काठमाडौं- विप्लव नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले पाँचौं पुनर्गठन दिवसको अवसर पारी राजधानीमा 'शक्ति प्रदर्शन' गरेको छ।
_x000D_
_x000D_
नेकपाले भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गलाई दुईतर्फी बन्द गरी ‘विशाल जनसभा’ गरेको हो।
_x000D_
_x000D_
सभामा उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले केहीबेरमा सम्बोधन गर्ने बताइएको छ। पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव भने सहभागी हुने छैनन्।
_x000D_
_x000D_
सभा व्यवस्थापनका लागि हँसिया हथौडा अंकित रातो पोसाकमा कार्यकर्ताहरु खटिएका छन्। सभाका लागि तीन स्थानबाट जुलुस निस्किएको थियो। गोगंबु, बरमहल र कालिमाटीबाट सुरु भएको जुलुस जनसभास्थल प्रदर्शनीमार्ग पुगिसकेको छ।
_x000D_
_x000D_
जुलुसका कारण कतिपय ठाउँमा यातायात सञ्चालनमा समेत अवरोध हुँदा यात्रुले सास्ती पाएका छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।