काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चालू आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनमा ढिलाई नगर्न सबै मन्त्रालयलाई निर्देशन दिएका छन्।
_x000D_
_x000D_
बुधबार सिंहदरबारमा बसेको चालू आर्थिक वर्षको पहिलो चौमासिक समीक्षा बैठकमा मन्त्रालयहरुको कार्य प्रगति विवरण सन्तोषजनक नरहेको पाइएपछि प्रधानमन्त्री ओलीले बजेट, नीति तथा कार्यक्रम कार्यान्वयन घोषित लक्ष्य अनुसार छिटो सम्पन्न गर्न सबै मन्त्रालयलाई सचेत गराएका हुन्।
_x000D_
_x000D_
चालू आर्थिक वर्षको लक्ष्य अनुसार बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनमा ढिलाई नगर्न मन्त्रालयहरुलाई प्रधानमन्त्रीले निर्देशन दिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए
_x000D_
_x000D_
आजको बैठकमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा, सहरी विकास, कृषि, उद्योग मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य प्रगति विवरणको समीक्षा गरिएको थियो। विगतको भन्दा करीब ३९ प्रतिशतले कार्यप्रगति गरेको पाइएपनि चालू आर्थिक वर्षको लक्ष्यअनुसार असन्तुष्टि हुने अवस्था भने नरहेको अर्थमन्त्री खतिवडाले बताए।
_x000D_
_x000D_
बैठकमा मन्त्रालयहरुले मन्त्रालय, अन्तर मन्त्रालयलगायतका समस्याका कारण लक्ष्य अनुसार कार्य प्रगति गर्न नसकेको जानकारी पनि प्रधानमन्त्री ओलीलाई गराएका थिए। अन्य मन्त्रालयको समीक्षा बिहिबार र शनिबार गर्ने प्रधानमन्त्री ओलीको योजना छ। प्रधानमन्त्री ओलीले मन्त्रालयहरुले बनाएको योजना अनुसार काम भए, नभएकोबारे बुझ्न समिक्षा बैठक बोलाएका थिए।
_x000D_
_x000D_
बैठकमा सम्बन्धित मन्त्रालयका सबै पदाधिकारीहरुको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।