• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक १७, २०८२ Mon, Nov 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जाे जीवनभर बिरामीकाे सेवामा समर्पित रहे

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २५, २०७५  ०८:१२
1140x725

काठमाडाैं– ‘पैसा नभएका बिरामी उपचारका लागि डा मोहिद्दीन किदवाईकहाँ पुग्छन्।’ यो चर्चा नेपालगञ्जमा सुनिएको थियो। केही दिनअघि उनको घरमा पुग्दा देखिएको दृश्यले प्रमाणित गर्‍यो, कोठा त पूरै औषधिले भरिएको थियो। 

_x000D_ _x000D_

घरमा डा किदवाईको प्रवेश हुनुअघि उनका सहयोगीलाई सोधियो, ‘डाक्टर साहेबले औषधि पनि यहीँबाट बेच्नुहुन्छ हो?’ उनका सहयोगीको उत्तर थियो, ‘पैसा नभएका कति विरामी उपचारका लागि यहाँ आउँछन्। उनीहरुलाई यहीँबाट औषधि दिएर पठाउनुहुन्छ।’ कतिलाई घर जाने गाडीभाडा समेत दिने गरेको ती सहयोगीले बताए। 

_x000D_ _x000D_

मान्छेका अनेक लत वा कुलत हुन्छन्। मनखुस गर्ने अनेक उपाय हुन्छन्। डा किदवाईसँग कुनै त्यस्तो लत वा कुलत छैन। मन खुसी बनाउने अर्को कुनै उपाय पनि छैन। जे भने पनि बिरामी हुन्। उनी बिरामीको उपचार गर्नमै रमाउँछन्। भन्छन्, ‘अरु पार्टी दिएर वा खाएर रमाइलो गर्दा हुन्। म बिरामीलाई निःशुल्क उपचार गरेर, औषधि दिएर रमाइलो गर्छु।’

_x000D_ _x000D_

उनीसँग काम गरेका तल्लो तहका कर्मचारीहरु केही समस्या परेको डा किदवाई खोज्दै आइपुग्छन्। गरिब बिरामीहरु उपचार गर्ने पैसा नहुँदा उनकै भर पर्छन्। 

_x000D_ _x000D_

उनको जीवन प्रेस्क्रिप्सनमा लेख्ने अक्षरजस्तो गुजुल्टिएको छैन। सिधा र सरल छ। बिरामीबाहेक उनको अर्को संसार छैन। घर वा अस्पताल, जहाँ भए पनि उनी बिरामीसँगै हुन्छन्।

_x000D_ _x000D_

बिहान ९ बजेपछि हरेक दिन नेपालगञ्ज मेडिकल कलेजको वार्डमा राउन्ड लगाउँछन्। त्यसपछि ओपिडिका बिरामी जाँच्न बस्छन्। उनीसँग जँचाउन आउने बिरामीको लाइन हरेक साँझसम्म लामो हुन्छ। 

_x000D_ _x000D_

उनी सहभागी हुने बिरामी नहुने कार्यक्रम भनेको चिकित्सकको गोष्ठी र सम्मेलन हो। उनलाई लाग्छ, ‘त्यहाँ आफूले नजानेका कुरा सिक्न पाइन्छ।’ चिकित्सा निरन्तर पढिरहनु पर्ने पेसा रहेको उनको बुझाइ छ।

_x000D_ _x000D_

भेरी अञ्चल अस्पतालबाट २०६३ सालमा अवकाश पाएपछि उनी नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत छन्। अहिले कलेजका निर्देशक समेत हुन्। तर, उनको प्रशासनिक काममा फिटिक्कै ध्यान छैन। बिरामी छाडेर प्रशासनिक काममा ध्यान दिनै नसक्ने उनी बताउँछन्। काम परे कर्मचारीहरु फाइल बोकेर उनी बिरामी जाँचरहेकै ठाउँमा पुग्छन्। 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

नेपालगञ्ज सहरभन्दा १५ किलोमिटर दूरीमा रहेको एक मुस्लिम परिवारमा २००३ पुस १२ गते तत्कालीन बेलैपुर हालको बाँके जिल्ला, सितापुरमा जन्मिएका हुन् उनी। उनी जन्मिँदा नेपालगञ्ज सहर अहिलेजस्तो सुविधासम्पन्न थिएन। तर, उनको परिवारको सिधा सम्पर्क थियो राजपरिवारसँग। 

