विराटनगर– पतिसँगको विवादका कारण खोटाङकी एक महिलाले आफनै घरमा आगो लगाएकी छन्।
_x000D_
_x000D_
बुधबार भएको आगलागीबाट करिब १३ लाख मूल्य बराबरको क्षति भएको छ। रुपाकोट–मझुवागढी नगरपालिका १०, माखामका जीतबहादुर तामाङ र उनकी पत्नी ३९ वर्षीया फूलमायाका बीचमा घरायसी विवाद भएको थियो।
_x000D_
_x000D_
सोही झाेंकमा फूलमायाले घरमा आगो लगाएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
पतिसँग विवाद भएपछि फूलमायाले मादक पदार्थ सेवन गरी कोही नभएको मौका पारी घरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
_x000D_
_x000D_
आगलागीबाट ढुङ्गा माटोको ३ तले घर र घर भित्रका सबै सामान जलेर नष्ट भएको छ। स्थानीयबासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।