राजविराज– तीर्थयात्री बोकेको एक बस दुर्घटनामा परी मृत्यु भएका ५ जनाको शनिबार साँझ सामूहिक रूपमा दाहसंस्कार गरिएको छ।
_x000D_
_x000D_
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालले शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाएको थियो। मृतक पाँचै जनाको डाक्नेश्वरी नगरपालिका–४ स्थित खडक नदी किनारमा सामूहिक दाहसंस्कार गरिएको स्थानीयबासी वीरेन्द्र साहले बताए।
_x000D_
_x000D_
को१ख २७९९ नम्बरको बस दुर्घटनामा उक्त नगरपालिका ७० वर्षीया वेचनीदेवी यादव, ६० वर्षीया सकिलदेवी साह, ५५ वर्षीय दिनेश रजक, ५० वर्षीया बौकीदेवी रजक र ६० वर्षीया भुखनीदेवी यादवको मृत्यु भएको थियो।
_x000D_
_x000D_
सुनसरीको वराह क्षेत्रको दर्शनपछि यात्रु लिएर आएको सो बस भारदह–राजविराज सडकअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१० इनर्वास्थित पोखरीमा शुक्रबार राति अनियन्त्रित भई खसेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।