• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

‘बाहिर हल्ला भएजस्तो कुपोषणको जिल्ला होइन जुम्ला’

64x64
नेपाल लाइभ मंगलबार, भदौ १३, २०७४  १६:०३
1140x725

दुर्गम जिल्ला जुम्लाका स्वास्थ्य संस्थामा डाक्टर तथा स्वास्थ्यकर्मी जान मान्दैनन् । सदरमुकाम आसपासका संस्था बाहेक जुम्लाका अन्य संस्थामा ढुवानीको समस्याले हरेक वर्ष औषधिको अभाव दोहोरिन्छ । तर, सडक सञ्जालको विकाससँगै जुम्लाको स्वास्थ्य क्षेत्रमा पनि क्रमशः सुधार हुँदै आएको मान्न सकिन्छ । यही सेरोफेरोमा जुम्ला पुगेका बेला प्रवीण ढकालले जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख किरणकुमार शर्मासँग गरेको कुराकानीः

वर्षातको समय छ, जुम्लामा सरुवा रोगको प्रकोप कस्तो छ? 

यो वर्षको सुरुवातदेखि अहिलेसम्म जिल्लामा कुनै पनि रोगको महामारी र प्रकोप देखिएको छैन। केही ठाँउमा फाट्टफुट्ट झाडापखालाको समस्या भने देखिएको छ। साथै, मौसमी रुघाखोकीको समस्या भने केही बढी देखिएको छ। तर, महामारी र प्रकोपकै रुपमा भने देखिएको छैन।

जुम्लामा चेतनाको स्तर बढ्दै गएको र गाउँगाउँमा सडक सञ्जाल विस्तार हुँदै गएकाले स्वास्थ्य सेवाको पहुँचमा सुधार हुँदै गएको छ। जिल्लाको कुनै स्थानमा प्रकोपको समस्या देखिन थाल्यो भने सम्बन्धित स्वास्थ्यचौकीसँगको समन्वयमा तत्काल ‘र्‍यापिड रेस्पोन्स टिम’ गएर आवश्यक उपचार सेवा अगाडि बढाइहाल्छ। यसले तत्कालै समस्या समाधान हुन्छ।

स्वास्थ्यमा सुधार हुँदै छ भन्नु भयो, जिल्लाको समग्र स्वास्थ्य अवस्थाबारे बताइदिनुस् न?

जिल्लामा स्वास्थ्यको अवस्था सन्तोषजनक नै छ । जिल्ला स्वास्थ्य अन्तर्गत ३० वटा स्वास्थ्य चौकी, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ वटा सामूदायिक स्वास्थ्य इकाई र एउटा सहरी स्वास्थ्य केन्द्र छन्।

ती संस्थाले बिरामीलाई उपचार सेवासहित चेतनामूलक काम पनि अगाडि बढाइरहेका छन्। घरमै सुत्केरी हुने समस्यालाई समाधान गर्न जुम्लामा १८ वटा बर्थिङ सेन्टर छन्। बर्थिङ सेन्टरका कारण पनि अहिले सुरक्षित रुपमा सुत्केरी हुनेको संख्या बढ्दै गइरहेको छ। जिल्ला सदरमुकाममा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ तहको उपचार सेवा दिइरहेको छ। प्रतिष्ठानले दिने सेवाका कारण उपचारका लागि नेपालगन्ज वा काठमाडौं जानुपर्ने वाध्यता धेरै हदसम्म टरेको छ। 

भौगोलिक विकटताका कारण जिल्लाका कति स्वास्थ्य संस्थामा औषधि नै पुर्‍याउन कठिन होला नि?

