• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

फल्नाकी श्रीमती कहिलेसम्म?

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २७, २०७५  ११:२५
1140x725

सबैलाई आफ्नै नाम मन पर्छ। आफ्नै पहिचानमा रमाउनुको मज्जा नै बेग्लै। हरेक पाल्तु जनावर पनि आ–आफ्नै नामले चिनिएका हुन्छन्। तर, सृष्टिदाता महिलाहरुलाई अझै पनि विवाह नहुन्जेल फल्नाकी छोरी र विवाह भएपछि फल्नाकी श्रीमतीमै चिनिने/चिनाउने प्रचलन छ।

_x000D_ _x000D_

मैले मेरी आमाको नाम एसएलसी पास भएपछि मात्र थाहा पाएकी हुँ। हजुरआमाको नाम अहिलेसम्म जानेकी छैन। आफ्नो बुवातर्फ भने सात पुस्ता अगाडिका सबैको नाम कण्ठ छ। मेरी आमाले बुबाको नाम भनेको मैले कहिल्यै सुनिनँ। छिमेकीले बुवालाई 'खै?' भनेर सोधे भने 'आफू' बाहिर जानुभएको छ भन्दै बुवालाई आफूले सम्बोधन गर्नुहुन्थ्यो।

_x000D_ _x000D_

श्रीमान्‌लाई खाना खान नदिईकन श्रीमतीले नखाने चलन अधिकांश ठाउँमा आज पनि चलनचल्तीमा छ। म क्याम्पस पढ्न थाल्नुभन्दा अगाडि जुनसुकैलाई आफ्नो परिचय दिँदा न त आफ्नो नाम भनेँ न त आमाको। सबैलाई फल्नाकी (बाबाको नाम) छोरी मात्र भनिरहेँ। किनकि घरपरिवारबाट यही सिकेँ अनि समाजले पनि यही सिकायो।

_x000D_ _x000D_

सदियौँदेखि पुरुषप्रधान सोच र मानसिकतामा रमाइरहेको छ हाम्रो समाज। सबै महिलालाई चिनाउँदा प्रत्येक पटक पुरुषसँग जोडिन्छ। साना हुँदा फल्नाकी छोरी। अलि ठूलो हुन थालेपछि फल्नाकी बहिनी, फल्नाकी दिदी। विवाहपछि फल्नाकी श्रीमती र फल्नाकी बुहारी। अलि बूढो हुँदै गएपछि नयाँ पुस्तासँग चिनिनुपर्दा फल्नाको आमा भनेर मात्र हाम्रो चिनारी हुने गर्दछ।

_x000D_ _x000D_

सभ्य र शिक्षित समाज निर्माणको महान् अभियानमा जुटेका हामीनै किन आफ्नो पहिचानको खोजी गर्दैनौं? कसैकी छोरी, दिदीबहिनी, श्रीमती, बुहारी र आमाबाहेक के हाम्रो छुट्टै अस्तित्व छैन? के हाम्रो नाम र कामबाट खुलेआम हामी चिनिन सक्दैनौं? पढेलेखेका ठूलाबडा महिलासमेत किन आफ्नो परिचयको क्रममा फल्नाको श्रीमती र फल्नाको बुहारी भन्न रुचाउँछन्? समता र समानताको ढकतराजु खोज्ने हाम्रो मानसिकता पहिलो खुट्किलोको रुपमा लिइने परिचयमा नै किन अर्काको आड लिन्छौँ?

_x000D_ _x000D_

आज महिला र पुरुषबीच हुने विभेदलाई कानुनले हटाएको छ। हाम्रो सोच र विचारमा भने हटेको छैन। महिलाहरुले आफूमाथि नै विश्वास जित्न सकेका छैनौं। आफूले गर्न सक्ने र आँट्न सक्ने कामलाई म महिला भएकोले गर्न सक्दिनँ कि भन्ने कमजोर मानसिकता आज पनि विद्यमान छ।

_x000D_ _x000D_
_x000D_

सदियौँदेखि पुरुषप्रधान सोच र मानसिकतामा रमाइरहेको छ हाम्रो समाज। सबै महिलालाई चिनाउँदा प्रत्येक पटक पुरुषसँग जोडिन्छ। साना हुँदा फल्नाकी छोरी। अलि ठूलो हुन थालेपछि फल्नाकी बहिनी, फल्नाकी दिदी। विवाहपछि फल्नाकी श्रीमती र फल्नाकी बुहारी।

