पोखरा– आधा दुर्गाको अनुहार छ। आधा निर्मला पन्तको। भित्तामा झुण्ड्याइएको चित्र झट्ट हेर्दा देवी दुर्गालाई चिन्नेले उनैको अनुहार सम्झन्छन्। निर्मला पन्तलाई चिन्नेले उनैको अनुहार देख्छन्।
_x000D_
_x000D_
रङहरुमा प्रतिविम्बित भ्रमजस्तो लाग्ने यो संयोजनभित्र एउटा अलग यथार्थ लुकेकाे छ।
_x000D_
_x000D_
‘माई गडेस् लस्ट द ब्याटल’ शिर्षककोे यो चित्र पोखरा आर्ट ग्यालरीको भित्तामा प्रदर्शन भइरहेको छ। चित्रकार हुन्, सुनिल सिग्देल।
_x000D_
_x000D_
केही महिनाअघि कञ्चनपुरमा बलात्कारपश्चात् हत्या गरिएकी पन्त र देवीका रुपमा पूजा गरिने दुर्गाको अनुहारलाई ‘मिक्स’ गरेर बनाइएको चित्र अहिले चर्चामा छ। खासगरी सिग्देलको कलाकारिताका कारण।
_x000D_
_x000D_
प्रत्येक मान्छेमा ईश्वरको बास हुन्छ भनिन्छ। यद्यपि यो सत्यभन्दा बढी आस्थाजन्य लाग्छ। ईश्वर अहिलेसम्म न कसैले ‘छ’ भन्न सकेको छ, न त ‘छैन’ भन्न सकेको छ। तर, कलाकार सिग्देल मान्छेमै ईश्वरको बास हुन्छ भन्नेमा विश्वास राख्छन्। उनका अधिकांश चित्र यस्तै ‘थीम’ वरिपरी घुमेका छन्।
_x000D_
_x000D_

_x000D_
०००
_x000D_
_x000D_
भर्खरै सकियो दसैं। असत्यमाथि सत्यको जित भन्दै दसैं पर्व धुमधामले मनाइयो पनि। साधारण अर्थमा राक्षस महिसासुरमाथि देवी दुर्गाले विजय प्राप्त गरेको विश्वासमा दसैं मनाइन्छ। दसैं अाउनुअघि कञ्चनपुरमा एउटा घटना घट्यो। १३ वर्षीय निर्मला पन्तकाे कसैले बलात्कारपछि हत्या गर्यो।
_x000D_
_x000D_
दसैं सकियो। दसैंअघि घटनाले जति चर्चा पाएको थियो। चित्रकारलाई लाग्यो, दसैंसँगै निर्मलाको चर्चा हराउँदै गयो। ‘मैले त्यही सेरोफेरोमा यो चित्र बनाएँ’, कलाकार सिग्देलले भने, ‘उनले न्यायको युद्ध हार्दैछिन् भनेर मलाई दिक्क लाग्यो र यस्तो सृजना जन्मियो।’
_x000D_
_x000D_
यद्यपि निर्मला पन्तको घटना सेलाएको छैन। न अपराधी पत्ता लागेको छ, न त केही प्रमाण नै। पोखरामा भइरहेको चित्रकला प्रदर्शनीमा कलाकार सिग्देलको यो चित्रले पनि निर्मला घटनाको एउटा सृजनशील सेतु प्रश्न गरिरहेको छ, ‘निर्मलालाई न्याय खोइ?’
_x000D_
_x000D_
चित्रमा निर्मलालाई दुर्गासँग जोडिएको छ। हामीले कलाकारलाई सोध्यौं, ‘दुर्गासँगै निर्मलालाई जोड्नुको कारण के होला?’
