नुन हाम्रो दैनिक खानाको मात्र नभई जीवनको पनि महत्वपूर्ण हिस्सा हो। तर ‘अति ले हानी गर्छ’ भनेझैं आवश्यकताभन्दा बढी नुन सेवनले कयौं प्रकारका गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछन्।
_x000D_
_x000D_
नुन अर्थात् सोडियक क्लोराइड एक प्रकारको खनिज हो। कुनै पनि प्रकारका खनिज पदार्थको बढी सेवनले शरीरको सामान्य क्रियाकलापमा हानी पु¥याउँछ। बढी सेवनले उच्च रक्तचाप, हर्ट अट्याक, ओष्टियोपोरोसिसजस्ता समस्या निम्तन सक्छ। तर यसो भन्दैमा नुन सार्है नै कम खानुपर्छ भन्ने होइन। जसरी बढी नुन सेवनले शरीरमा गम्भीर खालका समस्या निम्तन्छन्। त्यसैगरी शरीरमा कम नुन भयो भने पनि स्वास्थ्य समस्याहरु निम्तन्छन्। त्यसमध्ये एक हो हाइपोनिट्रिमिया।
_x000D_
_x000D_
बढी पसिना निस्कँदा या पखाला लाग्दा शरीरमा नुनको मात्रा कम हुन्छन् र यो न्यून रक्तचापको प्रमुख कारण हो। विशेष परिस्थितिमा सोडियमको मात्रा कम हुने अवस्थालाई हाइपोनिट्रिया भनिन्छ। यस्तो स्थितिमा बिरामीलाई नुनपानी या सोडियमको क्याप्सुल दिनुपर्ने पनि हुन सक्छ। यस्तो बिरामी शिथिल भएर अस्पताल भर्ना गर्नुपर्ने पनि हुन्छ।
_x000D_
_x000D_
तर शरीरमा सोडियम बढी हुँदा पेट क्यान्सर, दम तथा मिर्गौलासम्बन्धी रोग लाग्ने खतरा हुन्छ। यसैले सधैं सन्तुलित मात्रामा नुन सेवन गर्नुपर्छ। खानालाई स्वादिष्ट बनाउने नाममा नुन हाल्दा परिवारका सदस्यहको स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ। घरबाहिरका खाना, प्याकेटका खाना जस्तै, चिप्स, नूडल्सजस्तामा सामान्यभन्दा बढी नुन हालिएका हुन्छ। यस्ता खाद्यपदार्थको सेवनबा टाढै बस्नुपर्छ।
_x000D_
_x000D_
अधिकांश हामी नुनबाटै शरीरमा सोडियम आपूर्ति हुन्छ भनी ठान्छौं। तर यस्तो होइन। वास्तवमा अधिकांश खाद्यपदार्थमा केही न केहीमात्रामा सोडियम क्लोराइड हुन्छ। त्यसैले घरमा पकाइएका खानामा त्यसको फिकापन समाप्त हुने गरीमात्र हल्का नुनमात्र हाल्ने गरौं।
_x000D_
_x000D_
किन जरुरी हुन्छ नुन ?
_x000D_
_x000D_
शरीरमा पानीको मात्रा नियन्त्रित राख्न सोडियमको जरुरत हुन्छ र नुन यसको प्रमुख स्रोत हो। दिमागबाट शरीरका अन्य अंगमा सूचना आदानप्रदान गर्न सोडियमको महत्वपूर्ण भूमिका हुन्छ। साथै मांसपेशीको सक्रियतालाई कायम राख्न सोडियमको भूमिका हुन्छ। यसको अधिकताबाट शरीरमा पानीको मात्रा बढ्छ, जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ।
_x000D_
_x000D_
उच्च रक्तचापको समस्या देखिनेबित्तिकै नुन पूर्ण रुपमा बन्द नै गर्ने चलन छ। तर यो बानी हानिकारक साबित हुन सक्छ। त्यसैले अचानक नुन सेवन बन्द गर्नुको साटो खानामा मात्रा बिस्तारै कमी गर्दै लैजानुपर्छ। पर्याप्त मात्रामा पानी पिउनुपर्छ, जसले पिसाबबाट हानिकारक तत्व बाहिर निकाल्न मद्धत गर्छ। (अनूदित सामग्री)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।