Ncell 2
Ncell 2
nimb
nimb

विगतमा त सदरमुकाम बाहेक अधिकांश संस्थामा औषधि तथा अन्य आवश्यक सामाग्री पुर्‍याउन कठिन थियो। तर, अहिले अवस्था फेरिएको छ। अहिले जिल्लाका सबै गाउँपालिकामा सडक सञ्जाल पुगेको छ। एक–दुई स्वास्थ्य संस्थामा सडकको सञ्जाल नपुगे पनि अधिकांसमा पुगेको छ। सडक सञ्जालले नजोडिएको संस्थाको पनि नजिकसम्म सडक पुगेका कारण अहिले औषधि पुर्‍याउन समस्या छैन।

मोटर पुग्ने ठाउँमा मोटरबाट र नपुग्ने स्थानमा मोटरसाइकल तथा ट्याक्टरबाट पनि औषधि लगायतका अत्यावश्वक सामाग्री ढुवानी भइरहेको छ। समस्या हुने संस्थामा तीन महिनासम्म स्टक हुनेगरी औषधि पठाइरहेका छौं। अहिले जिल्लामा औषधि अभावको समस्या छैन।

जुम्लामा के–कस्ता रोग बढी देखिने गरेको छ?

हिमाली जिल्ला भएकाले यहाँ चिसोका कारण हुने रुघाखोकी जस्ता रोग नै बढी देखिन्छ। मौसमी रोगका बिरामी धेरै हुन्छन्। चिसोका कारण आगोको छेउमा बढी समय बस्ने हुँदा श्वासप्रश्वासको समस्या पनि धेरैमा हुने गर्छ। झाडापखला, रुघाखोकी जस्ता समस्या भने सिजनका बेलामा मात्र बढी हुन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तै, भीरपहराबाट ढुंगा खसेर हातगोडा भाँचिने समस्या तुलनात्मक रुपमा बढी छ। यसैगरी, फोहोरका कारण हुने एलर्जी र छालाको समस्या लिएर पनि बिरामीहरु आउँछन्। अस्पतालमा उपचार गराउन आउने क्रम बढ्दै गएकाले होला मुटु, मिर्गौला, कलेजो रोग जस्ता ठूला स्वास्थ्य समस्या पनि देखिएको छ। 

जुम्ला भन्ने बित्तिकै धेरैमा कूपोषण हुने ठाँउ भन्ने बुझाइ छ, यथार्थ के हो?

जति बाहिर हल्ला छ, त्यस्तो भयाभह र डरलाग्दो अवस्था यहाँ छैन। हामीले पनि यो कुरा सुनेका छौं। कूपोषणको समस्या नभएकै भने होइन। तर, यहाँ खानै पाउँदैनन्, सबै कूपोषित छन् भन्ने कुरा चाहिँ गलत हो। विगतमा समस्या थियो होला। तर, पोषणको अवस्थालाई हेर्दा जुम्लामा धेरै सुधार भइसकेको छ। खानै नपाएर कूपोषित हुनेको संख्या निकै कम छ। फाट्टफुट्ट देखिन्छ। त्यस्ता बच्चालाई हामीले पुनःस्थापना केन्द्रमा राखेर उपचार गरिरहेका छौं। 

बालविवाहको समस्या त रहेछ नि? 

हो, यहाँ बालविवाहको समस्या भने अहिले पनि छ। जनचेतनाका कार्यक्रम सञ्चालित भए पनि आशातीत सफलता मिलेको छैन। गाउँगाउँमा चेतना त पुगेको छ। तर, पनि जुन रुपमा बालविवाह घट्नुपर्ने हो त्यो हुन सकेको छैन। कम उमेरमा बच्चा जन्माउने दर पनि बढी नै छ। ‘बिहेबारी २० पारि’ भनिए पनि त्यो लागू हुन सकिरहेको छैन। 

जुम्लाका तमाम स्वास्थ्य समस्यालाई कसरी समाधान गर्न सकिएला?

स्वास्थ्य एक्लैको प्रयासले त यी समस्या समाधान गर्न निकै गाह्रो छ। अब स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएका छन्। उनीहरुको सहयोगमा स्वास्थ्यका सबै समस्या हल गर्दै जानुपर्छ। गाउँ तथा टोलमा भएका समस्या जनप्रतिनिधिले बुझेर समाधानतिर लाग्नुपर्छ। यसका लागि स्वास्थ्यले पनि आवश्यक काम अगाडि बढाएको छ। स्थानीय प्रतिनिधिसँग छलफल गरेर समस्याग्रस्त क्षेत्र पहिचान गरी काम अघि बढाउँदा छिटो समाधान निस्किन्छ।

प्रकाशित मिति: मंगलबार, भदौ १३, २०७४  १६:०३
  • #Prime Minister

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्