भक्तपुर- भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीको घरमा बुधबार चोरी भएको छ।
_x000D_
_x000D_
सूर्यविनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब रु १५ लाख ९८ हजार ७५० मूल्य बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ। प्रहरीले चोरीका सम्बन्धमा अनुसन्धान अघि बढाएको जनाएको छ।
_x000D_
_x000D_
यसैबीच मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख एवं मेयर क्लवका सचिव मदन सुन्दर श्रेष्ठ दिनदाहाडै जनप्रतिनिधिको घरमा भएको चोरीको अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन्। प्रेस विज्ञप्ति जारी गर्दै उनले ढोका फोडेर भएको चोरीको निन्दा गर्दै यथाशीघ्र अनुसन्धान गरी चोरी गर्नेलाई नियन्त्रणमा लिन माग गरेको नगरपालिकाका प्रशासकीय अधिककत कमल ज्ञवालीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।