लमही– दाङमा धान दाउने क्रममा थ्रेसरमा परि एक बालिकाको मृत्यु भएको छ।
_x000D_
_x000D_
तुलसीपुर उपमहानगरपालिका–१६ मज्गैका शोमराज चौधरीका ६ वर्षीया छोरी विपनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाहीका अनुसार आफ्नै खेतको धान दाउने क्रममा मेसिनमा परेर गम्भीर घाइते विपनाको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। थ्रेसर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।