_x000D_
_x000D_ _x000D_

समाज र पुरुषहरुको कुरा त झन् बेग्लै छ। शिक्षित, पढेलेखेका पुरुषहरुबाट नै महिलाहरुलाई दोस्रो दर्जाको रुपमा हेर्छन्। समाजको सोचाइ महिलाप्रति सकारात्मक हुन सकेकै छैन। आज पनि टाठाबाठा, शिक्षित र अन्यायको विरुद्धमा बोल्ने महिलाहरुलाई हाम्रो समाजले पोथी बासेको राम्रो हुन्न भन्छन्। श्रीमतीले भनेको मान्ने श्रीमानलाई कस्तो जोइटिङ्ग्रे भन्ने गरिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

धेरै समय अगाडिदेखि नै हामी मानसिक रुपमै कमजोर भएका छौँ। घर कसको? लोग्नेको, छोराछोरी कसको? लोग्नेको, इज्जत कसको? लोग्नेको, छरछिमेक इष्टमित्र कसको? लोग्नेको। छोरीले 'लभ म्यारिज' गर्दा बाबुको नाक काटी भन्ने समाज छोराले 'लभ म्यारिज' गर्दा बाबुको नाक काट्यो भन्दैन। छोरी बिग्रने हाम्रो समाजमा कसैका छोरा बिग्रँदैनन्। आज पनि छोरा जन्मेको छैटौं दिनमा धुमधामले रमाइलो गरेर छैंटी मनाउने चलन हराएको छैन। थुप्रै छोरीका भ्रुणहरुलाई पतन गराउने गरिन्छ।

_x000D_ _x000D_

के कानुनको समानताले वास्तविक समानता कायम गर्न सक्ला त? कोरा कागजमा विभेदमुक्त समाजको निर्माण गर्दैमा हाम्रो समाजको व्यवहारमा विभेद नहोला त? अहिलेसम्मका महिलामुक्तिका आन्दोलन कानुनमा मात्र समानता कायम गराउनलाई हो र? अँ हँ, यो पटक्कै होइन। सबैभन्दा विभेद हुने धरातल भनेको व्यवहार हो। हामी बसिरहेको हाम्रो समाज हो। जबसम्म समाजमा महिला र पुरुषलाई समान रुपमा स्वीकार्न सक्ने अवस्था कायम हुँदैन तबसम्म विभेद भइरहन्छ। महिलाहरुमाथि अन्याय र अत्याचार चलिरहन्छ।

_x000D_ _x000D_

आज लैङ्गिक समता र समानताको बारेमा निकै बहस हुन्छ। महिला सशक्तीकरणको लागि राज्यले केही चासो देखाएको छ। नारीवादका चर्का र सुरिला स्वरहरु सुन्दै आएका छौँ। महिलामैत्री संविधान, कानुन, संघ–संस्थाहरु निर्माण भएका छन्। हरेक तह र तप्काहरुमा महिलाको उपस्थिति संख्यात्मक र गुणात्मक रुपमा बढ्दै गएको छ। यति हुँदाहुँदै पनि हामीभित्रको सोच, संस्कार र मानसिकता भने अझै सबल बन्न सकेको छैन। आफ्नो छुट्टै परिचय गराउन सफल महिलाहरु समेत फल्नाकी भनेर चिनिने र चिनाउने प्रचलन हट्न सकेको छैन।

_x000D_ _x000D_

पुस्तौंपुस्ता अगाडिदेखि पितृसत्ताले बास गरेको हाम्रो मानसिकता आज पनि ढुक्कसँग आफ्नो परिचय दिन सक्दैन। फल्नाकी छोरी, फल्नाकी बुहारी, फल्नाकी श्रीमतीमै आफ्नो परिचय दिन सजिलो लाग्छ। मिठा भाषण र कोरा कागजी महलहरुमा महिलामाथि हुने विभेदको अन्त्य भएको छ तर व्यावहारिकता भने त्यस्तो छैन।

