• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक १९, २०८२ Wed, Nov 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

वैदेशिक रोजगारीमा कार्यरत २५ प्रतिशतभन्दा बढी कामदार अवैध

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २८, २०७५  १७:१५
1140x725

काठमाडौं– वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा कार्यरत करिब २५ प्रतिशतभन्दा बढी नेपाली कामदार अवैधानिक रुपमा काम गरिरहेका छन्। रोजगारीमा जाँदा सरकारले जारी गरेको श्रम अवधि सकिए पनि पुनः श्रम स्वीकृतिका लागि स्वदेश नफर्की सम्बन्धित मुलुककै रोजगारदाता कम्पनीमै शरण लिएर अवैध रूपमा काम गरिरहेको हुनसक्ने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले अनुमान गरेको छ।

_x000D_ _x000D_

सरकारले कामदारकै हकहितका लागि भनेर स्थापना गरेका कूटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति वितरण गर्न नसक्दा धेरै नेपाली कामदार अवैध रुपमा काम गर्न बाध्य हुनुपरेको वैदेशिक रोजगार प्रबद्र्धन बोर्डका पुर्व कार्यकारी प्रमुख रघुराज काफ्ले बताउँछन्। ‘रोजगारीका लागि गन्तव्य मूलुक पुगेका नेपाली युवा विभिन्न कारणले अवैध हुने गरेका छन्, तर कसरी अवैध हुन्छन्? भनेर सरकारीस्तरबाट खासै अध्ययन भने गरिएको छैन। जसका कारण कामदार अवैध हुने क्रम बढ्दो छ।,’ काफ्लेले भने, ‘आगामी दिनमा सरकार यस विषयमा गम्भीर नभए समस्या जटिल हुने छ।’

_x000D_ _x000D_

सरकारले यो समस्या समाधान गर्न सम्बन्धित मूलुकस्थित राजदूतवासबाटै पुनः श्रम स्वीकृति लिन पाइने व्यवस्थाको सुरुवात गर्नुपर्ने काफ्लेले सुझाए। रोजगारदाता मूलुकले दिने भिसा र डिमान्डको पहिचान गरेर मात्र श्रम स्वीकृति जारी गरे समस्या आफैं समाधान हुने पनि उनले दाबी गरे।

_x000D_ _x000D_

हाल मलेसिया, खाडी र युरोपमा करिब ३५ लाख नेपाली कामदार कार्यरत रहेको सरकारी अनुमान छ। जसमध्ये ७ देखि ९ लाख कामदार करार अवधि सकिएपनि रोजगारदाता देशमै लुकेर काम गरिरहेको बताइन्छ।

_x000D_ _x000D_

मलेसियामा रोजगारीका लागि आएका १ लाख ५० हजार भन्दा धेरै कामदार श्रम अवधि सकिएपनि स्वदेश नफर्की काम गरिरहेका मलेसियास्थीत नेपाली राजदूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलले बताए।

_x000D_ _x000D_

यस्तो संख्या युएईमा १ लाखभन्दा माथि, कतारमा १ लाखको हाराहारीमा, साउदीमा ८० हजारदेखि १ लाखसम्म, कुवेतमा ५० हजारभन्दा धेरै र बहराइन, ओमान, जोर्डन, इजरायल र कोरियामा गरी कुल ७ देखि ९ लाख(मलेसियासहित) रहेको विभिन्न देशका दूतावासले जनाउँदै आएका छन्।

_x000D_ _x000D_

थोरै मात्र आममाफी प्रक्रियामा सहभागी

_x000D_ _x000D_

विगत ५ वर्षमा अवैधरूपमा काम गरिरहेका ४२ हजारभन्दा बढी नेपाली कामदार साउदी सरकारले दिएको आममाफी प्रक्रियामा सहभागी भएर नेपाल फर्किएका साउदीस्थित नेपाली दूतावासले जनाएको छ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

