• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १९, २०८२ Mon, Feb 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

दीपावलीः के यो मृत्यु उत्सव हो?

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २३, २०७५  ०३:५८
1140x725

दीपावलीबारे मूलतः दुई वटा कथा चर्चित छन्। पहिलो, रावणको बध गरी राजा राम अयोध्या फर्केर राजाभिषेक गरेको दिन भनी दीपावली मनाएको कथा। दोस्रो, श्रीकृष्ण र उनकी श्रीमती सत्यभामाले असुर नर्कासुरको बध गरेको दिनको रुपमा दीपावली उत्सव मनाइएको कथा। दुवै कथामा शत्रुको बधलाई उत्सवको रुपमा मनाइएको छ। 

_x000D_ _x000D_

रामले रावण र श्रीकृष्णले नर्कासुरको बध गरेको विषयमा उत्तर र दक्षिण भारतमा फरक–फरक बुझाइ छन्। दीपावली भनेको दियो बाल्ने, नयाँ लुगा लगाउने, आफूले मानेको देवताको पूजाअर्चना गर्नु मात्र होइन, बरू ठूलो मात्रामा बारुद पटाका पड्काउनु पनि भइरहेको छ। ती पटाकाले वायुमण्डलमा कति धेरै प्रदूषण फैलाएको छ भने उत्सव मनाउनेहरुको स्वास्थ्यमा पनि ज्यादै नकारात्मक असर पारिरहेको छ। दीपावलीको दिन सहरी क्षेत्रमा पड्काइने पटाकाका कारण फैलिने प्रदूषणले मानिसलाई श्वास फेर्न पनि गाह्रो हुने गर्दछ। आगलागी र प्रदूषणका कारण धेरै मानिस, विशेषतः केटाकेटीको मृत्यु हुने गरेको छ। 

_x000D_ _x000D_

प्रथमतः दीपावली मनाउनुसँग जोडिएको रामको कथाबारे अध्ययन गरौं। 

_x000D_ _x000D_

कुनै समाज वा राष्ट्रलाई समावेशी बनाउन त्यो समाज वा राष्ट्रमा मनाइने चाड किन मनाइन थालेको हो, कसरी मनाइँदै गरेको छ भन्ने कुरा राम्ररी बुझ्न निकै महत्वपूर्ण हुने गर्दछ। राष्ट्र वा राष्ट्रको कुनै एउटा हिस्साले रामको जन्म दिन वा उनको राज्याभिषेकको दिनलाई उत्सवको रुपमा मनाए भने कुनै आपत्तिको कुरा भएन। तर त्यही दिन रावणको पुतला किन जलाइन्छ?

_x000D_ _x000D_

एउटा मिथकीय पात्रको रूपमा रावण भनेका द्रविड, शुद्र, दलित, आदिवासीद्वारा अँगालिएका र गहिरोसँग सम्मान गरिएका पात्र हुन्। महात्मा फुले, पेरियार रामास्वामी नायकर र बीआर अम्बेडकर आदिले रावणको भिन्न (सकारात्मक) छवि प्रस्तुत गरेका छन्। के त्यसो भए प्रधानमन्त्री कार्यालयले खराब समुदायको रुपमा चित्रण गरिएका वा रावणप्रति सम्मान गर्ने जाति अथवा आदिवासी समुदायमा जन्मे–हुर्केका, इतिहासले शिकार बनाएका मानिसको भावनालाई चोट पुर्‍याउनु उचित हो? 

_x000D_ _x000D_

भारतका द्रविड र दलित–बहुजनहरूले रावणलाई आफ्नो प्रतिनिधिका रुपमा चित्रण गर्ने गर्दछन्। रावणकी आफ्नै बहिनी सुपर्णखाको सुन्दर शरीरलाई रामचन्द्रको निर्देशनमा उनका भाइ लक्ष्मणले चोट पुर्‍याएका थिए, सुपर्णखाको नाक काटिदिएका थिए। त्यसैको बदला लिन रावणले रामचन्द्रकी श्रीमती सीताको अपहरण गरेको द्रविड र दलित बहुजनहरूको विश्वास छ। तर रावणले सीताको शरीर छोएकोसम्म थिएनन्। द्रविड र दलित बहुजनहरूले सुपर्णखा र सीता दुवैलाई आत्मसम्मान र आत्मस्वाभिमानको समान अधिकार भएका महिलाहरूको रुपमा लिने गरेका छन्।

_x000D_ _x000D_

तर रावणको मात्र किन राक्षसीकरण गरिँदैछ?

