जनकपुर– प्रदेश २ मा आज बसेको प्रदेश सभाकाे बैठकले करारमा कर्मचारी भर्ना गर्ने र प्रादेशिक विद्युत सम्बन्धी विधेयक पेस गरेकाे छ।
_x000D_
_x000D_
कर्मचारी अभावका कारण प्रदेशको कामकाज सञ्चालनमा समस्या भएकाे भन्दै प्रदेश सरकारले करारमा कर्मचारी भर्ना गर्ने विधेयक ल्याउन लागेको हो।
_x000D_
_x000D_
बैठकमा सार्वजनिक प्रशासन सम्बन्धी अध्ययन गर्न बनेको विशेष समितिले आफ्नो प्रतिवदेन पेस गरेको छ। समितिका सभापति तथा राजपा सांसद परमेश्वर साहले समितिको प्रतिवेदन पेस गरेका हुन्।
_x000D_
_x000D_
विधेयकमा ४५ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ।
_x000D_
_x000D_
करारमा कर्मचारी भर्ना गर्दा ४५ प्रतिशतलाई शतप्रतिशत मानी मधेशीलाई ५४.३६, दलितलाई १७.२९, मुस्लिमलाई ११.५८, आदिवासी जनजातीलाई ६.६१, थारुलाई ५.२७ र आर्थिक रुपले विपन्न खस आर्यलाई ४.८९ प्रतिशत आरक्षण दिने व्यवस्था गरिएको छ।
_x000D_
_x000D_
रिक्त सम्पूर्ण समूहमा ५० प्रतिशत सम्बन्धित समूहका महिलाका लागि आरक्षण दिइने विधेयकमा उल्लेख छ।
_x000D_
_x000D_
कर्मचारी भर्ना समितिले सिफारिस गर्ने क्रममा सहिद परिवारका सदस्यलाई प्राथमिकता दिने व्यवस्था गर्न सकिने विधेयकमा भनिएको छ।
_x000D_
_x000D_
करारमा भर्ना गरिएका कर्मचारीहरूले संघीय निजामति सेवाका समान तहका कर्मचारीले पाए सरहको तलब, भत्ता, चाडपर्व खर्च, लुगा भत्ता लगायतका सुविधा पाउने छन्।
_x000D_
_x000D_
तर, निवृत्तिभरण, उपदान, शैक्षिक वृत्ति, अशक्तवृत्ति जस्ता दीर्घकालीन प्रभाव पर्ने खालका सुविधा करार कर्मचारीहरूले पाउने छैनन्।
_x000D_
_x000D_
यसैगरी शुक्रबार कै बैठकमा प्रदेश सरकारले प्रादेशिक विद्युत सम्बन्धी विधेयक समेत पेस गरेको छ।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।