• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मधुमेहका ११ लक्षण र उपचार

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २८, २०७५  १५:१४
1140x725

आज विश्व मधुमेह दिवस। मधुमेह दिवसको यो वर्षको नारा– ‘परिवार र मधुमेह’। परिवारमा एक जनालाई मधुमेह छ भने उसको परिवारको अन्य सदस्यलाई ४० प्रतिशतसम्म मधुमेह लाग्ने सम्भावना हुन्छ। परिवारभित्र मधुमेह भएको व्यक्ति छ भने अन्य सदस्यले पनि त्यसप्रति चनाखो हुनुपर्छ। उसले जीवनशैली तथा खानपिन सुधार्नुपर्छ, व्यायाम गर्नुपर्छ। 

_x000D_ _x000D_

विश्वको तथ्यांक हेर्ने हो भने संसारभर अहिले ४२ करोडभन्दा माथि मानिस मधुमेहबाट ग्रसित छन्। अहिलेको अवस्था रहिरह्यो भने २५ वर्षमा यो तथ्यांक ६५ करो भन्दा माथि पुग्ने आकलन गरिएको छ। 

_x000D_ _x000D_

हामी मधुमेहबाट बच्न सक्छौँ। परिवारमा एक जनालाई भयो भने सम्पूर्ण परिवारका सदस्यहरुलाई शिक्षा दिनुपर्छ। मधुमेह लागिसकेका व्यक्तिको उपचारमा परिवारको ठूलो साथ–सहयोग चाहिन्छ। उपचारको क्रममा साथ र सहयोेगको ठूलो भूमिका रहन्छ। खानपानको व्यवस्थापन र बिरामीको उपचारमा हौसला दिने कुरामा परिवारको महत्वपूर्ण भूमिका हुन्छ। बिरामीलाई डिप्रेसन हुनबाट रोक्न सक्छ परिवारले। 

_x000D_ _x000D_

अहिले मधुमेहका बिरामी लगभग २९ प्रतिशतलाई डिपे्रसन देखिएको छ। त्यो संख्या ठूलो हो। डिप्रेसन भयो भने मधुमेहका बिरामीलाई एकदम नकारात्मक असर पर्छ। त्यसैले पनि मधुमेहमा परिवारको ठूलो महत्व रहेको हुन्छ। त्यसैले पनि यो नारा सार्थक रहेको छ। 

_x000D_ _x000D_

मधुमेह भनेको के हो ?
_x000D_ मधुमेह भनेको सामान्य भाषामा भन्नुपर्दा चिनी रोग हो। रगतमा चिनीको मात्रा चाहिनेभन्दा बढी भयो भने त्यसलाई हामी मधुमेह भन्छौँ। चिनीको मात्रा बढी भयो भने शरीरमा यसले विभिन्न अंगलाई असर गर्न थाल्छ। 

_x000D_ _x000D_

अहिले हाम्रो जीवनशैली एकदम परिवर्तित भएको छ। मानिसहरु तनावपूर्ण जीवन बाँचिरहेका छन्। खानपिनमा ध्यान कम पुगेको देखिन्छ। आफ्नो घरमा बनाएको खानाभन्दा पनि बजारमा पाइने प्रशोधित खानाप्रति मानिसहरुको रुचि बढेको देखिन्छ। चिल्लो, क्यालोरीयुक्त खाना खाइरहेका हुन्छौँ। समयमा खाँदैनौं। व्यायाम कम भएको छ। हामी धेरै विलासी भएका छाँै। नजिकै जानुपर्‍यो भने पनि हामी गाडी चढिरहेका हुन्छाँै। आफ्नो शरीर परीक्षण गर्ने बानी पनि छैन। टेबुल वर्क धेरै भएको छ। मानिस शारीरिक रुपमा अहिले एक्टिभ छैन। त्यसैले रोग संसारभरि नै बढ्दै गइरहेको छ। 

