• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

दीपावलीः के यो मृत्यु उत्सव हो?

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २३, २०७५  ०३:५८
1140x725

दीपावलीबारे मूलतः दुई वटा कथा चर्चित छन्। पहिलो, रावणको बध गरी राजा राम अयोध्या फर्केर राजाभिषेक गरेको दिन भनी दीपावली मनाएको कथा। दोस्रो, श्रीकृष्ण र उनकी श्रीमती सत्यभामाले असुर नर्कासुरको बध गरेको दिनको रुपमा दीपावली उत्सव मनाइएको कथा। दुवै कथामा शत्रुको बधलाई उत्सवको रुपमा मनाइएको छ। 

_x000D_ _x000D_

रामले रावण र श्रीकृष्णले नर्कासुरको बध गरेको विषयमा उत्तर र दक्षिण भारतमा फरक–फरक बुझाइ छन्। दीपावली भनेको दियो बाल्ने, नयाँ लुगा लगाउने, आफूले मानेको देवताको पूजाअर्चना गर्नु मात्र होइन, बरू ठूलो मात्रामा बारुद पटाका पड्काउनु पनि भइरहेको छ। ती पटाकाले वायुमण्डलमा कति धेरै प्रदूषण फैलाएको छ भने उत्सव मनाउनेहरुको स्वास्थ्यमा पनि ज्यादै नकारात्मक असर पारिरहेको छ। दीपावलीको दिन सहरी क्षेत्रमा पड्काइने पटाकाका कारण फैलिने प्रदूषणले मानिसलाई श्वास फेर्न पनि गाह्रो हुने गर्दछ। आगलागी र प्रदूषणका कारण धेरै मानिस, विशेषतः केटाकेटीको मृत्यु हुने गरेको छ। 

_x000D_ _x000D_

प्रथमतः दीपावली मनाउनुसँग जोडिएको रामको कथाबारे अध्ययन गरौं। 

_x000D_ _x000D_

कुनै समाज वा राष्ट्रलाई समावेशी बनाउन त्यो समाज वा राष्ट्रमा मनाइने चाड किन मनाइन थालेको हो, कसरी मनाइँदै गरेको छ भन्ने कुरा राम्ररी बुझ्न निकै महत्वपूर्ण हुने गर्दछ। राष्ट्र वा राष्ट्रको कुनै एउटा हिस्साले रामको जन्म दिन वा उनको राज्याभिषेकको दिनलाई उत्सवको रुपमा मनाए भने कुनै आपत्तिको कुरा भएन। तर त्यही दिन रावणको पुतला किन जलाइन्छ?

_x000D_ _x000D_

एउटा मिथकीय पात्रको रूपमा रावण भनेका द्रविड, शुद्र, दलित, आदिवासीद्वारा अँगालिएका र गहिरोसँग सम्मान गरिएका पात्र हुन्। महात्मा फुले, पेरियार रामास्वामी नायकर र बीआर अम्बेडकर आदिले रावणको भिन्न (सकारात्मक) छवि प्रस्तुत गरेका छन्। के त्यसो भए प्रधानमन्त्री कार्यालयले खराब समुदायको रुपमा चित्रण गरिएका वा रावणप्रति सम्मान गर्ने जाति अथवा आदिवासी समुदायमा जन्मे–हुर्केका, इतिहासले शिकार बनाएका मानिसको भावनालाई चोट पुर्‍याउनु उचित हो? 

_x000D_ _x000D_

भारतका द्रविड र दलित–बहुजनहरूले रावणलाई आफ्नो प्रतिनिधिका रुपमा चित्रण गर्ने गर्दछन्। रावणकी आफ्नै बहिनी सुपर्णखाको सुन्दर शरीरलाई रामचन्द्रको निर्देशनमा उनका भाइ लक्ष्मणले चोट पुर्‍याएका थिए, सुपर्णखाको नाक काटिदिएका थिए। त्यसैको बदला लिन रावणले रामचन्द्रकी श्रीमती सीताको अपहरण गरेको द्रविड र दलित बहुजनहरूको विश्वास छ। तर रावणले सीताको शरीर छोएकोसम्म थिएनन्। द्रविड र दलित बहुजनहरूले सुपर्णखा र सीता दुवैलाई आत्मसम्मान र आत्मस्वाभिमानको समान अधिकार भएका महिलाहरूको रुपमा लिने गरेका छन्।

_x000D_ _x000D_

तर रावणको मात्र किन राक्षसीकरण गरिँदैछ?

