धरान- कुनै समय पूर्वी पहाड र तराईको मिलनविन्दु अनि लाहुरे भर्तीकेन्द्रका रुपमा प्रसिद्ध धरान शुक्रबार बेलुकी लोकरक ब्यान्ड नेपथ्यसँग झुम्यो। स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा मुलुक यात्रामा निस्केको नेपथ्यले बिर्तामोडपछि धरानमा दोस्रो कन्सर्ट गरेको हो। यहाँस्थित रंगशाला परिसरमा झन्डै चार हजार दर्शकको उपस्थितिमा नेपथ्य गुन्जिएको थियो।
_x000D_
_x000D_
‘पहिले जुन स्थानमा लाहुरे भर्तीकेन्द्र थियो अहिले त्यही सम्पत्तिमा बपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान खडा भएको छ,’ कन्सर्टमा गाउँदा गाउँदै पनि नेपथ्यका अगुवा अमृत गुरुङले पुरानो र नयाँ धरानको तुलना गर्दै भने, ‘अर्थात् मर्ने र मार्ने कामको योग्यता मापन गर्ने ठाउँ अहिले आम मानिसको जीवन कसरी बचाउने भन्ने स्थानमा परिणत भएको छ जसले सांकेतिक अर्थमा यो ठाउँ कसरी फेरिँदैछ भनेर बुझाउँछ।’
_x000D_
_x000D_
धरानमा कन्सर्टको आयोजना नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुको संस्था ‘परिक्रमा स्टुडेन्ट्स् फेमिली’ले ‘एमसी कफी आवर’सँग मिलेर गरेको हो।
_x000D_
_x000D_

_x000D_
_x000D_
‘सा कर्णाली’ म्युजिक भिडियोबाट कन्सर्ट सुरु गरिएको थियो भने त्यसलाई अर्को म्युजिक भिडियो ‘सम्झिराख’बाट निरन्तरता दिइएको थियो।
_x000D_
_x000D_
कवि तुलसी ‘दिवस’ले बाल्यकालमै लेखेको कवितालाई नेपथ्यले हालै ‘सम्झिराख’ गीतका रुपमा तयार पारेको हो। त्यसपछि मञ्चमा उक्लेको नेपथ्य टिमले ब्याण्डकै पहिलो रेकर्डेड गीत ‘आँगनै भरि’बाट सुरुवात गरेको थियो।
_x000D_
_x000D_
‘हामीले मुलुकको असाध्यै जटिल अवस्था पार गरेका छौं,’ अघिल्लो पटक द्वन्द्वकै बेला ‘सुन्दर, शान्त, नेपाल’ कार्यक्रम अन्तर्गत धरानमा गाउँदाको क्षण सम्झँदै अमृतले भने, ‘अब मुलुकको मुहार फेर्ने बेला भएको छ।’
_x000D_
_x000D_
कार्यक्रम ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो,’ ‘जोमसोम बजारमा’, ‘चरि मर्यो’, ‘रेशम’, ‘तालको पानी’ हुँदै अघि बढेको थियो।
_x000D_
_x000D_
नेपथ्यको यो यात्रा मंसिर १० गते बुटवल हुँदै १३ गते धनगढी पुगेर सम्पन्न हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।