• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २५, २०८२ Sat, Oct 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

निद्रा पर्दैन?, सचेत हुनुहोस्

64x64
नेपाल लाइभ शनिबार, मंसिर ८, २०७५  ०८:१३
1140x725

हामीमध्ये कतिलाई राम्रोसँग निद्रा पर्दैन। मनमा कुरा खेलिरहन्छ। कसैलाई धेरै समय सुत्नुपर्छ भने कसैलाई थोरै समय सुत्दा पनि निद्रा पुग्छ। राति छिटो निद्रा खुल्ने, निद्रा खुलेपछि फेरि निदाउन नसकिने समस्या पनि हुन्छ। कहिले रातभरि, दिनभरि सुत्ने, कहिले सुत्दै नसुत्ने बानी पनि धेरैको हुनसक्छ। लामो समय निद्रामा समस्या भयो वा राति पूरा समय निदाउन सकिएन भने समस्या हुनसक्छ।

_x000D_ _x000D_

लापरबाही गरेर पूरा समय नसुत्दा शारीरिक र मानसिक समस्या ल्याउन सक्छ। त्यसैले जुनसुकै समयमा पनि शरीरलाई आवश्यक पर्ने निद्रा पूरा गर्नुपर्छ। 

_x000D_ _x000D_

हाम्रो शरीरमा विभिन्न अंग छन्। सबैको आफ्नै काम छन्। त्यसमध्ये मस्तिष्कको एउटा प्रमुख काम हो निद्रा। मानिसको वृत्तिविकासमा निद्राको भूमिका महत्वपूर्ण हुन्छ। उमेरअनुसार मानिसको सुत्नुपर्ने समय फरक हुन्छ। बच्चाहरु धेरै समय सुत्छन्। उमेर बढ्दै जाँदा निद्राको समय घट्दै जान्छ। सामान्यतयाः मानिसलाई ६ देखि ७ घण्टा सुत्नैपर्छ। रात्रिकालीन काम गर्ने मानिसहरु दिउँसो सुत्छन्। सामान्य अवस्थाबाहेक मानिस कम सुत्छ वा चाहिनेभन्दा बढी अवधि सुत्छ भने त्यसका विभिन्न कारण हुनसक्छन्।

_x000D_ _x000D_

निद्रा नलाग्नुका पनि विभिन्न कारण हुन्छन्
_x000D_ तनाव— अहिलेको व्यस्त समयमा मानिसलाई विभिन्न किसिमको तनाव हुन्छ। तनावका कारणले निद्रा नपर्ने हुन्छ। राति छटपटी हुने, मनमा धेरै कुरा खेल्ने, तर्सिने, सुतेको  केही घन्टामै निद्रा खुल्ने, सपना राम्रो नदेखिने कारणले पनि निद्रा पर्दैन।

_x000D_ _x000D_

निद्रा नपर्नुको अर्को कारण एन्जाइटी डिसअर्डर हो, जसका कारण सुतेको बेला तर्सिने समस्या हुन्छ। जस्तोः भूकम्प गएपछि धेरैलाई फेरि भूकम्प आउँछ कि भनेर तर्सिने समस्या भएको थियो।

_x000D_ _x000D_

बच्चाहरु ठूलो मानिसभन्दा धेरै समय निदाउनुपर्छ। बच्चा राति र दिउँसो सुतेन, धेरै चकचक गर्‍यो वा आमाबाबुलाई धेरै सताउने भयो भने चिन्ता गर्नुपर्ने हुन्छ। सोच्नुपर्छ,  केही समस्या छ कि भनेर।

_x000D_ _x000D_

कसैलाई डिप्रेसनका कारणले निद्रा पर्दैन। डिप्रेसनले जाँगर नचल्ने, ओछ्यानमा पल्टिरहन मन लाग्ने, बढी सुत्ने, आलस्य हुने लक्षण देखिन्छ। अल्कोहल सेवनका कारणले पनि निद्रामा असर पर्छ।