_x000D_ _x000D_

शासक जाति वा वर्गका लेखकहरूले नै मिथक रचना गर्ने कुरा हामीलाई थाहा छ। आफ्नो शासन जोगाउन मात्र उनीहरूले त्यसो गर्ने गर्दैनन्, बरू ऐतिहासिक रुपमा उत्पीडनमा परेका जनतामा रहेका ज्ञान र पहिचान समेतलाई नामेट पार्न पनि उनीहरूले त्यसो गर्ने गर्दछन्। रावण द्रविड र दलित बहुजन जनताका प्रतिनिधि हुन् भन्ने दृष्टिकोण वर्षौं वर्षदेखि फैलिरहेको छ। निसन्देह रामायण र त्यो कथाका विभिन्न पात्रलाई बुझ्ने बहुआयाम छन्। रामको बारेमा पनि धेरै थरी बुझाइ छन्। धर्म र अधर्मको मापदण्ड पनि वर्ग र जातअनुसार भिन्न–भिन्न हुँदै आएको देखिन्छ। जोजो व्यक्ति रामचन्द्रको अर्चना गर्न चाहन्छन्, उनीहरूलाई त्यसो गर्ने अधिकार छ। त्यस्तै, जोजो व्यक्ति रावणको अर्चना गर्न चाहन्छन् वा उनको प्रशंसा गर्छन्, उनीहरूलाई पनि त्यसो गर्ने अधिकार हुनुपर्दछ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

एउटा धर्मनिरपेक्ष राष्ट्रले त्यसकारण आफ्नो निष्पक्षता कायम राख्नु पर्दछ। यदि राज्यका निकाय स्वयं रावणको पुतला दहन गर्ने कर्ममा सहभागी भए उनीहरूले ऐतिहासिक रुपमा कुनै एउटा पक्षको संस्कृतिलाई पक्षपोषण गरिरहेका हुनेछन् । उनीहरू पनि उत्पीडकको खेमामा उभिएको मानिनेछ। 

_x000D_ _x000D_

त्यसैगरी दक्षिण भारतमा दीपावली भनिने चाड श्रीकृष्णले नर्कासुर राक्षसको बध गरेको दिनको रुपमा मनाइन्छ। नर्कासुरलाई द्रविड आदिवासीका प्रतिनिधि पनि मानिन्छ। कालो वर्णका अजंग नर्कासुर द्रविड आदिवासीका पुर्खा भएको विश्वास गरिन्छ। कालो वर्णका अजंग शरीरले द्रविड जातिको लडाकु परम्परालाई सड्ढेत गर्दछ। किन कसैको मृत्युलाई उत्सवको अवसर मानिन्छ? यदि आतंकवादीहरूले राजीव गान्धीको निर्मम हत्यालाई उत्सवको रुपमा मनाए, हामीले त्यसको प्रतिक्रिया कस्तो जनाउँदा हौंला? राजीव गान्धीलाई श्रीलंकामा हत्या र विनाशका लागि जिम्मेवार व्यक्ति मान्ने मानिसहरूले उनको हत्याको दिनलाई खुशियालीको दिनका रुपमा उत्सव मनाए कस्तो होला? राजीव गान्धी हत्याको त्यो ऐतिहासिक घटनाको जवाफ प्रभाकरणको हत्या र भारतमा त्यो हत्यालाई उत्सवको रुपमा मनाउनु कदापि हुन सक्दैन। इन्दिरा गान्धीको हत्या गरेका खालिस्तानीहरूका आँखामा उनी खराब प्रधानमन्त्री थिइन्। यदि खालिस्तानीहरूले इन्दिरा गान्धीको हत्यालाई बारुद पटाका पड्काएर र दियो बालेर उत्सव मनाए हामीले कस्तो महसुस गरौंला? 

_x000D_ _x000D_

हत्या र प्रतिशोधका त्यस्ता घटनालाई उत्सवका अवसर बनाइनु सही होइन। त्यसले विभिन्न समूहबीच रहेको शत्रुतापूर्ण सम्बन्धको स्मरण मात्र गराइरहनेछ। कदाचित गलत सांस्कृतिक अभ्यासले चाडबाडको रुपमा निरन्तरता पाइरहेको अवस्थामा पनि राज्य त्यसबाट टाढा रहनुपर्ने हुन्छ। आदिवासी द्रविड जनताको जीवनमा महात्मा फुलेका लेख–रचना र गतिविधि महत्वपूर्ण भूमिकामा आउनुअघिसम्म उनीहरूले रावण, नर्कासुरलगायतका मिथकीय पात्रहरूलाई नायकको छविमा हेरेका थिएनन्। आजभोलि उनीहरू रावण, नर्का र बलीजस्ता पात्रलाई आफ्ना गैरहिन्दु नायकका रुपमा बुझ्ने गरेका छन्। इतिहाससम्बन्धी आदिवासी जनताको यो दृष्टिकोणलाई किन अरु नागरिक समाजले सम्मान नगर्ने?

