• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक १९, २०८२ Wed, Nov 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

स्वेतपत्र जारी गर्दै नेपाल एयरलाइन्सले भन्योः काम गर्न पैसा भएन

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २९, २०७५  १२:१६
1140x725

काठमाडाै‌ं– राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले अधिकृत पुँजी अति नै न्यून भएका कारण नगद प्रभावमा रकम अभाव भएको बताएको छ।

_x000D_ _x000D_

निगमले हालको वित्तीय अवस्थासहित भावी योजना तय गर्दै जारी गरेको स्वेतपत्रमा नगद प्रभावमा समस्या रहेको उजागर गरेको हो।

_x000D_ _x000D_

निगमको अधिकृत पूँजी ३० करोड रहेको स्वेतपत्रमा उल्लेख गरिएको छ। हाल निगमको पूँजी लगानी ३ अर्ब १० करोड ३८ लाख रहेको स्वेतपत्रमा उल्लेख छ।

_x000D_ _x000D_

‘ऋण मात्रै ३७ अर्ब ५८ करोड ५६ लाख २४ हजार ४ सय ३ रहेको अवस्थामा अधिकृति पूँजी अति नै न्यून भएका कारण नगद प्रभावमा समस्या आएको हो’, स्वेतपत्र जारी गर्दै निगमका कार्यकारी अध्यक्ष मदन खरलेले भने, ‘ जहाज खरिदमा लिएको कर्जा रमक मात्रै ३२ अर्ब ७८ करोड छ। नगद पूँजी अनुपात ३९.८२ छ। जसका कारण नेपाल एयरलाइन्स उच्च वित्तीय जोखिममा छ।’

_x000D_ _x000D_

नगद प्रभावमै समस्या आइपछि निगमले सरकारसँग पूँजी विस्तारको लागि रकम मागेको उनको भनाइ छ। ‘हामीले २० अर्ब रुपैयाँ माग गरेको छौं’,  खरेलले भने, ‘सरकारले एकैपटकमा हामीले भनेको रकम दिनुपर्छ भन्ने पनि छैन, आवश्यकताअनुसार नगद प्रभावमा समस्या नपर्नेगरी रकम दिए पनि हुन्छ।’

_x000D_ _x000D_

निगमले सरदर वार्षिक १०.५० प्रतिशतका दरले कर्जाको ब्याज भुक्तानी गर्नुपर्ने हुँदा पनि निगमको तरलताको अवस्था तथा नाफामा सिधै असर परेको स्वेतपत्रमा उल्लेख गरिएको छ। निगमले वार्षिक कर्जाको ब्याजमा मात्रै ३ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी तिर्नुपर्ने अवस्था छ।

_x000D_ _x000D_

निगमले भर्खरै मात्रै खरिद गरेको वाइडबडी जहाजको व्यवसायी योजनाअनुसार सञ्चालन नभएसम्म उक्त कमीलाई पूर्ति गर्न पनि तत्कालै सरकारले आर्थिक सहयोग गर्नुपर्ने स्वेतपत्रमा उल्लेख छ।

_x000D_ _x000D_

निरन्तर नाफामा

Ncell 2
Ncell 2
_x000D_ _x000D_

निगमले जारी गरेको स्वेतपत्रमा संस्थान निरन्तर फाइदामा गएको देखाएको छ। गत आव २०७४/०७५ मा मात्रै निगमले ३५ करोड रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेको छ।

_x000D_ _x000D_

निगमका नाफा क्रमश आव २०७३/०७४ मा ७ करोड ४५ लाख, आव ०७२/०७३ मा २६ करोड, आव २०७१/०७२ मा १ करोड ६१ लाख र आव २०७०/०७१ मा १ करोड ९५ लाख रुपैयाँ मात्रै फाइदा भएको उल्लेख छ।

_x000D_ _x000D_

तर, निगमको संचित पूँजीतर्फ भने नोक्सानी रहेको छ। जसमा आव २०७४/०७५ मा २ अर्ब १६ करोड, २०७३/०७४ मा २ अर्ब ५१ करोड रुपैयाँ सचित नोक्सानी रहेको स्वेत पत्रमा उल्लेख छ।

_x000D_ _x000D_

निगमको ऋण

_x000D_ _x000D_

नेपाल एयरलाइन्सको ऋण मात्रै ३७ अर्ब ५८ करोड ५६ लाख २४ हजार ४ सय ३ रुपैयाँ रहेको छ। जसमा कर्मचारी सञ्चयकोषलाई एयर बस ३२०–२०० जहाज खरिदमा लिएको ८ अर्ब ८७ करोड, कर्मचारी सञ्चयकोषको चक्रीय कर्जा एक अर्ब १० करोड, कर्मचारी सञ्चयकोषसँग नै वाइडबडी जहाज खरिदमा लिएको ११ अर्ब ९९ करोड र नागरिक कोषकोसँग पनि वाइडबडी जहाज खरिद गर्दा लिएको १२ अर्ब रुपैयाँ भन्दा बढी ऋण रहेको छ।

