काठमाडौं। विश्व शान्तिका लागि संवेग शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ। ‘वल्र्ड विदाउट एङ्गर’ (डब्लुडब्लुए) र ग्लोबल पिस फाउन्डेसन (जिपिएफ) को संयुक्त आयोजनामा शनिबार काठमाडौंमा उक्त सम्मेलनको आयोजना गरिएको हो।
_x000D_
_x000D_
संवेश शिक्षामार्फत् विश्वमा शान्तिको सन्देश प्रवाह गर्ने हेतुले सम्मेलन गरिएको डब्लुडब्लुएका कार्यक्रम निर्देशक मुकुन्दराज खनालले जानकारी दिए।
_x000D_
_x000D_
‘संवेश शिक्षा, कार्यक्षेत्र व्यवहार तथा प्रभावकारी जनव्यवस्थापनमा स्वस्थ मनोस्वास्थ्य’ नाम दिइएको उक्त सम्मेलनमा विभिन्न ९ मुलुकका प्रतिनिधि सहभागी छन्। जसमा नेपाल, भारत, वेलायत, अमेरिका, थाइल्याण्ड, मलेसिया, दक्षिण अफ्रिका, इथियोपिया र अष्ट्रिया छन्।
_x000D_
_x000D_
डब्लुडब्लुएले सन् २००९ देखि नै यस्तो सम्मेलन आयोजना गर्दै आएको छ। यो आठौं सम्मेलन हो।
_x000D_
_x000D_
त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेर विश्व शान्तिका लागि विभिन्न तालिम सञ्चालन गरिँदै आएको कार्यक्रम निर्देशक खनालले बताए।
_x000D_
_x000D_
सन् २००७ मा स्थापना भएको सेवा नेपाललाई सन् २००९ मा डब्लुडब्लुए नामाकरण गरिएको थियो।
_x000D_
_x000D_
सम्मेलन शनिबार नै सकिनेछ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।