_x000D_ _x000D_

कसैलाई मेनिया भन्ने रोग छ भने उसलाई एक÷दुई घण्टाभन्दा धेरै निद्रा पर्दैन। तर, पनि बिहान उठ्दा उनीहरु फ्रेस नै देखिन्छन्, फूर्तिलो महसुस गर्छन्। यस्तो समस्या भएकाहरुमा ठूलोठूलो गफ गर्ने, धाक लगाउने, राति निद्रामा हिँडिरहने जस्ता लक्षण हुन्छन्। 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

निद्रा गडबडी भएमा देखिने समस्या 
_x000D_ निद्रा गडबडी हुँदा मनोवैज्ञानिक र शारीरिक समस्या बढ्छ। निद्रामा गडबडी भएमा टाउको दुख्ने, बिहान फ्रेस अनुभव नहुने, दिनभर अल्छी लाग्ने, जीउ भारी भएर आउने, स्मरण शक्ति घट्दै जाने, कुनै पनि काममा एकाग्रपन नहुने, खान मन नलाग्ने, जस्ता समस्या देखिँदै जान्छन्। स्टे«स बढ्दै गएपछि दिमागले पनि नियमित काम गर्न सक्दैन। 

_x000D_ _x000D_

हामीले देख्दै आएका छौँ, चाडबाडको समयमा कति मानिसहरु रातभर–दिनभर जुवातास खेल्ने, अल्कोहल खाने गर्छन्। रातभर नसुती तास खेल्दा समस्या निम्त्याउँछ। पर्वको समयमा हाम्रो शारीरिक अभ्यास गर्ने बानी हुँदैन। खानपानमा समेत सन्तुलन नहुने र लामो समय निद्रा नपुग्दा खराब नतिजा निम्तिन सक्छ।

_x000D_ _x000D_

लामो दूरीको यात्रा वा विदेश यात्रामा जाँदा समयमा फरक पर्छ। जसको कारण सुत्ने समयमा गडबडी आउँछ। कति मानिस बाहिरबाट आएकोले निद्रा लागेन भन्दै आउनुहुन्छ। 

_x000D_ _x000D_

यो अवस्थालाई जेट ल्याग भनिन्छ। मोस्ट कमन स्लिप डिसअर्डर हो जेट ल्याग। यो समस्या एक÷दुई दिनपछि आफैँ ठिक भएर जान्छ। सधैँको भन्दा फरक स्थानमा जाँदा र सुत्ने समयमा परिवर्तन हुँदा यस्तो समस्या हुन्छ।

_x000D_ _x000D_

अरु मानसिक तनाव हुँदा पनि निद्रा नपर्ने हुन्छ। कसैलाई निद्रासम्बन्धी नै समस्या हुनसक्छ। जसलाई स्लिप डिसअर्डर भनिन्छ। यो धेरैथरीको हुन्छ। बिनातनाव, डिप्रेसन नभई निद्रासम्बन्धी मात्र समस्या पनि हुन्छ। कति मानिस न्द्रिा परेन भनेर अनेकथरी जाँच गरी निकै रुपैयाँ खर्च गर्छन्। तर, समस्या समाधान हुँदैन। 

_x000D_ _x000D_

केही दिनअघि एकजना बिरामी आउनुभएको थियो। उहाँलाई दुई वर्षदेखि निद्रा नपर्ने समस्या रहेछ। लामो समय हुँदा किन जाँच गराउनु भएन भन्दा आफैं ठिक होला भनेर नआएको भन्नुभयो। पछिल्लो समय अन्य समस्या देखिन थालेपछि आउनुभएको रहेछ। उहाँलाई अन्य केही समस्या थिएन। निद्रासम्बन्धी नै समस्या थियो। निद्रासम्बन्धी समस्या भएकाहरुका लागि स्लिप हाइजिन मेन्टेन गर्न पनि सकिन्छ।