_x000D_ _x000D_

आजभोलि हामीकहाँ रावण र नर्कासुरलाई आफ्नो प्रतिनिधित्वमूलक पात्र मान्ने विद्वान् समूहहरू पनि बनिसकेका छन्। कम्तीमा यसले मानिसहरूलाई किन दिवाली वा दीपावली चाडलाई जीवनको चाडको रुपमा नभई मृत्युको चाडका रुपमा मानिरहेका कथामा पुनर्विचार गराउनेछ। 

Xtrem

Xtrem
_x000D_ _x000D_

क्रिस्चियनहरूले जब जिससको जन्म दिवस मनाउन सुरू गरे, जिससको हत्या गर्ने पारसीहरूले त्यसको प्रतिकारमा उनलाई काठका मुढामा झुण्ड्याएको दिनको रुपमा उत्सव मनाउन थाले। समयान्तरमा पारसीहरूले आफ्नो उत्सवको नेपथ्यमा रहेको क्रूरताको कथा बुझे। अनि त मानव इतिहासमा त्यस्तो दिन पनि आयो, जुन दिनदेखि जिससका शत्रुका उत्तराधिकारीहरूले जिससको जन्म दिन मनाउन थाले। आज क्रिसमस संसारको सबभन्दा धेरै मानिसले मनाउने चाड बनेको छ। रामको जन्मलाई पनि दियो बालेर, नयाँ लुगा लगाएर, मिठो खाना खाएर मनाउने भारतीय जनतालाई त्यसरी नै उत्सव मनाउन दिउँ। कृष्णजन्माष्टमी मनाउनेलाई पनि मनाउन दिउँ। त्यसो गर्दा कसैलाई केही समस्या हुने छैन। 

_x000D_ _x000D_

तर कसैको मृत्युको उत्सव मनाउने दिमाग भनेको क्रूर र खराब दिमाग हो। महात्मा फुलेको विचारमा ऐतिहासिक रुपमा शुद्र र अतिशुद्र जातका मानिसहरूले कसैको मृत्यु वा हत्यालाई उत्सवको रुपमा कहिल्यै मनाएका थिएनन्। तर आज दिवाली उनीहरूको पनि चाड बनेको छ। बहुसांस्कृतिक राष्ट्रमा हामी सबैले जन्मको अर्चना गर्न पाउने अधिकारको रक्षा गर्नुपर्दछ, मृत्युको उत्सव मनाउने हकको होइन। हामीले सिर्जनशीलता र उत्पादनशीलतालाई खुशियालीको उत्सवको रुपमा मान्नुपर्दछ, ध्वंसको होइन। 

_x000D_ _x000D_

इलैय्या भारतको हैदराबादस्थित मौलाना आजाद राष्ट्रिय उर्दु विश्वविद्यालयअन्तर्गत सामाजिक बहिस्करण तथा समावेशी नीति अध्ययन केन्द्रका निर्देशक हुन्। 

_x000D_ _x000D_

नेपाली अनुवाद- नीरज
_x000D_  

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०७५  ०३:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विष्णु पौडेल र शंकर पोखरेललाई ओलीको आरोप– अध्यक्ष हटाउने अपराधपूर्ण क्रियाकलाप
सरकारका प्रवक्ताले भने– अपरिचित व्यक्तिबाट धम्की आएपछि चोलेन्द्रलाई सुरक्षित स्थानमा सारिएको हो
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
विष्णु पौडेल र शंकर पोखरेललाई ओलीको आरोप– अध्यक्ष हटाउने अपराधपूर्ण क्रियाकलाप मंगलबार, असोज १३, २०८३
सरकारका प्रवक्ताले भने– अपरिचित व्यक्तिबाट धम्की आएपछि चोलेन्द्रलाई सुरक्षित स्थानमा सारिएको हो मंगलबार, असोज १३, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्