काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ।
_x000D_
_x000D_
सांगठनिक एकतामा केन्द्रित भएको बैठकमा प्रदेश कमिटीको टुंगो लगाउन गठित कार्यदलले पेश गरेको प्रस्तावमाथि शुक्रबार पनि छलफल भएको छ। 'त्यसमाथि आएका सुझावहरूलाई ध्यान दिई मापदण्डका आधारमा आवश्यक पुनर्विचार गरी प्रस्तावलाई तयार गर्ने टुंगो लागेको छु,' बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।
_x000D_
_x000D_
टुंगो लागेको प्रस्ताव स्थायी समितिमा निर्णयका लागि प्रस्तुत गरिने छ।
_x000D_
_x000D_
बैठकले राजधानीमा बन्ने विभिन्न विशेष कमिटीलाई छुट्टै विशेष प्रदेश कमिटी बनाई त्यस मातहत परिचालन गर्ने निर्णय गरेको छ।
_x000D_
_x000D_
बैठक भोलि ४ बजे पुन: बस्ने छ।भोलिको बैठकमा सांगठनिक एकिकरणका सबै काम टुंगो लागाउने र स्थाई कमिटीमा प्रस्तुत गर्ने तथा पार्टी, सरकार र संसदको समीक्षा गर्ने लगायतका एजेण्डामा प्रवेश गर्ने प्रवक्ता श्रेष्ठले बताए।
_x000D_
_x000D_
बैठक बिहीबारदेखि जारी छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।