_x000D_ _x000D_

उनका बुबा रशीदउद्दीन किदवाई नेपालगञ्जका खानदानी नवाव थिए। १५ सय बिघा जमिन भएको तीनवटा गाउँ किदवाई परिवारको थियो। जो दरबारका सदस्यलाई सिकार खेलाउँथे। 

_x000D_ _x000D_

दरबार मात्रै होइन, काठमाडौँका सबै पार्टीका ठूला नेता र उच्च ओहोदाका कर्मचारीसँग सिधा पहुँच थियो।

_x000D_ _x000D_

रशीदउद्दीनले आफ्ना दुई छोरामध्ये कान्छालाई चिकित्सक बनाउने सपना देखेका थिए। गाउँमा बिरामी पर्दा उपचार गराउन चिकित्सक हुन्थेन, सानो उपचारका लागि पनि भारत नै धाउनुपर्ने अवस्थाले स्नातक पास गरेका  रशीदउद्दीनले।

_x000D_ _x000D_

छोरालाई चिकित्सक बनाउन चाहेका थिए। त्यसैले पाँच वर्षको उमेरबाटै भारतको बहराइचमा लगेर होस्टलमा राखेर पढाए मोहिद्दीनलाई।

_x000D_ _x000D_

उनीसँगै भारतमा पढ्दा बर्दियाका डा गोविन्द शर्मा (जो त्रिभुवन विश्वविद्यालयका भिसी भए) पनि क्लासमेट थिए।

_x000D_ _x000D_

साढे १७ वर्षको उमेरमा आएएससी सकेरमा चिकित्सा पढ्न नेपाल आए। तर, उमेर कम भएका कारण पढ्न नपाएपछि उनी भारत नै फर्किए। त्यसपछि बीएससी सकेरमा मात्र नेपाल फर्के। 
_x000D_ बिएससीपपछि उनले रसियामा एमबीबीएस अध्ययन गर्ने अवसर पाएका थिए।

_x000D_ _x000D_

तर, उनका बुबाले छोरालाई टाढा नपठाउने भन्दै नजिकै व्यवस्था मिलाइदिन तत्कालीन राजा महेन्द्रसँग अनुरोध गरे।

_x000D_ _x000D_

राजा महेन्द्रले उनलाई साउथ इन्डियाको मदुराई मेडिकल कलेजमा पढ्ने व्यवस्था मिलाइदिए। त्यहाँ हरेक पटकमा दुईसय विद्यार्थी भर्ना लिइन्थ्यो। तीमध्ये एकजना नेपाली विद्यार्थीले मात्र अवसर पाउँथ्यो। 

_x000D_ _x000D_

जब सुरु भयो चिकित्सकीय जीवन
_x000D_ उनी चिकित्सक बन्नुमा उनका बुबाका साथी डा.जगदीश सिंहको प्रभाव पनि उत्तिकै छ।

_x000D_ _x000D_

भेरी अञ्चल अस्पतालका इन्चार्ज भएर आएका थिए डा जगदीश। ‘ती डाक्टरसँग बुबाको दोस्ती थियो,’ उनले भने, ‘डा जगदीशसँग बुबाले बारम्बार छोरालाई चिकित्सक पढाउनुपर्छ भनिरहनुहुन्थ्यो। उहाँको प्रभाव देखेर म पनि चिकित्सक सेवाप्रति आर्कषित भइरहेको थिएँ।’

_x000D_ _x000D_

सुरुमा उनले निजी चिकित्सकीय अभ्यास गरे। बिरामीको चाप पनि निकै हुन थाल्यो। ‘जब बिरामी जाँच्न बस्थें, खाने, आराम गर्ने समय याद नै हुन्थेन। मानौँ नसा थियो,’ उनी भन्छन्।

_x000D_ _x000D_

छोरा डाक्टर बनेर आएपछि उनका बुबामा खुसी सीमा नै थिएन। तर, एकोहोरिएर बिरामी मात्र जाँच्न थालेपछि भने उनका बुबालाई पिर पर्न थाल्यो। डा किदवाई आफ्नो बुबाको भनाइ सम्झिन्छन्, ‘तैंले यसरी बिरामी जाँच्न थालिस् भने आफैं बिरामी पर्छस्। न खानु छ, न सुत्नु छ, न रमाइलो छ । अब क्लिनिक होइन, सरकारी सेवामा गएर देशको सेवा गर।’