_x000D_ _x000D_

यसैगरी, नेपाल नागरिक उड्डयन प्राधिकरणको २८ करोड ७१ लाख, क्यानेडियन ऋण २ करोड ८७ लाख,   सरकारी ऋण ५३ करोड  रुपैयाँ लगायतको ऋण रहेको छ।

_x000D_ _x000D_

३७ अर्बको जहाज तथा इन्जिन

_x000D_ _x000D_

नेपाल एयरलाइन्सको जहाज तथा इन्जिनको सम्पति मात्रै ३७ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ। जसमा दुई थान वाइबडी जहाजको २४ अर्ब ५१ करोड, दुई थान एयरबसको ८ अर्ब २१ करोड,  बोइङको ६५ करोड, ३ वटा टिवनअटरको १६ लाख २२ हजार, दुई वटा एमए ६० को २ अर्ब ६४ करोड र दुई वटा वाई १२ को १ अर्ब ६८ करोड रुपैयाँ भन्दा बढी सम्पति रहेको स्वेतपत्रमा उल्लेख छ।

_x000D_ _x000D_

निगमको सम्पत्ति ४८ अर्ब ९३ करोड

_x000D_ _x000D_

नेपाल एयर लाइन्सको कुल सम्पत्ति मात्रै ५० अर्ब रुपैयाँको हाराहारीमा रहेको आज बिहीबार जारी स्वेतपत्रमा उल्लेख छ। निगमसँग जहाज तथा इन्जिनको सम्पत्ति ३७ अर्ब  ७२ करोड, जग्गा तथा भवनको सम्पत्ति ७ अर्ब ५९ करोड, आसामी ७५ करोड, बैंक मौज्दात २० करोड, जहाजको पार्टपूर्जा तथा मौज्दातको २ अर्ब ४३ करोड र ग्राउन्ड इक्यिुमेन्टको २१ करोड भन्दा बढी रकम रहेको छ।

_x000D_ _x000D_

कर्मचारी अवकाशमै सवा एक अर्ब

_x000D_ _x000D_

नेपाल एयरलाइन्सले आफ्नो कर्मचारीलाई अवकाश दिँदा मात्रै सवाँ एक अर्बभन्दा बढी रकम आवश्यक पर्ने स्वेतपत्रमा उल्लेख गरेको छ। जसअन्तर्गत उपदानमा ५२ करोड ७४ लाख र बिदा–उपचार लगायत शिर्षकका लागि ७३ करोड ११ लाख रुपैयाँ आवश्यक रहेको स्वेतपत्रमा उल्लेख छ। तर, निगमले अहिलेसम्म ३१ करोड रुपैयाँ मात्रै भुक्तानी गरेको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०७५  १२:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हितेन्द्रको रिटमा कारण देखाउ आदेश
जनार्दनले घोषणा गरे ‘प्रगतिशील अभियान,नेपाल’
निकोलस भुसाल पक्राउ
सम्बन्धित सामग्री
प्रभु बैंक र मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबीच विशेष छुट सम्झौता मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका तर्फबाट अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंक लिमिटेड तर्फबाट बैंकका प्रमुख व्यवसाय केन्द्र अधिकृत... शनिबार, साउन ३१, २०८२
एनसेल फाउन्डेसन र आइकम नेपालको सहकार्यमा अनुसन्धानमूलक जर्नल 'संग्रहालय' विमोचन नारायणहिटी दरबार संग्रहालयमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जर्नलको विमोचन गरे... बिहीबार, साउन २९, २०८२
एनसेल बन्यो भोल्टे रोमिङ सेवा सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी एनसेलले पहिलादेखि नै विभिन्न देशबाट नेपाल आउने विदेशीहरुलाई इनबाउन्ड भोल्टे रोमिङ सेवा दिदै आएको छ । कम्पनीले अब आफ्नो सेवा विस्तार... सोमबार, साउन १९, २०८२
ताजा समाचारसबै
हितेन्द्रको रिटमा कारण देखाउ आदेश मंगलबार, कात्तिक १८, २०८२
जनार्दनले घोषणा गरे ‘प्रगतिशील अभियान,नेपाल’ मंगलबार, कात्तिक १८, २०८२
निकोलस भुसाल पक्राउ मंगलबार, कात्तिक १८, २०८२
ज्ञानेन्द्र शाहीको राजेन्द्र लिङ्देन र धवल शमशेरलाई चेतावनीपूर्ण अपिल: "मिलेर जान सक्दैनौ भने युवाहरूको भविष्य बर्बाद गर्ने अधिकार छैन" मंगलबार, कात्तिक १८, २०८२
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै मंगलबार, कात्तिक १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना मंगलबार, कात्तिक १८, २०८२
सुरु भयो कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला सोमबार, कात्तिक १७, २०८२
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै मंगलबार, कात्तिक १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्