राजविराज– भन्सार छलीका सामान ओसार–पसारमा संलग्न ४ जनालाई अढाई लाखभन्दा बढीको समानसहित बिहीबार सिरहा प्रहरीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
बरियारपट्टी गाउँपालिका–३ का ३१ वर्षीया निरसा चौधरी र कारी यादव तथा सिरहा नगरपालिका–२, सुखीपुरका ४० वर्षीय राधेश्याम यादव र वडा नम्बर ४ का ३० वर्षीय भोला साफीलाई प्रहरीले पक्राउ गरेको हो।
_x000D_
_x000D_
सिरहा गाउँपालिका–४, बरियारपट्टीस्थित कटनियाबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। उनीहरुको साथबाट भन्सार छली नेपाल भित्र्याइएको कपडा र जुत्ता चप्पल नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाउने तयारी थालिएको प्रहरीले जनाएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।