• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

उपचार नहुँदा बाटोमै बित्छन् आमाहरु

64x64
नेपाल लाइभ शनिबार, मंसिर १, २०७५  ००:२०
1140x725

काठमाडौं– मुगुको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका– ६ की जलदेवी रोकायाको सुत्केरी हुन नसकेर गत भदौ १५ गते मृत्यु भयो। सुत्केरी व्यथाले च्यापेपछि उनलाई स्वास्थ्य चौकी नार्थुप पुर्‍याइएको थियो। तर, त्यहाँ सुरक्षित सुत्केरी गराउने व्यवस्था नभएपछि उनलाई जिल्ला अस्पताल लैजान भनियो। आफन्तले उनलाई सुरुमा घर लगे। जिल्ला अस्पताल लैजाने तयारी हुँदै थियो। तर, उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भयो।

_x000D_ _x000D_

नुवाकोटको दुप्चेस्वर गाउँपालिका– ४, हिलेकी २४ वर्षीया माइली तामाङको पनि सुत्केरीका क्रममा अत्याधिक रक्तश्राव भई गत असार २१ गते ज्यान गयो। सुत्केरी भएपछि धेरै रक्तश्राव भएको र उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो। बेतिनी स्वास्थ्य चौकीका अहेव मुक्तलाल श्रेष्ठका अनुसार घरमै बच्चा जन्मिएपछि साल नझरेकाले अत्याधिक रक्तश्रावका भएका कारण तामाङको मृत्यु भएको हो।

_x000D_ _x000D_

गत जेठ १३ गते जुम्लाको तिला गाउँपालिका–३ स्थित लुम्सेरा गाउँकी ज्ञानु भट्टराईको पनि उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भयो। २७ वर्षीया भट्टराईको सुत्केरीका क्रममा अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो। 

_x000D_ _x000D_

उपचारको अभावमा सुत्केरीका क्रममा बाटोमै ज्यान गुमाउनु परेका यी तीन प्रतिनिधि पात्र मात्र हुन्। अझै पनि ग्रामीण तथा दुर्गम क्षेत्रका धेरै आमाहरु सुत्केरीका क्रममा अत्यधिक रक्तश्राव तथा अन्य जटिलताका कारण ज्यान गुमाउन बाध्य छन्। ग्रामीण क्षेत्रमा भइरहेका यस्ता धेरै आमाहरुको मृत्यु त सार्वजनिक समेत हुन सकिरहेका छैनन्।

_x000D_ _x000D_

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीहरु नै उपचार अभावमा बाटोमा अकाल मृत्यु हुने आमाहरुको मृत्युलाई धेरै हदसम्म कम गर्न सकिने बताउँछन्।

_x000D_ _x000D_

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा आरपी बिच्छा भन्छन्, ‘नेपालले मातृ मृत्युदरलाई धेरै हदसम्म रोक्न सफल भएको छ। तर, अझै पनि धेरै आमाको मृत्यु भइरहेको छ। यस्तो मृत्युलाई कसरी रोक्न सकिन्छ भन्नेतर्फ हामीले काम अगाडि बढाइरहेका छौं।’

_x000D_ _x000D_

सरकारले मातृ मृत्युदर घटाउन आमा सुरक्षा कार्यक्रममा मात्र वार्षिक डेढ अर्बभन्दा बढी खर्च गर्दै आइरहेको छ। चालु आर्थिक वर्षमा आमा सुरक्षा, गर्भजाँच, न्यानो झोला वितरण तथा सुत्केरीलाई निःशुल्क रगत उपलब्ध गराउने शिर्षकमा एक अर्ब ७५ करोड ५३ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ। अघिल्लो आर्थिक वर्षमा यी शिर्षकमा मात्र एक अर्ब ६० करोडभन्दा बढी रकम खर्च भएको थियो।