_x000D_ _x000D_

बुबाको बोली उनको निर्णयका लागि पहिलो र अन्तिम हुन्थ्यो। उनले सरकारी सेवा थाले। छोरालाई सरकारी सेवामा पठाउनुमा बुबाको एउटै उद्देश्य थियो, ‘सरकारी सेवामा लागेपछि निश्चित समय मात्र बिरामी हेर्नुपर्छ, छोराले आराम पाउँछ।’ 

_x000D_ _x000D_

स्वास्थ्य सेवामा प्रवेश गरेपछि २०३० साल असोजमा सल्यान खटाइए डा. किदवाई। त्यो बेला सल्यानबाट मरिचमान सिंह भर्खर सांसद भएका थिए। मरिचमान उनको काम र बिरामीप्रतिको लगाव देखेर खुब प्रभावित भएका थिए। 

_x000D_ _x000D_

उनी त्यहाँ जाँदा उनका बुबाले तुलाराम र सत्तार नामका दुईजना सहयोगी समेत पठाएका थिए। एकजना खाना पकाउने र एकजना हरबखतका उनीसँगै रहने। २०३४ सालसम्म सल्यानमा बसे उनी।

_x000D_ _x000D_

तर, त्यहाँ पनि उनले बिरामी कम हेरेर आफूलाई फुर्सदिलो बनाएनन्। अस्पतालमा कम बिरामी आए पनि अफिस समयपछि घरघरै पुगेर बिरामी जाँच्थे। उनले भने, ‘तर, मैले बिरामी हेरेको पैसा लिइनँ।’ 

_x000D_ _x000D_

सल्यानमा रहँदा उनले शल्यक्रियामार्फत सुत्केरी समेत गराएका रहेछन्। कुनै उपकरण र औषधिको सहजता नभएको समयमा ठूलो जोखिम उठाएर उनले आमा र बच्चाको ज्यान जोगाउँदा निकै चर्चा भएको थियो।

_x000D_ _x000D_

पहिलो स्वास्थ्य घुम्ती शिविरका एक सदस्य 
_x000D_ त्यो बेला अस्पतालमै उपचार पाउनु कठिन थियो।

_x000D_ _x000D_

स्वास्थ्य शिविरका बारेमा पनि कसैलाई थाहा थिएन। २०३२ साल जेठमा सल्यानमा वीर अस्पतालका चिकित्सकहरु बिपी त्रिपाठी, रामजी गौतमसहित अन्य स्टाफ आएर औषधिउपचार र शल्यक्रिया गरेका थिए। सल्यानका चिकित्सकका नाताले त्यसको व्यवस्था गर्ने उनी थिए।

_x000D_ _x000D_

त्यो ऐतिहासिक क्षणको आफू पनि सदस्य हुन पाएकोमा डा किदवाई गर्व गर्छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

सल्यानको हावापानी नेपालगञ्जको भन्दा राम्रो, खानपान रुच्ने भएपछि उनको  तौल बढेर ८५ केजी पुग्यो। ‘मैले आफ्नो २० केजी तौल बढेको कुरा बुबालाई सुनाउँदा छोरोले सुख पाएछ भनेर उहाँ खुब खुसी हुनुभयो,’ उनले सम्झिए। 

_x000D_ _x000D_

२०३२ सालमै राजाले सबै सचिवलाई पहाडी जिल्ला घुम्ने आदेश दिएका थिए। सल्यानमा डा गौरीशंकरलाल दास र मनमोहनलाल सिंह पुगेका थिए। उनीहरुले सोधेका थिए, ‘कति वर्ष भयो यहाँ आएको?’ उनले दुई वर्षदेखि काम गरिरहेको बताउँदा चकित परेका थिए उनीहरु। त्यसपछि उनी थप एक वर्ष त्यहाँ बसे।

