जनकपुरधाम- राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले पार्टीमा कुनै किसिमको गुट, उपगुट र वादविवाद नरहेको बताएका छन्। मधेश र मधेशीको हित तथा भावनाको कदर नगर्ने षड्यन्त्रकारीले पार्टी फुटाउन लागेको भनेर बदनाम गराउने षडयन्त्र भइरहेको तर अाफूहरूबीच कुनै गुट र विवाद नभएको बताएका हुन्।
_x000D_
_x000D_
शनिबार जनकपुरमा विद्यापति ट्रष्टद्वारा आयोजित विद्यापति स्मृति पर्वको समापन समारोहमा सम्बोधन गर्दै संयोजक महतोले आफू पूर्व अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरको स्वयं हस्ताक्षरित तथा बहुमतबाट चक्रिय प्रणाली अनुसार अध्यक्ष मण्डलको संयोजकको रुपमा निर्वाचित भएको समेत दोहोर्याए।
_x000D_
_x000D_
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई लक्षित गर्दै महतोले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई विवाह पञ्चमीको अवसरमा जनकपुर आउने कार्यक्रमलाई भाँड्न खोजेको आरोप लगाए।
_x000D_
_x000D_
'रामजानकी विवाह महोत्सवको अवसरमा भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई जनकपुर आउनबाट रोक्नु भनेको यहाँको सांस्कृतिक सम्पदा, धरोहरलाई उचित सम्मान नदिनु हो,' उनले भने।
_x000D_
_x000D_
उपसभापति निधिले यहाँको सांस्कृतिक संरक्षण तथा विकासमा बारम्बर अवरोध खडा गरिराखेको आरोप समेत महतोले लगाए।
_x000D_
_x000D_
ट्रष्टका अध्यक्ष चन्द्रमोहन चौधरीले विद्यापति स्मृति पर्वको अवसरमा यहाँका सांस्कृति तथा पुरातात्विक महत्वका सम्पदा संरक्षण, संवर्द्धनका लागि सरकारसँग माग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।