_x000D_ _x000D_

तर, खर्चको तुलनामा मातृ मृत्युदर भने घटाउन सकिरहेको छैन। स्वास्थ्य मन्त्रालयले हरेक पाँच वर्षको अन्तरालमा गर्ने जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले पनि खर्चअनुसार मातृ मृत्युदरमा आशातित प्रगति हासिल हुन नसकेको देखाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

_x000D_ _x000D_

सर्वेक्षणले सात वर्षभित्रको समयमा नेपालमा प्रतिएक लाख जीवित जन्ममा २ सय ३९ जना आमाको मृत्यु हुने गरेको देखाएको छ। यसअघि सन् २०११ म नेपालमा मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा २ सय ५८ थियो। सात वर्षको अवधिमा भएको यो प्रगति निकै सुस्त भएको विज्ञहरुले बताएका छन्।

_x000D_ _x000D_

मातृ मृत्युदर भन्नाले गर्भावस्था, सुत्केरी र सुत्केरी पछिको ४२ दिनभित्र मृत्यु भएका महिलालाई जनाउँछ। तर, यसमा कुनै दुर्घटना वा हिंसाका कारणले उक्त अवधिमा मृत्यु भएका महिला भने समावेश हुँदैनन्। यस्तो मृत्युलाई गर्भावस्थासँग सम्बन्धित मृत्युमा राख्ने गरिन्छ।

_x000D_ _x000D_

सर्वेक्षणअनुसार गर्भावस्थासँग सम्बन्धित मृत्यु प्रतिएक लाख जीवित जन्ममा अहिले २ सय ५९ छ। सन् २००६ को सर्वेक्षणमा यस्तो मृत्यु २ सय ८१ थियो। सन् १९९६ को सर्वेक्षणमा यो संख्या ५ सय ३९ थियो। नेपालमा पहिलोपटक सन् १९९६ मा मातृ मृत्युदरको मापन गरिएको थियो। त्यसअघि विश्व स्वास्थ्य संगठन र युनिसेफले नेपालमा प्रति एक लाखमा १ हजार ५ सय ३८ मृत्यु रहेको तथ्यांक सार्वजनिक गरेको थियो। 

Xtrem

Xtrem
_x000D_ _x000D_

उमेर अनुसार मातृ मृत्युदर
_x000D_ सर्वेक्षणअनुसार प्रजनन् उमेर १५ देखि ४९ वर्षसम्मका महिलाको कुल मृत्युमा १२ दशमलव १ प्रतिशत हिस्सा मातृ मत्युदरको छ। उमेर समूहअनुसार सबैभन्दा बढी २५ देखि २९ वर्षका आमाको मृत्यु हुने गरेको सर्वेक्षणले देखाएको छ।

_x000D_ _x000D_

यो उमेर समूहका महिलाहरु धेरै गर्भवती हुने भएकाले मृत्युदर पनि बढी हुने गरेको सर्वेक्षणले देखाएको छ। मातृ मृत्युदरअन्तर्गत यो उमेर समूहका ३० दशमलव १ प्रतिशत हिस्सा ओगट्छ। यसपछि क्रमश : २० देखि २४ वर्षका १६ दशमलव ४, ३० देखि ३४ वर्षका १३ दशमलव ७, ३५ देखि ३९ वर्षका ९ दशमलव ८, १५ देखि १९ वर्षका ७ दशमलव ५ र ४० देखि ४९ वर्षका ५ प्रतिशत मातृ मृत्युदर छ।

_x000D_ _x000D_

सन् १९९० मा प्रतिलाख ५ सय ३९ रहेको नेपालको मातृ मृत्युदर अहिले २ सय ३९ छ। सरकारको लक्ष्यअनुसार सन् २०१७ सम्ममा मातृ मृत्युदर १ सय ७० म झारिसक्नुपर्ने थियो। तर, समयअनुसार कार्यक्रमहरु परिमार्जन नहुँदा र आवश्यकताअनुसार सेवाको पहुँच विस्तार नहुँदा लक्ष्य हासिल गर्न नसकिएको स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा यशोवद्र्धन प्रधान बताउँछन्। उनका अनुसार मातृ मृत्युदर घटाउन अब पुरानो तरिकाले मात्र सोचेर हुँदैन।