_x000D_ _x000D_

सल्यानमा पहिलो सर्जरी
_x000D_ उनलाई सर्जरीमा निकै रुची थियो। सल्यान जाँदा शल्यक्रियाका सामान पनि साथमै लगेको थिए। एकजना महिला सुत्केरी हुन नसकेर छटपटाइन्। त्यहाँबाट रिफर गरेर दाङ पुग्दा ज्यान तलमाथि हुने संकेत देखेपछि उनले सिजरियन सेक्सन (शल्यक्रियाबाट प्रसूति) गराउने जोखिम उठाए। आमा र बच्चाको ज्यान सुरक्षित गर्न सफल भए। ‘मैले सिजरियन गराई जन्माएको शिशु अहिले जवान भइसकेको छ,’ उनले भने। 

_x000D_ _x000D_

ती व्यक्तिसँग डा किदवाईको भेट हुन्छ। नेपालगञ्जकै एउटा एनजिओमा काम गरिरहेको उनी बताउँछन्। ‘अहिले पनि मलाई भेट्न आउँछन्,’ उनले भने। उनले सल्यान बस्दा अरु शल्यक्रिया पनि गरे।  

_x000D_ _x000D_

बर्दियामा भाषण गर्दागर्दै बिपी बेहोस हुँदा
_x000D_ २०३६ मा जनमत संग्रह मेडल पाएका थिए उनले। जनमत संग्रह नजिकिँदै गर्दा उनले बिपी कोइरालाको बर्दियामा उपचार गरेका थिए।

_x000D_ _x000D_

जनमत संग्रहको समयमा बिपी काठमाडौँबाट पश्चिमी जिल्लाका कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बर्दियाको सदरमुकाम गुलरिया पुगेका थिए। त्यो समय डा किदवाई जिल्ला अस्पताल बर्दियामा कार्यरत थिए। ‘कार्यक्रम भइरहेको थियो। भाषण गर्दै थिए बिपी।

_x000D_ _x000D_

अचानक उनी बेहोस भएर लडे। खैलाबैला मच्चियो। अचानक के भयो भन्ने हल्ला भयो। उनलाई बर्दियाका नेता किशोर गौतमको घरमा लगिएछ। मलाई बोलाउन आए मान्छे,’ उनले स्मरण गरे। 
_x000D_ उनले बिपीको ब्लडपे्रसर जाँचेपछि भने, ‘हजुरलाई ठूलो रोग केही भएको छैन। हाइपो स्टेटिक हाइपो टेन्सनका कारण प्रेसर लो हुने समस्या भएको थियो। त्यसैले उहाँ भाषण गर्दागर्दै बेहोस हुनुभएको हो।’

_x000D_ _x000D_

उनले बिपीलाई एक कप कफी र एक कमप्लान दिए। निको भएपछि कोइरालाले उनीसँग भएको चिकित्सकीय क्षमताको तारिफ गरे। बिपीले अमेरिकामा उपचार गराउँदा त्यहाँका डाक्टरले यस्तो हुनसक्ने बताएको सम्झेर डा किदवाईको सराहना गरेका थिए। 

_x000D_ _x000D_

त्यसपछि नेता कोइराला ढुक्क भएर धनगढीको कार्यक्रमका लागि हिँडे। त्यसअघि भने उनलाई उपचारका लागि काठमाडौँ वा दिल्ली लैजाने भनेर छलफल भइरहेको थियो। 

_x000D_ _x000D_

डा. किदवाईको २०४२ सालमा वीर अस्पतालमा सरुवा भयो। उनी तीन वर्ष सर्जिकल विभागको रजिष्ट्रार भएर बसे। त्यो बेलामै उनले नेपालका वरिष्ठ चिकित्सकहरुसँग शरीरका विभिन्न भागको शल्यक्रिया गर्न सिक्ने अवसर पाएका थिए।

_x000D_ _x000D_

डा दिनेशनाथ गंगोलले उनलाई न्युरोसर्जरी गर्न सिकाएका हुन्। उनी डा गंगोल र डा अन्जनीकुमार शर्मालाई आफ्ना गुरुका रुपमा आज पनि उत्तिकै सम्मान गर्छन्। डा शर्माले उनलाई क्यान्सर सर्जरी गर्न सिकाएका थिए।

