• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

कुमारी, एनसिसी र बैंक अफ काठमाण्डूको अझै पुगेन चुक्ता पूँजी, नियामक भन्छ - प्रक्रियामा छ

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ६, २०७५  ०१:१५
1140x725

काठमाडौं– चालू आर्थिक वर्ष २०७५/०७६ को पहिलो त्रैमाससम्म आइपुग्दा पनि तीन वाणिज्य बैंकको चुक्ता पूँजी अझै पुगेको छैन। चुक्ता पूँजी नपुर्याउने बैंकहरुमा कुमारी बैंक, नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक र बैंक अफ काठमाण्डू हुन्।

_x000D_ _x000D_

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार २०७४ असारसम्म वाणिज्य बैंकले न्यूनमत ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याइसक्नुपर्ने थियो। तर, २०७५ असोज मसान्तसम्म आइपुग्दा पनि ३ बैंकले पूँजी पुर्याउन सकेका छैनन्।

_x000D_ _x000D_

राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/०७३ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी चार गुणासम्म बढाएको थियो। पूँजी वृद्धिको निर्देशन जारी हुँदा तोकिएको समयमा पूँजी वृद्धि नगर्ने वित्तीय संस्थालाई कारबाही गरिने जनाए पनि हालसम्म राष्ट्र बैंकले त्यसतर्फ कुनै कदम चालेको छैन। बरु नियममा थप लचिलो बन्दै पटक–पटक विशेष सुविधा दिँदै आएको छ।

_x000D_ _x000D_

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा पनि चुक्ता पूँजी नपुर्याएका बैंकको छिट्टै चुक्ता पूँजी पुग्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका प्रवक्ता नरायणप्रसाद पौडेलले भने, ‘चुक्ता पूँजी नपुगेका बैंक पुर्याउने पक्रियामा छन्, ती बैंकको पूँजी छिट्टै पुग्छ।

_x000D_ _x000D_

कानुनी प्रक्रियाका कारण राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउन बैंकहरु असफल भएको पौडेलले दाबी गरे। भने,‘बैंकहरुले चुक्ता पूँजी पुर्याउन हकप्रद तथा लाभांश प्रस्ताव गरिसकेका छन्। नियामक निकायमा रोकिँदा बैंकले पूँजी पुर्‍याउन नसकेका हुन्। कानुनी प्रक्रियाको कारण यसमा ढिलाइ भएको हो। पूँजी पुर्‍याउन कुनै बैंकलाई समस्या छैन।’

_x000D_ _x000D_

यता बैंकरहरुले पनि २८ वाणिज्य बैंकमध्ये ३ वटा बैंकको चुक्ता पूँजी नपुग्नु सामान्य कुरा भएको बताएका छन्। नेपाल बैंकर एसोसियसनका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले भने, ‘बैंकहरु चुक्ता पूँजी बढाउने पक्रियामा छन्। सबैको छिट्टै पुग्छ। यसलाई नकारात्मक रुपमा लिनु हुँदैन।’

_x000D_ _x000D_

सरकार तोकिएको पूँजी नपुर्‍याउने बैंक तथा वित्तीय संस्थाप्रति लचिलो बन्दै आएको छ। सुरुमा निर्देशन दिँदा २०७४ असारसम्म पूँजी नपुर्‍याउने वित्तीय संस्थालाई कारबाही गर्ने जनाएको राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केही खुकुलो व्यवस्था ल्याएको थियो।

_x000D_ _x000D_

मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाको गत वर्षको परिस्कृत (लेखापरीक्षण भएको) वार्षिक वित्तीय विवरणमा चुक्ता पूँजी पुगेको भए पनि मान्य हुने व्यवस्था ल्याएको थियो। यो व्यवस्थाले पूँजी नपुग्ने बैंक तथा वित्तीय संस्थाले थप ६ महिना (२०७४ पुससम्म) समय पाएका थिए। राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको ६ महिनासम्म गत वर्षको परिस्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गर्नुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

राष्ट्र बैंकले आर्थिक वर्ष २०७४ को चैत २३ गते भएको निर्णयअनुसार तोकिएको चुक्ता पूँजी नपुग्ने संस्थाले ‘कल इन एडभान्स’मा रहेको रकम, मर्जर तथा एक्विजिसनमार्फत भएको बचत र प्रिमियममा सेयर निस्कासन गर्दा हुन गएको बचतलाई पनि चुक्ता पुँजीमा गणना गर्न पाउने नियम ल्यायो। यसरी राष्ट्र बैंक पूँजी नपुर्‍याउने बैंकलाई मर्जरमा जान दबाव दिनुको साटो पटक–पटक लचिलो बन्दै आएको छ।

_x000D_ _x000D_

एनसिसी बैंकको चुक्ता पूँजी साढे ४ अर्ब ६८ करोड मात्रै

_x000D_ _x000D_

चालू आर्थिक वर्ष २०७५/०७६ को पहिलो त्रैमाससम्म आइपुग्दा एनसिसी बैंकको चुक्ता पूँजी जम्मा ४ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा बैंकको चुक्ता पूँजी ४ अर्ब ६७ करोड ९० लाख रुपैयाँ रहेको थियो।

_x000D_ _x000D_

त्यस्तै, बैंक अफ काठमाण्डूको चुक्ता पूँजी ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ रहेको छ। कुमारी बैंकको चुक्ता पूँजी ७ अर्ब १६ करोड ३० लाख ५५ हजार रुपैयाँ रहेको छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

यता सबैभन्दा धेरै चुक्ता पूँजी कृषि विकास बैंकको छ। बैंकको चुक्ता पूँजी १३ अर्ब ९३ करोड २५ लाख २८ हजार रुपैयाँ रहेको जनाइएको छ।

_x000D_ _x000D_

यस्तो छ वाणिज्य बैंकको चुक्ता पूँजी

_x000D_ _x000D_

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०७५  ०१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित
सम्बन्धित सामग्री
सुजुकीको दसैं–तिहार अफर : १ लाख रुपैयाँसम्म छुट, ३६ महिनासम्म शून्य ब्याज योजनाअन्तर्गत सुजुकीका नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट वा एक्सचेन्ज बोनस पाउने कम्पनीले जनाए... बुधबार, असोज १४, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
अटोमोबाइल उद्योगका अनुभवी मेघराज पौडेललाई एफएनसीसीआईको यातायात समितिमा जिम्मेवारी महासंघले यातायात तथा पारवहन क्षेत्रका चुनौती समाधान, व्यापार सहजीकरण तथा महासंघका कार्यक्रमलाई प्रभावकारी बनाउन पौडेलको अनुभव, ज्ञान... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्