काठमाडौं– विधानमा सर्वसहमति हुन नसकेपछि नेपाली कांग्रेसको विधान मस्यौदा समितिले विवादित मतसहित केन्द्रीय कार्यसमितिमा विधान पेस गर्ने भएको छ।
_x000D_
_x000D_
आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा विधान पेस गर्न लागिएको हो। पदाधिकारी, केन्द्रीय सदस्य सङ्ख्यामा समिति सदस्यहरु बीच मतान्तर रहेको छ। संस्थापन पक्ष विद्यमान प्रावधान यथावत राख्ने अडानमा छ। वरिष्ठ नेता रामचन्द्र पौडेल समुह पदाधिकारीको संख्या बढाउने पक्षमा छ।
_x000D_
_x000D_
केन्द्रीय समितिको संख्यामा पनि विवाद देखिएको छ। १ सय २५ जनाको केन्द्रीय कार्यसमिति बनाउने विषयमा करिब सहमति भएको थियो। पछिल्लो समय संस्थापन पक्षले १ सय ४० बनाउनु पर्ने अडान राखेको विधान मस्यौदा समितिका सदस्य प्रदीप पौडेलले जानकारी गराए। सभापतिलाई थप बलियो बनाउने गरी संस्थापन पक्षका सदस्यले नयाँ प्रस्ताव ल्याएको उनले बताए। केही केन्द्रीय सदस्य सभापतिले मनोनित गर्नेगरी प्रस्ताव पेस गरिएको पौडेलले जानकारी गराए।
_x000D_
_x000D_
सदस्यता वितरणको प्रकृतिमा पनि विवाद कायमै छ। पौडेलले भने, ‘करीब एक दर्जन विषयमा एकमत हुन सकिएन। विवादित प्रस्तावसहित विधान पेस गर्न लागिएको छ।’
_x000D_
_x000D_
आज बस्ने केन्द्रीय समितिको बैठकमा पेस हुने विधान केन्द्रीय सदस्यहरुलाई अध्ययनका लागि उपलब्ध गराइने छ। दुई दिन सदस्यहरूले अध्ययन गरेपछि पुनः बैठक बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।