_x000D_ _x000D_

नेपालका पहिलो युरोसर्जन डा विश्वराज दली, जनरल सर्जरी डा सुदीपकुमार भट्टाचार्यले उनलाई सिकाएका थिए। थोरोसिक सर्जरी डा लोकविक्रम थापाले सिकाएका थिए। 
_x000D_ उनी भन्छन्, ‘मैले तीन वर्ष वीर अस्पतालमा काम गर्दा नेपालका पहिला पुस्ता विशेषज्ञ डाक्टरसँग सिक्ने अवसर पाएँ। जुन मेरो लागि सौभाग्यको कुरा हो। जे सिकें। जति सिकें। त्यहीँ सिकेको हुँ।’

_x000D_ _x000D_

वीरमा गरेको पदम ठकुराठीको सर्जरी
_x000D_ वीर अस्पतालमा उनले पहिलो न्युरोसर्जरी पूर्वसांसद तथा पत्रकार पदम ठकुराठीको गरे। 

_x000D_ _x000D_

ठकुराठीको टाउकोमा गोली लागेकाले वीर अस्पताल पुर्‍याइएको थियो। उनलाई राति सुतिरहेको अवस्थामा कसैले गोली हानेको थियो। गोलीले दाहिने आँखा फुटेको थियो। 

_x000D_ _x000D_

उक्त अप्रेसन टोलीका एक सदस्य डा किदवाई थिए। डा गंगोलले उक्त गोली निकालेका थिए। निकै सिकिस्त थिए। टाउकोमा गोली लागेको मान्छे बाँँच्ने सम्भावना कम रहन्छ। ठकुराठीलाई भाग्यमानी ठान्छन् डा किदवाई।

_x000D_ _x000D_

उनलाई अस्पताल ल्याउँदा डा किदवाई शुक्रबारको रात्रिकालीन ड्युटीमा थिए। उनले इमर्जेन्सी ह्यान्डिल गरेपछि अन्य चिकित्सक पनि आए अस्पताल। 
_x000D_ ‘शनिबार त वीर अस्पताल पूरा सर्वसाधारणले घेरेका थिए। मरिचमान त्यो समय प्रधानमन्त्री थिए। उनीदेखि सबै ठूलासाना नेता वीरमा भेट्न आएका थिए,’ उनी भन्छन्।

_x000D_ _x000D_

वीर अस्पतालमा छँदा डा. किदवाईले धेरै शल्यक्रिया गरे। 

_x000D_ _x000D_

साढे तीन वर्ष वीरमा बसेपछि उनको भेरी अञ्चल अस्पतालमा सरुवा भयो। उनी भन्छन्, ‘सुगमबाट दुर्मम सरुवा हुँदा राजनीतिक भनसुन गर्ने, अटेरी गर्ने प्रवृत्ति पहिले थिएन। आफूलाई खटाएको ठाउँमा गइन्थ्यो। सबै भेट्रान डाक्टर काठमाडौं बाहिरका अस्पतालमा गई सेवा प्रदान गर्थे।’ २०३४ सालमा सल्यानबाट भेरी अस्पताल पुग्दा ५० बेडको अस्पताल थियो।

_x000D_ _x000D_

एकतले भवन थियो। उनी सरुवा भएर आएपछि सर्जरी सेवा सुरु भयो। काठमाडौंबाट फेरि यहीँ सरुवा भएर आएपछि जलेका बिरामीको उपचार गर्न छुट्टै वर्न वार्ड सुरु गरेका थिए २०५३ सालमा। उक्त वार्ड सुरु गर्न समाजसेवी नर्मदा खनालले आफ्नो बुबाको नाममा आर्थिक सहयोग गरेकी थिइन्। चार बेडको आएसियू वार्ड पब्लिक सहयोगमा सुरु गरेका थिए।

_x000D_ _x000D_

_x000D_ _x000D_

२०५४ सालमा तत्कालीन गृहमन्त्री केपी शर्मा ओलीसहित चढेको हेलिकोप्टर दुर्घटना हुँदा रेस्क्यू गरी सोही आइसियू वार्डमा राखिएको थियो। उनले भने, ‘केपी ओलीलाई केही भएको थिएन । वामदेव गौतमलाई भने चोट लागेको थियो।’ 

_x000D_ _x000D_

जापानी चिकित्सकले रोग पत्ता लगाएपछि जापानिज इन्सेफ्लाइटिस अञ्चल अस्पतालमै कार्यरत थिए।

