काठमाडाैं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु धर्मको पक्षमा वकालत गरेका छन्।
_x000D_
_x000D_
महामन्त्री कोइरालाले आफू हिन्दु धर्मको पक्षमा रहेको उल्लेख गर्दै मुलुकलाई धर्म निरपेक्ष राष्ट्र बनाउने कि नबनाउने भन्ने विषयमा निर्णय लिन जनमत संग्रह गर्न सरकारसँग माग समेत गरे।
_x000D_
_x000D_
शुक्रबार काठमाडौंमा आयोजित ‘शिव लीला’ भजन संग्रह उद्घाटन कार्यक्रममा बोल्दै उनले हिन्दु धर्मलाई सबैभन्दा उत्कृष्ट धर्मको रुपमा चित्रण समेत गरे।
_x000D_
_x000D_
महामन्त्री कोइरालाले हिन्दु धर्मले सबैलाई स्वतन्त्र बनाउने उल्लेख गर्दै त्यस सम्बन्धमा जनताको राय लिन पनि जनमत संग्रहमा जानुको विकल्प नरहेको पनि स्पष्ट पारे।
_x000D_
_x000D_
कांग्रेस महामन्त्री कोइरालाले हिन्दु धर्मले भगवान आफैंभित्र खोज्न भनेको उल्लेख गर्दै धर्मलाई निरपेक्ष वा सापेक्षताको आँखाले हेर्न नहुने तर्क समेत गरे।
_x000D_
_x000D_
संवैधानिक व्यवस्था अनुसार मुलुक धर्म निरपेक्ष राष्ट्र हो। तर, त्यस सम्बन्धमा जनताले आफ्नो निर्णय लिन जनमत संग्रहमा जान उपयुक्त हुने कांग्रेस महामन्त्री कोइरालाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।