_x000D_ _x000D_

‘अब हाम्रा कार्यक्रमको ढाँचा समयअनुसार परिवर्तन हुनुपर्छ,’ उनले भने, ‘पहिलाको आवश्यकताअनुसारको कार्यक्रमले जति उपलब्धि हासिल हुनुपर्ने थियो त्यो भइसकेको छ। अब संघीय संरचनाअनुसार कार्यक्रम र प्राथमिकतामा परिवर्तन हुनुपर्छ।’ 

_x000D_ _x000D_

दिगो विकास लक्ष्यअनुसार नेपालले मातृ मृत्युदर प्रतिएक लाख ७० मा झार्ने लक्ष्य लिएको छ। उक्त लक्ष्य हासिल गर्न पनि सरकारले धेरै मिहनेत गर्नुपर्ने डा प्रधान बताउँछन्।

_x000D_ _x000D_

कारण

_x000D_ _x000D_


_x000D_ मातृ मृत्युको सबैभन्दा प्रमुख कारणमा उपचार अभावमा अत्याधिक रक्तश्राव (पोस्टपार्टम हेमरेज) रहेको छ। स्वास्थ्य संस्थामा आइपुगेकाहरु पनि निकै ढिलोगरी आउने हुँदा पनि मृत्युदरमा उल्लेख्य सुधार आउन नसकेको बताइन्छ। यसका साथै मातृमृत्यु हुनुका पछाडि धेरै कारणहरु हुन सक्छ। कम उमेरमा विवाह गर्नु, कम उमेरमा नै बच्चा पाउनु, तुरुन्त–तुरुन्त गर्भवती हुनु, खानपिनमा ध्यान नदिनु, गर्भावस्थामा स्वास्थ्य परीक्षण नगर्नुलगायत अनगिन्ती कारणले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मातृमृत्यु हुनुमा सहयोगी भूमिका खेलेका हुन्छन्।

_x000D_ _x000D_

नेपालमा वर्षेनि साढे ७ लाख महिला गर्भवती हुने गरेको सरकारी अनुमान छ। जसमध्ये ३ लाखले घरमै बच्चा जन्माउने गरेका छन्। स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या निकै कम हुँदा पनि मृत्युदर घट्न नसकेको परिवार कल्याण महाशाखाकी डा पुन्या पौडेल बताउँछिन्। 

_x000D_ _x000D_

उनका अनुसार धेरैजसो मातृ मृत्यु उपचारमा नआउँदा, भौगोलिक विकटताका कारण समयमा स्वास्थ्य संस्था नपुग्ने, परम्परागत मान्यता, शिक्षा र जनचेतनाको कमी, सेवामा असहजता, आर्थिक अवस्था कमजोर, बालविवाह, असुरक्षित गर्भपतन, दुर्गमका स्वास्थ्य संस्थामा जनशक्ति अभाव, संक्रमणलगायतका कारण हुने गर्छ।

_x000D_ _x000D_

मातृ मृत्युदर घटाउने कार्यक्रम
_x000D_ सरकारले मातृ मृत्युदर घटाउँदै आमाको स्वास्थ्यमा सुधार ल्याउन आमा सुरक्षा कार्यक्रम, स्वास्थ्य संस्थामा सुत्केरी बढाउन यातायात खर्च र प्रोत्साहन भत्ता, गर्भावस्थामा हुने रक्तअल्पता कम गर्न वडास्तरसम्म आइरन चक्की वितरण कार्यक्रम, दुर्गममा गर्भवती र सुत्केरीको जीवन बचाउन हेली उद्धार, सुत्केरीका क्रममा निःशुल्क रगत, आमा र बच्चालाई सुत्केरीपछि निःशुल्क कपडाहरु दिने न्यानो झोला वितरणलगायतका कार्यक्रम सञ्चालन गरेको छ। 

