काठमाडौँ– नेपाल विद्युत् प्राधिकरण त्रिशूली जलविद्युत् गृह दोस्रो युनिटको सर्किट ब्रेकरमा आगलागी हुँदा दुई जना घाइते भएका छन्।
_x000D_
_x000D_
घाइते हुनेमा सुपरभाइजर गुञ्जमान तामाङ र इञ्जिनीयर प्रविण चौधरी रहेको जलविद्युत् गृहका प्रमुख तारादत्त भट्टले जानकारी दिए।
_x000D_
_x000D_
घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।
_x000D_
_x000D_
घाइतेमध्ये तामाङको अवस्था गम्भीर रहेको छ। आज दिउँसो ३ बजेर ४५ मिनेटको समयमा विद्युत् गृहमा आगलागी भएको हो।
_x000D_
_x000D_
आगलागीका कारण २१ मेगावाट क्षमताको सोही विद्युत् गृह र त्यसैको क्यास्केड १४ मेगावाटको देवीघाट विद्युत् गृहसमेत बन्द भएको छ। जसका कारण ३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणबाट बाहिरिएको छ।
_x000D_
_x000D_
कूल २१ मेगावाट क्षमताको उक्त विद्युत् केन्द्रबाट हाल १६ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको थियो।
_x000D_
_x000D_
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले आगलागीका विषयमा छानबिन भइरहेको जानकारी दिए।
_x000D_
_x000D_
दुईवटै विद्युत् गृह बन्द भएपछि नुवाकोट, रसुवा र धादिङको केही क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ।
_x000D_
_x000D_
प्रवक्ता अधिकारीले वैकल्पिक व्यवस्था गरेर भए पनि अवरुद्ध रहेको स्थानमा विद्युत् आपूर्तिको व्यवस्था मिलाइने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।