नारायणपुर- दाङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ। रुकुमबाट बिरामी लिएर कोहलपुर जाँदै गरेको रा१च ७८१ नम्बरको एम्बुलेन्स दाङको लमही नगरपालिकास्थित अमिलियामा दुर्घटना भएको हो।
_x000D_
_x000D_
दुर्घटनामा रुकुमका ७३ वर्षीय भीमु जैसी घाइते भएका इलाका प्रहरी कार्यालय अमिलियाले बताएको छ। जैशी दमको रोगी भएकाले उपचारका लागि कोहलपुर लैजाँदै गर्दा गएराति २ बजे दुर्घटना भएको प्रहरीले बताएको छ।
_x000D_
_x000D_
एम्बुलेन्समा बिरामी जैसी, एक बिरामीको आफन्त र चालक सवार थिए। नगरपालिका स्वास्थ्यचौकी सतबरियाको रा१ज १२३ नम्बरको एम्बुलेन्समा बिरामीलाई कोहलपुर पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।