_x000D_ _x000D_

ज्वरोका कारण बिरामी थलिन थाले र उपचारले नछोएर ज्यान जान थाल्यो। झन्डै ४ वर्षको अवधिमा ८ सय व्यक्तिको ज्यान गयो। पाँच हजारभन्दा व्यक्ति प्रभावित भए।

_x000D_ _x000D_

समस्या पत्ता नलागेपछि तत्कालीन स्वास्थ्य मन्त्री डा मुथराप्रसाद श्रेष्ठले जापानबाट चिकित्सकीय टोली बोलाए। उक्त टोलीले नै रोग पत्ता लगाएको हुनाले उक्त रोगको नाम जापानिज इन्सेफ्लाइटिस बी रहन गएको उनले सुनाए।

_x000D_ _x000D_

उक्त रोगले धेरैलाई अपाङ्ग समेत बनाएको थियो। पछि स्वास्थ्यमन्त्री बनेका डा रामवरण यादवले यसका लागि भ्याक्सिनको व्यवस्था गरेको उनी सम्झन्छन्। अहिले यो रोगको खोप राष्ट्रिय खोप कार्यक्रममा राखि नियमित सञ्चालन भइरहेको छ। 

_x000D_ _x000D_

हवाइजहाजमा जन्ती 
_x000D_ उनले कुरैसी बानो किदवाईसँग सन् मार्च २५ सन् १९८४ सालमा मागी विवाह गरेका थिए। कुरैसी बानो पहिलो मुस्लिम महिला हुन्, जसले नेपालमा मुस्लिमको बसाइका विषयमा थेसिस गरेकी छिन्। उनी त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्ने पहिलो मुस्लिम समुदायकी महिला हुन्। उनी पूर्व अञ्चलाधीश मेहबुब साहकी बहिनी हुन्।

_x000D_ _x000D_

उनी नेपालगञ्जमा पनि अञ्चलाधीश भएर गएका थिए। कुरैसी बानो काठमाडौँमा बस्थिन्। विवाहका लागि डा किदवाईको परिवार हवाइजहाजमार्फत जन्ती गएका थिए।

_x000D_ _x000D_

उनका तीन छोरामध्ये एक छोराको केही वर्षअघि दुर्घटनामा परी निधन भयो। बाँकी दुई छोरामध्ये एक चिकित्सक छन् भने अर्का मेडिकल शिक्षा पढ्दै छन्।

_x000D_ _x000D_

अहिले चिकित्सा शिक्षा र सेवा महँगो हुँदै गएको उनी बताउँछन्। ‘पहिले सरकारले पढाउँथ्यो। चिकित्सकले निःशुल्क जाँच गर्थे। हामीलाई शुल्क लिनेमा खासै ध्यान हुन्थेन,’ उनले भने, ‘सरकारले तलब दिएको छ, किन पैसा लिने भन्ने लाग्थ्यो।’

_x000D_ _x000D_

अहिले आफ्नै देशमा मेडिकल शिक्षा पढाइ हुने भए पनि महँगो भएको उनको अनुभव छ। स्वदेशमै वार्षिक दुई हजार चिकित्सक उत्पादन हुने र त्यसमध्ये दुई सयले छात्रवृत्तिमा पढे पनि दुर्गममा चिकित्सक जान नमान्ने प्रवृत्तिले उनी चिन्तित छन्।

_x000D_ _x000D_

दुर्गम जाने वातावरण बनाउन सम्बन्धित निकायलाई उनले आग्रह गरेका छन्। 
_x000D_  

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०७५  ०८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र
रोल्वालिङ क्षेत्रमा हिमपहिरो: ३ जना पर्यटकको मृत्यु, ८ बेपत्ता
जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
रोल्वालिङ क्षेत्रमा हिमपहिरो: ३ जना पर्यटकको मृत्यु, ८ बेपत्ता सोमबार, कात्तिक १७, २०८२
जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय सोमबार, कात्तिक १७, २०८२
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक सोमबार, कात्तिक १७, २०८२
कर्मचारी र सुरक्षा निकायका प्रमुखलाई  प्रधानमन्त्रीले दिएको १४ बुँदे निर्देशन यस्तो छ (पूर्णपाठ) सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र आइतबार, कात्तिक १६, २०८२
सुरु भयो कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला सोमबार, कात्तिक १७, २०८२
भारतीय महिला क्रिकेट टोलीले पहिलो पटक जित्यो विश्वकप सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्