_x000D_ _x000D_

लामो समयदेखि निद्रा परेको छैन भने :
_x000D_ सुत्ने कोठाको, पर्दाको कलर परिवर्तन गर्ने, धेरै ब्राइट कलर नराख्ने,
_x000D_ बत्ति बालेर सुत्ने बानी छ भने निलो कलरको जिरो वाटको बल्व बाल्ने, 
_x000D_ सुत्नुभन्दा आधा घन्टाअघि मनतातो पानीले नुहाउने,
_x000D_ साँझ ५ बजेपछि  कफी नपिउने, 
_x000D_ सकेसम्म राति अल्कोहल सेवन नगर्ने,
_x000D_ विद्यार्थीले ओछ्यानमा बसेर नपढ्ने, 
_x000D_ झुपुझुपु निद्रा नलाग्दासम्म ओछ्यानमा नजाने, 
_x000D_ रातिमा धेरै एक्साइटेट गेम, फिल्महरु नहेर्ने र
_x000D_ हल्का खाना खानेजस्ता उपाय गर्न सकिन्छ।

_x000D_ _x000D_

मकहाँ आउने कति बिरामीले भन्नुहुन्छ– डाक्टरसाप मलाई राति त निद्रा पर्छ तर दिउँसो सुत्नै सक्तिनँ। दिउँसो निदाउनुपर्छ नभए समस्या हो भन्ने उहाँहरुमा भम्र छ। सकभर दिउँसो त सुत्ने नै होइन। दिनभरि काम गर्ने, सक्रिय रहने हो। बिहानको खानापछि आराम गर्ने भन्दै सुतिहाल्ने पनि कतिको बानी हुन्छ। तर, कहिले पनि त्यसो गर्नुहुँदैन। यसरी दिउँसो सुत्दा मोटोपन हुने, खानेबित्तिकै सुत्दा ग्यास्ट्रिकको समस्या हुने हुन्छ।

_x000D_ _x000D_

तपार्इं एक/दुई दिन मात्र निद्रा नलाग्दैमा अस्पताल आइपुग्नु पर्दैन। लामो समयदेखि निद्रा परेको छैन, जसले नियमित प्रक्रियामा असर परेको छ, समस्या बढ्दै गएको छ भने एकपटक जाँच गराउनुपर्छ। नियमितभन्दा चाँडो निद्रा लाग्ने, छट्पटी हुने, निदाउन गाह्रो हुने वा निदाएपछि फेरि ब्युझिहाल्ने, रीस उठ्ने, टाउको दुख्ने र जीउ भारी हुने  जस्ता समस्या भएमा चिकित्सकको सल्लाह लिँदा राम्रो हुन्छ।

_x000D_ _x000D_

(मानसिक रोग विशेषज्ञ डा थापा रिदम न्यूरो साइक्याट्री हस्पिटल एन्ड रिसर्च सेन्टरका कार्यकारी निर्देशक हुन्।)

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०७५  ०८:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परिवर्तन आत्मसात गरी चुनावमा जान दलका नेतालाई प्रधानमन्त्रीको आग्रह
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो
टी–२० विश्वकप छनोट : जापानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल
सम्बन्धित सामग्री
माइतीघरबाट पक्राउ परेकाहरुलाई रिहा गर्न राप्रपा प्रमुख सचेतक शाहीको माग यस्तै देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द, भ्रष्टाचारीह... बिहीबार, असोज २३, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियारले भण्डारीसहित प्रतिष्ठानका तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछाने, तत्कालीन फाइनान्स म्यानेजर कैलाश प्रसाद देव, बायोमेडिक... बिहीबार, असोज २३, २०८२
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ जेनजीका विभिन्न समूह बिहीबार प्रदर्शन गर्ने भन्दै माइतीघर पुगेका हुन् । प्रहरीले उनीहरूलाई प्रदर्शन गर्न रोक लगाएको छ । बिहीबार, असोज २३, २०८२
ताजा समाचारसबै
परिवर्तन आत्मसात गरी चुनावमा जान दलका नेतालाई प्रधानमन्त्रीको आग्रह शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल शुक्रबार, असोज २४, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
सप्तरीमा आगलागी हुँदा ७ घर जले, एक जना घाइते शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ बिहीबार, असोज २३, २०८२
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्