जनकपुर– सिरहाको बन्दीपुरमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३ दर्जन बढी घाइते भएको छ।
_x000D_
_x000D_
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दीपुरमा आज साँझ बस र ट्रक एक आपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन्।
_x000D_
_x000D_
बन्दीपुरस्थित कमला पुलको पूर्वतर्फ बस–ट्रक ठोक्किँदा घाइते भएका सर्लाही हरिपुर नगरपालिकाका जगदिश ठाकुरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
ना४ख ४८२५ नम्बरको बस र ना५ख ३९४० नम्बरको ट्रक ठक्कर खाँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी शुकदेव खनालले जानकारी दिए।
_x000D_
_x000D_
घाइतेमध्ये ४१ जनाको उपचार कर्जन्हास्थित फुलकुमारी महतो अस्पतालमा भइरहेको छ भने ३ जनालाई उपचारका लागि जिल्लाबाहिर पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।