काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले नै वाइडबडी विमान खरिदमा ठूलो आर्थिक अनियमितता भएको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरेका छन्।
_x000D_
_x000D_
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा सत्तारुढ दलका सांसदहरु भीम रावल र सुरेन्द्रकुमार कार्कीले वाइडबडी विमान खरिद आशंकाको घेरामा परेको बताए। उनीहरुले तत्काल विमान खरिदसँग जोडिएका सम्पूर्ण कागजात समितिमा पेस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र नेपाल वायु सेवा निगम व्यवस्थापनसँग माग गरे।
_x000D_
_x000D_
सांसद कार्कीले नेपाल वायु सेवा निगम सधैं विवादमा आउने गरेको भन्दै त्यसलाई खारेज गर्न पनि सरकारको ध्यानाकर्षण गराए। उनले सो विमान खरिदको सम्पूर्ण कागजात तत्काल समितिमा पेस गर्न पनि माग गरे।
_x000D_
_x000D_
सत्तारुढ दलकै अर्का सांसद भीम रावलले विमान खरिदका सम्बन्धमा स्पष्ट जवाफ दिन नसकेको भन्दै मन्त्री अधिकारीको चर्को आलोचना गरे। मन्त्री अधिकारी आफैं उपस्थित रहेको बैठकमा रावलले त्यति ठूलो रकम खर्च गरेर ल्याइएको विमानबारे स्पष्ट जवाफ दिन नसकेको भन्दै आपत्ति समेत जनाए।
_x000D_
_x000D_
उनले ‘विमान भाडामा लिएको हो की, खरिद गरिएको हो?’ स्पष्ट पार्न पनि सरकारलाई सचेत गराए।
_x000D_
_x000D_
यता, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सार्वजनिक खरिद ऐन अनुसारको प्रक्रिया समेत पूरा नगरी विमान खरिद गर्नुको कारण स्पष्ट पार्न सरकारसँग माग गरे। उनले ‘नेपाल वायु सेवा निगम सधैं विवादमा आउनुको कारण के हो?’ भनि प्रश्न पनि गरे।
_x000D_
_x000D_
कांग्रेस सांसद सिंहले विमान खरिदबारे भए, गरेका सम्पूर्ण सम्झौता सार्वजनिक गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।
_x000D_
_x000D_
सरकारले २ वटा वाइडबडी विमान खरिद गरेपछि त्यसमा ठूलो आर्थिक चलखेल भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै सांसदहरुको आशंका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।