_x000D_ _x000D_

_x000D_ _x000D_

आमा सुरक्षा कार्यक्रमअन्तर्गत देशभरका सरकारी स्वास्थ्य संस्था निःशुल्क गर्भजाँच, सुत्केरी गराउने कार्यक्रम सबैभन्दा ठूलो कार्यक्रम हो। यसका साथै स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराउनेलाई हिमाल, पहाड र तराईमा क्रमशः ३ हजार, २ हजार र १ हजार यातायात खर्च र सुत्केरी भएबापत ८ सय प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको छ। यातायात र प्रोत्साहन भत्ता चालु आर्थिक वर्षमा दोब्बर गरिएको हो। यसअघि यसको आधार खर्च दिने गरिएको थियो। 

_x000D_ _x000D_

सरकारले मातृ मृत्युदर घटाउन २०६५ देखि ‘आमा सुरक्षा’ कार्यक्रम सुरु गरेको थियो। यो कार्यक्रमपछि सहरी र सुगम क्षेत्रमा मातृ मृत्युदर राम्रोसँग घटे पनि दुर्गम क्षेत्रमा भने सेवाको विस्तार नहुँदा मृत्युदरमा उल्लेख्य कमी आउन नसकेको विज्ञहरु बताउँछन्।

_x000D_ _x000D_

दुर्गममा चिकित्सक र पूर्वाधार पुर्‍याउनसके मातृ मृत्युदर धेरै घटाउन सकिने डा पुन्या पौडेल बताउँछिन्। संघीय संरचनाअनुसार हरेक स्थानीय तहमा कम्तीमा एउटा शल्यक्रियासहितको सुरक्षित सुत्केरी केन्द्र बनाउन सकेमा मातृ मृत्युदरमा लक्ष्यअनुसारको उपलब्धि हासिल गर्न सहज हुने उनी बताउँछिन्।

_x000D_ _x000D_

स्वास्थ्य संस्थामा सुत्केरी हुने बढ्दै
_x000D_ नेपालमा पछिल्लो केही वर्षयता स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणअनुसार सन् २००१ मा गर्भवती भएका १० जना महिलामध्ये ३ जनाले मात्रै दक्ष प्रसूतिकर्मीबाट सेवा लिने गरेकोमा २०१६ मा धेरै महिलाले सेवा लिएका छन्। सन् १९९६ मा ८ प्रतिशत बच्चा मात्रै स्वास्थ्य संस्थामा जन्मने गरेकोमा २०१६ सम्ममा ५७ प्रतिशत बाच्चाहरु स्वास्थ्य संस्थामा जन्मिएको तथ्यांकले देखाएको छ। नेपालमा अहिले पनि ४३ प्रतिशत आमाहरुले घरमा नै सुत्केरी हुने गरेका कारण यो दर घटाउन कार्यक्रम विस्तार भइरहेको डा पौडेलले जानकारी दिइन्।

_x000D_ _x000D_

उनका अनुसार सरकारले अहिले सुत्केरीपछि पनि आमाहरुको तीन पटक स्वास्थ्य जाँच कार्यक्रम ल्याएको छ। सुत्केरी भएको २४ घण्टा, ३ दिन र ७ दिनमा आमाको स्वास्थ्य जाँच कार्यक्रम प्रभावकारी हुँदै गइरहेको उनले बताइन्।
_x000D_  

प्रकाशित मिति: शनिबार, मंसिर १, २०७५  ००:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) निर्णयअनुसार जीव लाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै रामकृष्ण पुडासैनीलाई दाङको घोराही उपमहान... बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने गुठी संस्थानले करिब एक महिनाअघि उपमहानगरभित्रका सात वटा पोखरीका डिलमा बनेका अनधिकृत संरचना डोजर लगाएर हटाएको थियो। त्यसक्रममा सरकारक... बुधबार, असोज १४, २०८३
७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर अधिकारीविरुद्ध अख्तियारले ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। तीमध्ये दुईमा पूर्ण दोषी, दुईमा आंशिक दोषी र दुईमा सफाइ हुने फै... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्