महोत्तरी– महोत्तरी प्रहरीले बुधबार साँझ जिल्लाको दुई स्थानमा अवैध रुपमा सञ्चालित दुई मदिरा भट्टी हटाएको छ।
_x000D_
_x000D_
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाको रामगोपालपुर नगरपालिका–६ स्थित खोला छेउमा खरघारीमा छाप्रो बनाई सञ्चालन गर्दै आएको मदिरा भट्टी र औरही नगरपालिका–१ स्थित जङ्गल क्षेत्रमा सञ्चालन हुँदै आएको मदिरा भट्टी प्रहरीले भत्काएको हो।
_x000D_
_x000D_
प्रहरीले ती स्थानबाट २ सय ७० लिटर तयारी मदिरा, तीन हजार ८ सय लिटर कच्चा पदार्थ, ६५ किलो सक्खर, ६ थान औजार, ५२ थान मदिरा राख्ने ड्रम र एक थान साइकलसमेत बरामद गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ।
_x000D_
_x000D_
जिल्लालाई अवैध घरेलु मदिरा उत्पादनमुक्त बनाउने अभियानअन्तर्गत ती भट्टी नष्ट गरिएकोे प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।