काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्ने भएको छ।
_x000D_
_x000D_
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बैठक बस्ने भएको हो। बिहीबार बसेको बैठकमा कार्यदलले तयार गरेको प्रतिवेदन पेस गरिएको थियो। सचिवालयका दुई सदस्य रहेको कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा तल्लो तहको पार्टी एकीकरण प्रक्रिया टुंग्याउने बताइएको छ।
_x000D_
_x000D_
महासचिव विष्णु पौडेल र रामबहादुर थापा बादल रहेको कार्यदलले जिल्ला, प्रदेश र जनवर्गीय सङ्गठनमा रहने नामहरुको रुजु गरेको थियो। बिहीबारको बैठकमा पेस गरिएको प्रतिवेदन अध्ययन गरी आजको बैठकबाट अनुमोदन गर्ने तयारी छ।
_x000D_
_x000D_
साथै, पोलिटब्युरोमा रहने सङ्ख्या र नाम सचिवालयले टुंगाउनेछ। बैठकबाटै केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँट गर्ने पनि बताइएको छ।
_x000D_
_x000D_
साउनदेखि बस्न नसकेको स्थायी समिति बैठक बोलाउने विषयमा बैठकमा छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।