काठमाडौं- नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजनामा नियमित उपचारपछि क्यान्सर रोग निको भएका व्यक्तिलाई सहभागी गराई नेपालमै पहिलोपटक सन्देशमूलक ‘पहिरन प्रदर्शनी र नृत्य’ कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम प्रतियोगितात्मक नभई सहभागितामूलक रहने बताइएको छ।
_x000D_
_x000D_
आगामी पुस २७ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सो कार्यक्रम आयोजना गर्न लागिएको हो। ‘सुदिप्त क्यान्सर सर्भाइभल र्याम्प सो’ नाम दिइएको उक्त पहिरन प्रदर्शनी तथा नृत्यमा क्यान्सर रोग निको भएर नयाँ जीवन बिताइराखेका महिला र पुरुष गरी तीसभन्दा बढीले भाग लिने बताइएको छ।
_x000D_
_x000D_
‘नेपालीको क्यान्सर उपचार नेपालमै’ नाराका साथ क्यान्सर निदान र उपचारमा विगत आठ वर्षदेखि सेवारत नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुर र ‘नेपाल क्यान्सर सपोर्ट ग्रुप’ नामक गैरसरकारी संस्थाको संयुक्त आयोजनामा सो कार्यक्रम आयोजना गर्न लागिएको हो।
_x000D_
_x000D_
‘क्यान्सर लुकाएर बस्न हुँदैन, क्यान्सर लाग्दैमा आत्तिनु हुँदैन, समयमै उपचार गरे क्यान्सर निको हुन्छ र क्यान्सर भइसकेपछि पनि जीवन अझै बाँकी छ, हरेस खानु हुँदैन’ भन्ने सन्देश दिन पहिलो पटक सो प्रदर्शनी आयोजना गर्न लागिएको सुदिप्त क्यान्सर सर्भाइभल र्याम्प सो कार्यक्रमकी संयोजक स्वरुपा श्रेष्ठले बताइन्।
_x000D_
_x000D_
“नेपाल क्यान्सर अस्पताल हरिसिद्धिका साथै विभिन्न क्यान्सर अस्पतालमा उपचार गरी नयाँ जीवन पाएका व्यक्तिलाई सहभागी गराई पहिरन प्रदर्शनी आयोजना गर्दा समाजमा आफ्नो क्यान्सर रोग लुकाएर बसेका पनि स्वःस्र्फूत रुपमा अगाडि आउने र समयमै क्यान्सर उपचार गर्नेछन् भन्ने हामीले विश्वास गरेका छौंँ”, कार्यक्रम संयोजक श्रेष्ठले भनिन्।
_x000D_
_x000D_
श्रेष्ठका अनुसार उक्त पहिरन प्रदर्शनीमा क्यान्सर निको भएका व्यक्तिको अलावा नेपालका चर्चित हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यका साथै समाजका लब्धप्रतिष्ठित व्यक्तित्व, उद्योगपति, समाजसेवी, कलाकार, खेलाडीलगायतको सहभागिता रहने भएको छ।
_x000D_
_x000D_
विशुद्ध सामाजिक र सेवामूलक उद्देश्य भएको कार्यक्रम भएकाले क्यान्सर निको भएर क्यान्सरबारे किताब लेख्दै गरेकी चर्चित बलिउड नायिका मनिषा कोइरालालाई पनि कार्यक्रममा सहभागी गराउन प्रयास भइरहेको कार्यक्रम संयोजक श्रेष्ठले बताइन्।
_x000D_
_x000D_
‘सबैखाले क्यान्सरको उपचार नेपालमै सम्भव छ, उपचारको लागि कुनै पनि बिरामी तनाव लिएर र आर्थिक बोझ बोकेर विदेश जानु पर्दैन’ नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष एवं वरिष्ठ क्यान्सर विशेषज्ञ डा सुदिप श्रेष्ठले भने , “यस प्रकारको सन्देशमूलक कार्यक्रमले क्यान्सर बिरामीलाई समयमै उपचार गराउन हौस्याउँछ।”
_x000D_
_x000D_
नेपाल क्यान्सर सपोर्ट ग्रुपले सुदिप्त क्यान्सर सभाईभल कार्यक्रममार्फत नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचाररत बिरामी र क्यान्सर निको भइसकेका व्यक्तिसँग नियमित भेटघाट र छलफल गर्दै रोग लागेको बेलामा उनीहरुले भोग्नुपरेका शारीरिक, मानसिक, आर्थिक र सामाजिक तनाव न्यूनीकरणदेखि बिरामीलाई आर्थिक सहयोग समेत गर्दै आएको छ।
_x000D_
_x000D_
यस कार्यक्रममार्फत क्यान्सर बिरामी, निको भइसकेका व्यक्तिसँग अस्पतालका चिकित्सक, मनोचिकित्सक र समाजसेवीबीच भेटघाट र छलफलका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। डेढ वर्षको अवधिमा नेपाल क्यान्सर अस्पतालले १४ जना गरी स्तन क्यान्सरका बिरामीको शल्यक्रियाको लागि जनही रु एक लाख तथा सुदिप्त क्यान्सर सभाईभल कार्यक्रममार्फत रु २५ हजार आर्थिक सहयोग गरिएको नेपाल क्यान्सर अस्पताल तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपकी सदस्य स्वरुपा श्रेष्ठले बताइन्।
_x000D_
_x000D_
गरीब क्यान्सरका बिरामीको उपचारका लागि नेपाल सरकारले उपलब्ध गराएको रु एक लाखको उपचार सुविधाको साथै नपुग सानातिना खर्च रोटरी क्लब अफ यल र विभिन्न दाताबाट सङ्कलन गरेर सहयोग समेत गर्दै आएको पनि श्रेष्ठले बताइन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।