चरिकोट– दोलखाको प्रसिद्ध धार्मिक तथा पर्याटकीय स्थल कालिञ्चोक मन्दिर दर्शन गर्न आएका एक पर्यटकको लेक लागेर मृत्यु भएको छ।
_x000D_
_x000D_
काठमाडौं काँडाघारीबाट दर्शन गर्न आएका ५८ वर्षीय कृष्णप्रसाद गौतमको आज मृत्यु भएको हो।
_x000D_
_x000D_
अत्यधिक चिसो र लेक लागेका कारण गौतमको मृत्यु भएको हुनसक्ने प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताए।
_x000D_
_x000D_
दोलखाको कुरी बजारमा बास बसेको होटलमा नै उनको स्वास्थ्यमा समस्या देखा परेको थियो।
_x000D_
_x000D_
आज बिहान सदरमुकामस्थित सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएकाे भएको बताइएको छ।
_x000D_
_x000D_
गौतमसहितको टोली काठमाडौँबाट बस रिर्जभ गरी कालीञ्चोक दर्शनका लागि शुक्रबार दोलखा आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।