काठमाडौं- राष्ट्रिय जनता पार्टीले शुक्रबार सप्तरीमा भएको बस दुर्घटनाका मृतकका परिवारलाई राहत दिन माग गरेको छ।
_x000D_
_x000D_
पार्टी महासचिव केशव झाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटनाले मर्माहत बनाएको बताउँदै राहतका लागि सरकारसँग माग गरेको हो।
_x000D_
_x000D_
सुनसरीको बराह क्षेत्र र चतराधाम दर्शन गरेर फर्किने क्रममा को १ ख २७९९ नम्बरको बस सप्तरीको भारदह-राजविराज सडकखण्ड अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १० स्थित इनरुवा चौक नजिकै दुर्घटना भएको थियो।
_x000D_
_x000D_
बस पोखरीमा पल्टिँदा डाकनेश्वरी नगरपालिका ५ भुतहीका ५५ वर्षीय दिनेश रजक र ५० वर्षीय बउकिदेवी रजक, ७० वर्षीया बेचनीदेवी यादव, ६० वर्षीया शिकिलादेवी साह र ६० वर्षिया भुखनीदेवी यादवको मृत्यु भएको थियो।
_x000D_
_x000D_
'मृतक परिवारलाई राहत तथा क्षतिपूर्तिको र घाइते भएका व्यक्तिहरूको निशुल्क उपचारका लागि सरकारसँग जोडदार माग गर्दछौं', विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।