काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले टाउका मात्र एक ठाउँमा जोडेर गरिने एकताले शक्ति प्राप्त नहुने बताएका छन्।
_x000D_
_x000D_
पार्टीको संयोजित संगठन समन्वय विभागले आयोजना गरेको काठमाडौं उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले पार्टीको विचार तथा एजेण्डाप्रति इमानदारीतापूर्ण सक्रियता र निस्काम कर्मप्रतिको प्रतिबद्धताले मात्र राप्रपालाई यथार्थरुपमा ठूलो बनाउन सकिने विचार व्यक्त गरे।
_x000D_
_x000D_
अध्यक्ष थापाले पार्टी एकताको ढोका सदैव खुल्ला राख्दै पार्टीले घोषणा गरेका जनसंघर्षका कार्यक्रमहरुलाई सफलतापूर्वक सम्पन्न गर्न राप्रपा अगाडि बढिसकेको उद्घोष गरे।
_x000D_
_x000D_
उनले नेपालको राजनीतिमा अस्तित्वमा रहेका अन्य पार्टीभन्दा फरक विचार र मान्यताका साथ स्थापना भएको राप्रपा अब आफ्ना लक्षित एजेन्डाहरुलाई उच्च महत्व दिएर अघि बढ्ने स्पष्ट पारे। अध्यक्ष थापाले हिन्दु राष्ट्र, संवैधानिक राजसंस्थाको पुनस्र्थापना र स्थानीय स्वायत्त शासन प्रणालीको लागि पार्टीले घोषणा गरेको जनसंघर्षका कार्यक्रम सफल बनाउन अहिलेदेखि नै तल्लो तहसम्म संगठन विस्तारमा जोड दिन अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिए।
_x000D_
_x000D_
‘जनताको प्रत्यक्ष अभिमतबिना जबर्जस्ती लादिएको गणतन्त्र, धर्म निरपेक्षता र संघीयताले मुलुकलाई नकारात्मक दिशातर्फ लैंजादै छ भन्ने धरातलीय यथार्थ छर्लङ्ग हुँदै गइरहेको छ’, अध्यक्ष थापाले भने, ‘यस्तो अवस्थामा पार्टी एकता वा कुनै अर्को बहानामा अलमल नगरी आगामी तीन महिना संगठन निर्माणमै केन्द्रित रहनुस्। फागुन ७ गतेबाट सुरु हुने हिन्दुराष्ट्र र राजसंस्थाको पुनस्र्थापना तथा संघीयताविरुद्धको जनसंघर्षका कार्यक्रमलाई सफल पार्ने तयारीमा लाग्नुस्।’
_x000D_
_x000D_
उनले परिवर्तनका संवाहक हौं भन्नेहरुले १२ वर्षको अवधिमा देखाएको अकर्मण्यता, देशको ढुकुटीमा गरेको ब्रम्हलुटका कारण जनताले विकल्प खोज्न थालिसकेको र त्यो विकल्प राप्रपा नै भएको दाबी गरे।
_x000D_
_x000D_
‘हिन्दु राष्ट्र, राजसंस्था र स्थानीय स्वायत्त शासन प्रणाली’ भन्ने राप्रपाको विचारको अस्तित्व नेपालको भू–राजनीतिक अवस्था र सांस्कृतिक परिवेश कायम रहुन्जेलसम्म नै कायम रहने उनले दाबी गरे। अध्यक्ष थापाले पार्टीको मूलभुत नीति र सिद्धान्तप्रति प्रतिबद्धता जनाउने जुनसुकै पार्टी, समूहहरुको लागि सदैव एकताको ढोका खुल्ला रहेको पनि दोहो¥याएका थिए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।