यस्तै, एक वर्षअघि कुवेतले पनि आप्रवासी कामदारलाई दिएको आममाफी प्रक्रियामा ३० हजारभन्दा बढी नेपाली संलग्न भएका कुवेतस्थित नेपाली राजदूतवासले जानकारी दिएको छ। युएईले सन् २०१५ देखि हालसम्म ४ पटक आप्रवासी कामदारलाई आममाफीमार्फत स्वदेश फर्कन वा भिसा प्रमाणीकरण गरेर मात्र काम गर्न भनेर मौका दिएको थियो। युएईले ४ पटक दिएको आममाफी प्रक्रियामा ५० हजारभन्दा बढी नेपाली सहभागी भएको युएईस्थित नेपाली दूतावासले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

_x000D_ _x000D_

मलेसियाबाट पनि पटक–पटक गरेर धेरै नेपाली आममाफी प्रक्रियामा सहभागी भई फर्किएका छन्। मलेसियाबाट २ वर्षको अवधिमा करिब ५० हजार अवैध रुपमा बसेर काम गरेका कामदार स्वदेश फर्किएको आँकडा छ। रोजगारदाता मुलुकले दिएको आममाफी प्रक्रियामा थोरै कामदार मात्र सहभागी हुने गरेको दूतवासको भनाई छ।

_x000D_ _x000D_

एक लाखभन्दा धेरै महिला अवैध

_x000D_ _x000D_

विभिन्न रोजगारदाता देशमा करिब ७ देखि ९ लाखसम्म नेपाली कामदार अवैध भएर काम गरिरहेका हुनसक्ने श्रम मन्त्रालयको अनुमान छ। जसमध्ये एक लाखभन्दा बढी महिला हुन सक्ने अनुमान गरिएको छ। धेरै नेपाली कामदार मलेसिया, कतार, युएई र साउदी अरबमा अवैध भएर काम गर्नेगरेको बोर्डको अनुमान छ।

_x000D_ _x000D_

सरकारले घरेलु महिला कामदारलाई खाडीका देश जान प्रतिबन्ध लगाएपछि ती देशमा यसअघि नै रोजगारीका लागि पुगेका महिला कामदार पुनः जान नपाउने डरले स्वदेश फर्किएका छैनन्। सरकारी तथ्यांकमा वार्षिक एक लाख महिला वैदेशिक रोजगारीमा जाने गरेका छन्। 

_x000D_ _x000D_

२०७२ सालअघि खाडीका देश र मलेसिया गएका महिला कामदारको श्रम अवधि सकिएको छ। सरकारले २०७२ साल चैतदेखि घरेलु काममा जाने महिला कामदारका हकमा श्रम स्वीकृति जारी गर्न बन्द गरेको थियो। त्योभन्दा अघि वैदेशिक रोजगारीमा गएका ४० प्रतिशत महिला स्वदेश फर्किएपनि ६० प्रतिशत रोजगारदाता कै शरण लिएर काम गरिरहेका हुनसक्ने अनुमान गरिएको छ।

_x000D_ _x000D_

सरकारले विदेशमा कामदार अवैध हुनबाट रोक्न कामदारलाई वितरण गर्ने श्रम स्वीकृतिको अवधि ५ वर्षको हुनुपर्ने साउदीका लागि पुर्व राजदूत उदयराज पाण्डेको तर्क छ। ‘रोजगारीमा गएका धेरै कामदार श्रम स्वीकृतिको अवधि कम हुँदा पनि अवैध हुन्छन्। यसका लागि सरकारले हाल जारी गर्दै आएको समयावधिलाई बढाएर ५ वर्ष पुर्‍याउन सक्छ।’, पाण्डेले भने।

_x000D_ _x000D_

धेरै कामदार म्यानपावर कम्पनी अथवा एजेन्टकै कारण अवैध हुन बाध्य हुने गरेको पनि पाण्डेको भनाइ छ।