Xtrem

Xtrem
_x000D_ _x000D_

कतिपय सामान्य महिलाहरु श्रीमान्‌को पहिचानबाट उच्च तह र तप्कामा पुगेका  भए पनि उनीहरुको परिचय भने फल्नाकी भन्नेमा नै सीमित छ। त्यस्तै कतिपय विशिष्ट सिप, क्षमता, योग्यता र दक्षता भएका महिलाहरुलाई पनि हाम्रो समाजले श्रीमानको पहिचानसँग जोडेर हेर्छ। यहाँ भन्न खोजेको कतिपय योग्य महिलाहरु पनि समाजको नजरमा योग्य बन्नबाट वञ्चित छन्। अहिले सातवटै प्रदेशमा एउटा पनि महिला मुख्यमन्त्री नबनाइनु यसैको उदाहरण हो। अहिले भएका प्रदेशका मुख्यमन्त्री सरह सक्षम महिला नेत्रीहरु नभएका होइनन्, उनीहरुले आकांक्षा राख्दा पनि विभिन्न बहानामा दिइएन।

_x000D_ _x000D_
_x000D_

हाम्रो समाज पुरुषप्रधान मानसिकतामा नै अन्धभक्त छ। समाजले हरेक कामकुरामा पुरुषलाई विश्वास मान्छ। घरबाट बाहिर निस्कनुपर्‍याे भने दिदीको सुरक्षाको लागि भाइ पठाउँछ। पुरुष भएपछि बच्चालाई पनि विश्वास गर्ने अनि महिला भनेपछि कसैलाई पनि विश्वास नगर्ने प्रचलन आज पनि व्यापक छ।

_x000D_
_x000D_ _x000D_

हाम्रो समाज पुरुषप्रधान मानसिकतामा नै अन्धभक्त छ। समाजले हरेक कामकुरामा पुरुषलाई विश्वास मान्छ। घरबाट बाहिर निस्कनुपर्यो भने दिदीको सुरक्षाको लागि भाइ पठाउँछ। पुरुष भएपछि बच्चालाई पनि विश्वास गर्ने अनि महिला भनेपछि कसैलाई पनि विश्वास नगर्ने प्रचलन आज पनि व्यापक छ। प्रत्येक नारीका आ–आफ्नै नाम छन्। आ–आफ्नै काम छन्। त्यही नाम र काम अनुसारको परिचय गर्ने गराउने नगरेर किन फल्नाकी र फल्नाको भन्नुपर्यो? नारी कसैको निजी सम्पत्ति होइन, जसलाई फल्नाको र फल्नाकीले परिभाषित गरियोस्।

_x000D_ _x000D_

सामान्य ज्ञानका किताबदेखि लिएर समाजका व्यावहारिकतामा समेत महिलाहरुलाई कसैको आड लिएर मात्र परिचित गराउने चलन छ। सीता को हुन्, कस्ती नारी हुन् भनेर सोच्न नपाउँदै सीता रामकी श्रीमती हुन् भनेर परिचय गराइयो। यसरी नै साना कुरादेखि लिएर ठूला कुरासम्म समग्र नारीहरुको अस्तित्वलाई धरापमा पार्ने सोच आज पनि विद्यमान छ। नारीलाई आफ्नै सक्षमताले कुनै ओहदामा नियुक्त भएर पदबहाली गर्दा पनि हाम्रो समाजले फल्नाकी छोरी, श्रीमती, बुहारी, भान्जी हुनाले भनेर आलोचना गर्ने गर्दछ। महिलाको क्षमता, सिप, दक्षतालाई केबल नजरअन्दाज गरिन्छ।

_x000D_ _x000D_

यहाँ मैले नारीहरुलाई फल्नाको भनेजस्तै पुरुषहरुलाई फल्नाको भन्न पाउनुपर्छ भन्न खोजेको होइन। आज भेदभावमुक्त, समतामूलक समाज निर्माणको अभियानमा सबै जुटिरहँदा हरेक नारीको आफ्नै परिचय हुनु आवश्यक छ। हामी सबैको सोच, विचार र चिन्तनको धरातल महिलाहरुका नाम–काम सबै बिर्सेर फल्नाको र फल्नाकीबाट माथि उठ्नु जरुरी छ। संसार सिँगार्न सक्षम नारीलाई चिनाउन कुनै पुरुषको आड लिनु जरुरी छैन। सबै काम कुराहरुमा पुरुषसरह सबल, सक्षम बनेर आफ्नो परिचय आफ्नै नाम र कामबाट दिने हैसियतमा पुग्न खोज्नु आम नारीहरुको रोजाइ बन्नुपर्छ। महिलालाई हेर्ने साँघुरा गल्लीहरु छोड्दै र भत्काउँदै विशाल रोडम्याप बनाउने तयारीमा जुट्नुपर्छ समाज।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५  ११:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्