_x000D_
_x000D_
कलाकार सिग्देलले भने, ‘महिसासुरमाथि दुर्गाले विजय त गरिन्। तर, निर्मला पन्तका बाआमाले बलात्कारीसँग न्यायका लागि गरेको युद्द भगवानले गर्दा हारिन्। दसैं आयो, उनले हारिन्।’ यो चाहिँ उनलाई लागेको कुरा हो।
_x000D_
_x000D_
०००
_x000D_
_x000D_

_x000D_
_x000D_
निर्मला र दुर्गाकै चित्र छेउँमा अर्को चित्र थियो। जसको शिर्षक थियो ‘द वन्ली विट्नेस अफ हर रेप’ अर्थात् 'उनको बलात्कारका एउटा मात्रै साक्षी'। पेन्टिङमा भगवान कृष्णकाे एउटा हात सानो थियो। नाक अलि बिग्रिएको थियो। रंग अमिल्दो र कहीँ रातो तथा अन्य रंग थियो।
_x000D_
_x000D_
चित्रको पृष्ठभूमिबारे कलाकार सिग्देलका सहयोगी त्रिवेणीले भने, ‘निर्मला पन्तको हत्या हुनअघि आफ्नो कापीमा भगवान कृष्णको चित्र बनाएकी रहेछिन्। उनको कपीमा दुरुस्तै यही चित्र थियो। दाइले सो चित्र पाएर कपी पेस्ट गरेजस्तो मात्रै हो।’
_x000D_
_x000D_
कृष्ण अर्थात भगवान। निर्मला पन्तको बलात्कार र हत्या हुँदा उनको कापी उनैसँग थियो। कापीमा कृष्ण थिए। सिग्देल भन्छन्, ‘अपराध एउटालाई मात्र थाहा छ। त्यो हो भगवान।’ उनी अपराधीबारे आधाउधी सबैलाई जानकारी भएपनि सरोकारवाला निकाय चुप बस्नु भगवानमात्रै त्यसको साक्षी हुन सक्ने बताउँछन्।
_x000D_
_x000D_
०००
_x000D_
_x000D_
शनिबारसम्म चल्ने उक्त एकल चित्रकला प्रदर्शनीमा विभिन्न 'थिम'का चित्रहरु प्रदर्शनमा राखिएका छन्। आफू प्रकृतिसँग रमाउने त्यहीअनुसार नै चित्र बनाउन सजिलो लाग्ने बताउने कलाकार सिग्देलको यो सातौं एकल कला प्रदर्शनी हो।
_x000D_
_x000D_
‘सामूहिक रुपमा त धेरै प्रदर्शनी गरियो। विदेशका विभिन्न ठाउँहरुमा पनि गरियो। तर, पोखरामा भने पहिलो हो,’ सिग्देल भन्छन्। सानैदेखि चित्र बनाउन रुचि भएपनि एसएलसी दिएपछि मात्रै आफू व्यवसायिक चित्रकलामा लागेको उनी बताउँछन्।
_x000D_
_x000D_
चित्रकला प्रदर्शन गर्न पोखराभन्दा काठमाडौंमा सजिलो हुने उनको अनुभव छ। भन्छन्, ‘पोखरामा कला बुझ्ने मान्छे कम छन्। चित्र हेर्नुभन्दा बढी त्यसबारे सोध्ने धेरै हुन्छन्। तर, काठमाडौंमा यो समस्या अलि कम छ।’
_x000D_
_x000D_
पोखरामा पहिलो पटक चित्रकला प्रदर्शनी गरेको भएपनि दर्शकको उल्लेख्य सहभागिताले आफूलाई खुसी लागेको अनुभव उनको छ।
_x000D_
_x000D_
चित्रकलामा सफल हुनुको कारण आफ्नो रुची र ‘नेचर’ मिलेको कलाकार सिग्देल सुनाउँछन्। ‘पहिले आफूमा नेचर हुनुपर्छ। त्यसपछि मात्रै रुचीको कुरा आउँछ। अनि मात्रै काममा सफल भइन्छ,’ उनी भन्छन्। विदेशमा भन्दा नेपालमा कलालाई साँघुरो रुपमा हेर्ने परिपाटी रहेको उनको अनुभव छ।
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।