्रीय सदस्यहरुलाई वितरण गरिएको छ। तीन दिन अध्ययनपश्चात् १३ गते ११ बजे पुन बैठक बैठक बस्ने तय भएको छ। विधानका बारेमा सोही बैठकमा छलफल हुने छ।
_x000D_
_x000D_
मस्यौदाका केही धाराहरुमा फरकमत पनि गएको नेता प्रदीप पौडेलले जानकारी गराए। पदाधिकारीको संख्या, पदाधिकारीको चयन प्रक्रिया, संसदीय समितिको चयन प्रक्रिया, सदस्यता सम्बन्धमा केन्द्रीय कार्यसमितिमा कति प्रतिशत कति प्रतिशत मनोनयन गर्ने सम्बन्धमा फरक मतहरु गएको उनले बताए।
_x000D_
_x000D_
संयोजक खड्काले मस्यौदाको मूल प्रति र फरक मतको प्रति पनि वितरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।