_x000D_ _x000D_

संसारमा सबैभन्दा बढी मधुमेह चीन र भारतमा छ। विशेषगरी मधुमेह दक्षिण एसियामा बढी देखिएको छ। यी देशमा जिनमा नै मधुमेह हुने सम्भावना बढी हुन्छ। केही अध्ययन र हाम्रो आकलनअनुसार नेपालको जनसंख्याको ८.३ प्रतिशत जनसंख्यामा मधुमेह रहेको छ। त्यो बढ्ने क्रममा छ।

_x000D_ _x000D_

मधुमेहका प्रकार
_x000D_ प्रकार १ मा इन्सुलिनको मात्रा शून्य हुन्छ। बाँच्नको लागि इन्सुलिन नै चाहिन्छ। यो बच्चामा बढी देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

प्रकार २ वयस्कमा देखिन्छ। ३० वर्ष उमेर कटेकाहरुलाई देखिन्छ। प्रकार २ वंशज तथा जीवनशैली अस्वथ्य हुनाले हुन्छ। आजकाल मोटोपनले गर्दा पनि बच्चामा समेत यो मधुमेह देखिन थालेको छ।

_x000D_ _x000D_

जेसटेसनल मधुमेहः यो मधुमेह गर्भवती महिलामा देखिने गर्दछ। २४ देखि २८ हप्ताको बीचमा सुगरको मात्रा बढेर आउँछ। पछि डेलिभरीपछि हराउँछ तर बेलैमा नियन्त्रण गरिएन भने पछि त्यो प्रकार २ को मधुमेहमा परिवर्तन हुन सक्छ। डेलिभरीपछि मेरो सुगर हरायो भनेर ढुक्क बस्नुहुँदैन। जीवनशैली तथा खानपानमा ध्यान दिनुपर्छ। संसारमा प्रत्येक ६ जना महिलामध्ये १ जनालाई यो भएको पाइएको छ।

_x000D_ _x000D_

सेकेन्डरी मधुमेह प्यानक्राइटेज भएर वा सुगर बढाउने औषधि लामो समयसम्म प्रयोग गर्दा जेनेटिक सिन्ड्रोमको कारणले हुने भनेको यो मधुमेह हो। 

_x000D_ _x000D_

प्रकार २ सबैभन्दा बढी देखिएको मधुमेह हो। युवा उमेरमा मधुमेह देखिने क्रम बढेको छ। त्यसको कारण नै अव्यवस्थित जीवनशैली हो। खेलकुदमा व्यस्त हुनुपर्ने बेलामा मोबाइलमा व्यस्त हुँदा बालबालिकामा पनि यो प्रकारको मधुमेह बढ्दै गएको छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

पहिलो पटक देखिए पनि यो मधुमेह लामो समयसम्म नियन्त्रण नभएर आँखाको पर्दामा असर, किड्नीमा असर हुने जटिलताहरु आउन सक्छ। मधुमेहको लक्षण सबैमा देखिंदैन । ५० प्रतिशतमा देखिन्छ र ५० प्रतिशतमा देखिंदैन। त्यसैले मान्छेले चेक गर्दैन। मानिसहरुमा वर्षौदेखि मधुमेह हुन्छ तर समयमा थाहा पाउँदैनन्।

_x000D_ _x000D_

जब अरु रोगका लागि चेकजाँच हुन्छ, त्यतिबेला मधुमेह टेस्ट गर्दा आँखाको पर्दालाई असर गरिसेकेको हुन्छ। किड्नीलाई असर गर्न थालिसकेको हुन्छ। जटिलता बढिसकेको हुन्छ। यदि वर्षमा एकचोटी भए पनि सुगरको मात्रा चेक गराउने हो भने ठिक हुने सम्भावना हुन्छ।

_x000D_ _x000D_

कोहीले आफूलाई मधुमेह छ भनेर स्वीकार्र्नै नसक्ने पनि आउँछन्। उनीहरुलाई हामीले परामर्शबाट सम्झाउनुपर्ने अवस्था पनि आइराखेको हुन्छ।