_x000D_ _x000D_

अवैध कामदारलाई स्वदेश फर्काउन विशेष कार्यक्रम ल्याइँदै

_x000D_ _x000D_

श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयले रोजगारदाता देशमा करार अवधि सकिएपनि गैरकानुनी रुपमा लुकेर काम गरिरहेका नेपाली कामदारलाई स्वदेश फर्काउन विशेष अभियान चलाउने भएको छ। रोजगार गन्तव्य देशमा अवैध ढंगबाट बसी काम गरिरहेका कामदार फर्काउन ती देशसँग संवाद र छलफल गरिरहेको श्रम मन्त्रालयले जनाएको छ।

_x000D_ _x000D_

विदेशमा कति कामदार अवैध तवरबाट बसेका छन्, उनीहरुको कुटनीनिक नियोगमार्फत तथ्यांक संकलन गरेर वैधानिक बनाउन अथवा स्वदेश फर्काउन रोजगारदाता देशसँग परामर्श भइरहेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए।

_x000D_ _x000D_

विचौलियाको लहैलहैमा लाग्दा भिसा अवैध

_x000D_ _x000D_

विदेशमा रहेका धेरै नेपालीको भिसा विचौलियाको लहैलहैमा लागेर अवैध हुने गरेको छ। विभिन्न देशमा भिसा र डिमान्डको कारोबार गर्ने नेपाली दलाल र विदेशी विचौलियाका लहैलहैमा लागि राम्रो कमाइ हुने आसमा रोजगारदाता कम्पनी परिवर्तन गर्दा पनि धेरैको बसाइ अवैध हुने गरेको पाइन्छ।

_x000D_ _x000D_

एउटा कामका लागि श्रम स्वीकृति लिएर अर्कै काममा परेपछि अवैध ढंगबाटै कमाउने बाटो रोज्दा, रोजगारीका लागि गएका कामदारको श्रम अवधि सकिएपछि पुनः श्रम स्वीकृतिका लागि स्वदेश नफर्किंदा, श्रम अवधि सकिएपनि रोजगारदाता कम्पनीले बिदा नदिँदा, भिजिट भिसामा गएका, तेस्रो मुलुक हुँदै गएका र श्रम अवधि सकिएपछि भागेर काम गर्नेलगायतका कारण पनि धेरै नेपाली अवैध हुने गरेको विदेशस्थित कुटनीनिक नियोगले बताउँदै आएका छन्।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  १७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतितोला ११ सय रुपैयाँले घट्यो सुन
एकीकृत समाजवादी भयंकर हुन्छ भन्ने लागेको थियो, तर अध्याय सकियो : रामकुमारी झाँक्री
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
सम्बन्धित सामग्री
लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीले जनाए आपत्ति शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भ... शनिबार, भदौ १४, २०८२
आउँदो चुनाव पछि रास्वपालाई सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउने प्रयासमा छौं : डा वाग्ले झन्डै एक साता लामो  क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधनग... शुक्रबार, भदौ १३, २०८२
एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर महर्जनको साथ डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् । धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन् । क्यानाडाको बहुसां... बिहीबार, साउन ८, २०८२
ताजा समाचारसबै
प्रतितोला ११ सय रुपैयाँले घट्यो सुन बुधबार, कात्तिक १९, २०८२
एकीकृत समाजवादी भयंकर हुन्छ भन्ने लागेको थियो, तर अध्याय सकियो : रामकुमारी झाँक्री बुधबार, कात्तिक १९, २०८२
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने बुधबार, कात्तिक १९, २०८२
अमेरिकामा कार्गो विमान दुर्घटना: ७ जनाको मृत्यु, ११ घाइते बुधबार, कात्तिक १९, २०८२
तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
९ दलबीच एकतापछि बन्ने एकीकृत पार्टीको नयाँ नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने मंगलबार, कात्तिक १८, २०८२
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै मंगलबार, कात्तिक १८, २०८२
स्रोत नखुलेको २३ लाखसहित दुई जना पक्राउ मंगलबार, कात्तिक १८, २०८२
जनार्दनले घोषणा गरे ‘प्रगतिशील अभियान,नेपाल’ मंगलबार, कात्तिक १८, २०८२
रामकुमारी झाँक्रीले आज पत्रकार सम्मेलन गर्दै बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
भाेलि बिहानदेखि शुक्रवारसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्