_x000D_ _x000D_

लक्षण
_x000D_ थाकाइ लाग्ने
_x000D_ आलस्य हुने
_x000D_ जाँगर नचल्ने,
_x000D_ पिसाब लाग्ने
_x000D_ मुख सुख्खा हुने
_x000D_ खाना बढी रुचि हुने
_x000D_ खुट्टा पोल्ने
_x000D_ खुट्टा झमझमाउने 
_x000D_ आँखा धमिलो हुने
_x000D_ कुनै पनि घाउ निको हुन गाह्रो हुने
_x000D_ पिसाब फेरेको ठाउँमा कमिला लाग्ने आदि।

_x000D_ _x000D_

अहिले मानिसमा चेतनास्तर बढेको छ। कोही फलोअपमा नियमित पनि आउँछन्। कोही आफ्नो परिवारमा छ भने आफूलाई पनि छ की भन्ने शंकामा चेकअपका लागि आउँछन्। औषधि खाँदै छोड्नेहरु पनि देखिएको छ भने कोही सबै थाहा हुँदाहुँदै पनि बेवास्ता गर्छन्। कोही यति व्यस्त भइदिन्छन् कि स्वास्थ्यलाई दिने समय पनि हुँदैन।

_x000D_ _x000D_

लक्षणलाई पर्खेर बस्ने होइन, वर्षमा एकचोटी सबैले चेकअप गर्नुपर्छ। 

_x000D_ _x000D_

हामीले एचबीएवनसी चेकअपमा बढी ध्यान दिन्छौँ। त्यो भनेको गएको तीन महिनादेखि औसत चिनीको मात्रा देखाउने रगतको जाँच हो। त्यो औसत मात्रा चाहिं प्रतिशतमा हुन्छ। सामान्य मानिसमा ५.७ प्रतिशतभन्दा कम सुगरको मात्रा हुन्छ। जसलाई सुगर छ, उसले एचबीएवनसीलाई ७ प्रतिशतभन्दा माथि राख्नुहुँदैन। 

_x000D_ _x000D_

२–४ वर्षदेखि लगतार ७ प्रतिशतभन्दा माथि भयो भने त्यसले हाम्रो आँखाको पर्दा, किड्नी, नसा सबैलाई असर गर्छ। आँखाको पर्दालाई असर गरेर रगत जमेर आँखाको अन्धोपन निम्त्याउन सक्छ, हट्अट्याक भएर प्यारालाइसिस भई तत्कालै मृत्यु पनि हुन सक्छ। खुट्टाका नसालाई असर गरी खुट्टा काट्नुपर्ने अवस्था पनि आउन सक्छ। किड्नी फेल भएर डायलाइसिसमा बस्नुपर्ने अवस्था आउन सक्छ। एचबीएवनसी ७ प्रतिशतभन्दा माथि भयो भने यस्तो जोखिम तथा जटिलता निम्तिन सक्छ। कम्तीमा ६ महिनामा एकचोटी एचबीएवनसी टेस्ट गराइयो भने यी जटिलताबाट बच्न सकिन्छ। 

_x000D_ _x000D_

घरमा पनि आफैं मधुमेह चेक गर्न सकिन्छ ग्लुमिटरले। जो काममा व्यस्त छन् उनीहरुले यो प्रयोग गर्न सक्छन्। यसमा हेर्दा मधुमेहका बिरामीको सुगर खालीपेटमा १३० मिलिग्राम÷डिएलभन्दा तल हुनुपर्छ र खाना खाएको दुई घन्टापछि १८० मिलि÷डिएलभन्दा तल हुनुपर्छ। त्यति भयो भने सुगरको मात्रा नियन्त्रण मानिन्छ। यति भयो भने एचबीएवनसी स्वतः ७ प्रतिशतभन्दा तल आउँछ। 

_x000D_ _x000D_

मुख्यतः हरेक मानिसले आफूलाई समस्या नभए पनि वर्षमा एक पटक शरीरको जाँच गराउनुपर्छ। जसलाई मधुमेह छ उनीहरुले एचबीएवनसी टेस्ट कम्तीमा ६ महिनामा एकचोटी गराउनुपर्छ र त्यसको लेभल ७ प्रतिशतभन्दा मुनि राख्न सक्नुपर्छ।

_x000D_ _x000D_

जीवनशैली परिवर्तन गर्नुपर्छ। खानपिनमा ध्यान दिने, समयमा खाने, कम्तीमा आधा घन्टा नियमित व्यायाम गर्ने, तनाव कम लिने, मोटोपन नियन्त्रण गर्ने कुरामा ध्यान दिइयो भने मधुमेहबाट बच्न सकिन्छ। मधुमेह भएका धेरैलाई मोटोपन छ।

_x000D_ _x000D_

सुरुमा जीवनशैली सुधार्ने काम गरिन्छ त्यसपछि औषधि चलाइन्छ। त्यो भएन भने इन्सुलिन दिइन्छ। अहिले नयाँ औषधिहरु आएका छन्, जसले मुटु रोग लाग्ने सम्भावना कम बनाइदिन्छ। 
_x000D_ शरीरमा चिनीको मात्रा एकदम कम भएको पनि राम्रो होइन। हाइपोक्यालसेमिया भनेको चिनीको मात्रा एकदम कम हुनु हो। कुनै पनि औषधिको मात्रा मिलेन वा यदि खाना समयमा भएन भने सुगरको मात्रा चाहिनेभन्दा पनि कम गरिदिन्छ। 

_x000D_ _x000D_

सामान्य मानिसमा चिनीको मात्रा खाली पेटमा १०० मिलि/डिएलभन्दा कम हुन्छ। खाएपछिको २ घन्टापछि चाहिं १४० मिलि/डिएलभन्दा कम हुन्छ। 

_x000D_ _x000D_

सुगर हुनलाई खाली पेटमा १२६ मिलि/डिएल हुन्छ भने खाएको दुईघन्टा पछि २०० मिलि÷डिएलभन्दा माथि भयो भने सुगर हुन्छ। 

_x000D_ _x000D_

मधुमेह भइसकेकाले खाली पेटमा १३० मिलि/डिएलभन्दा कम राख्नुपर्‍यो भने खाएपछिको १८० मिलि÷डिएलभन्दा कम राख्नुपर्‍यो। तर कुनै पनि बेला ७० मिलि/डिएलभन्दा कम जान दिनु हुँदैन त्यो झन खतरनाक हुन्छ।

_x000D_ _x000D_

सुगरको मात्रा कम भयो भने मान्छे बेहोस भएर ज्यान पनि जान सक्छ। समयमा खानुपर्छ र कहिलेकाहीं औषधिको डोजको मात्रा पनि मिलाउनुपर्ने हुन्छ। यसमा लक्षण भनेको मुटु काम्ने, हात थरथराउने, पसिना आउने, भोक लाग्ने किसिमको भयो भने सुगर लो भएको मान्नुपर्छ र तुरुन्त गुलियो खानदिनुपर्छ।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  १५:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) निर्णयअनुसार जीव लाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै रामकृष्ण पुडासैनीलाई दाङको घोराही उपमहान... बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने गुठी संस्थानले करिब एक महिनाअघि उपमहानगरभित्रका सात वटा पोखरीका डिलमा बनेका अनधिकृत संरचना डोजर लगाएर हटाएको थियो। त्यसक्रममा सरकारक... बुधबार, असोज १४, २०८३
७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर अधिकारीविरुद्ध अख्तियारले ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। तीमध्ये दुईमा पूर्ण दोषी, दुईमा आंशिक दोषी र दुईमा सफाइ हुने फै... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्