_x000D_ _x000D_

शासक जाति वा वर्गका लेखकहरूले नै मिथक रचना गर्ने कुरा हामीलाई थाहा छ। आफ्नो शासन जोगाउन मात्र उनीहरूले त्यसो गर्ने गर्दैनन्, बरू ऐतिहासिक रुपमा उत्पीडनमा परेका जनतामा रहेका ज्ञान र पहिचान समेतलाई नामेट पार्न पनि उनीहरूले त्यसो गर्ने गर्दछन्। रावण द्रविड र दलित बहुजन जनताका प्रतिनिधि हुन् भन्ने दृष्टिकोण वर्षौं वर्षदेखि फैलिरहेको छ। निसन्देह रामायण र त्यो कथाका विभिन्न पात्रलाई बुझ्ने बहुआयाम छन्। रामको बारेमा पनि धेरै थरी बुझाइ छन्। धर्म र अधर्मको मापदण्ड पनि वर्ग र जातअनुसार भिन्न–भिन्न हुँदै आएको देखिन्छ। जोजो व्यक्ति रामचन्द्रको अर्चना गर्न चाहन्छन्, उनीहरूलाई त्यसो गर्ने अधिकार छ। त्यस्तै, जोजो व्यक्ति रावणको अर्चना गर्न चाहन्छन् वा उनको प्रशंसा गर्छन्, उनीहरूलाई पनि त्यसो गर्ने अधिकार हुनुपर्दछ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

एउटा धर्मनिरपेक्ष राष्ट्रले त्यसकारण आफ्नो निष्पक्षता कायम राख्नु पर्दछ। यदि राज्यका निकाय स्वयं रावणको पुतला दहन गर्ने कर्ममा सहभागी भए उनीहरूले ऐतिहासिक रुपमा कुनै एउटा पक्षको संस्कृतिलाई पक्षपोषण गरिरहेका हुनेछन् । उनीहरू पनि उत्पीडकको खेमामा उभिएको मानिनेछ। 

_x000D_ _x000D_

त्यसैगरी दक्षिण भारतमा दीपावली भनिने चाड श्रीकृष्णले नर्कासुर राक्षसको बध गरेको दिनको रुपमा मनाइन्छ। नर्कासुरलाई द्रविड आदिवासीका प्रतिनिधि पनि मानिन्छ। कालो वर्णका अजंग नर्कासुर द्रविड आदिवासीका पुर्खा भएको विश्वास गरिन्छ। कालो वर्णका अजंग शरीरले द्रविड जातिको लडाकु परम्परालाई सड्ढेत गर्दछ। किन कसैको मृत्युलाई उत्सवको अवसर मानिन्छ? यदि आतंकवादीहरूले राजीव गान्धीको निर्मम हत्यालाई उत्सवको रुपमा मनाए, हामीले त्यसको प्रतिक्रिया कस्तो जनाउँदा हौंला? राजीव गान्धीलाई श्रीलंकामा हत्या र विनाशका लागि जिम्मेवार व्यक्ति मान्ने मानिसहरूले उनको हत्याको दिनलाई खुशियालीको दिनका रुपमा उत्सव मनाए कस्तो होला? राजीव गान्धी हत्याको त्यो ऐतिहासिक घटनाको जवाफ प्रभाकरणको हत्या र भारतमा त्यो हत्यालाई उत्सवको रुपमा मनाउनु कदापि हुन सक्दैन। इन्दिरा गान्धीको हत्या गरेका खालिस्तानीहरूका आँखामा उनी खराब प्रधानमन्त्री थिइन्। यदि खालिस्तानीहरूले इन्दिरा गान्धीको हत्यालाई बारुद पटाका पड्काएर र दियो बालेर उत्सव मनाए हामीले कस्तो महसुस गरौंला? 

_x000D_ _x000D_

हत्या र प्रतिशोधका त्यस्ता घटनालाई उत्सवका अवसर बनाइनु सही होइन। त्यसले विभिन्न समूहबीच रहेको शत्रुतापूर्ण सम्बन्धको स्मरण मात्र गराइरहनेछ। कदाचित गलत सांस्कृतिक अभ्यासले चाडबाडको रुपमा निरन्तरता पाइरहेको अवस्थामा पनि राज्य त्यसबाट टाढा रहनुपर्ने हुन्छ। आदिवासी द्रविड जनताको जीवनमा महात्मा फुलेका लेख–रचना र गतिविधि महत्वपूर्ण भूमिकामा आउनुअघिसम्म उनीहरूले रावण, नर्कासुरलगायतका मिथकीय पात्रहरूलाई नायकको छविमा हेरेका थिएनन्। आजभोलि उनीहरू रावण, नर्का र बलीजस्ता पात्रलाई आफ्ना गैरहिन्दु नायकका रुपमा बुझ्ने गरेका छन्। इतिहाससम्बन्धी आदिवासी जनताको यो दृष्टिकोणलाई किन अरु नागरिक समाजले सम्मान नगर्ने?

_x000D_ _x000D_

आजभोलि हामीकहाँ रावण र नर्कासुरलाई आफ्नो प्रतिनिधित्वमूलक पात्र मान्ने विद्वान् समूहहरू पनि बनिसकेका छन्। कम्तीमा यसले मानिसहरूलाई किन दिवाली वा दीपावली चाडलाई जीवनको चाडको रुपमा नभई मृत्युको चाडका रुपमा मानिरहेका कथामा पुनर्विचार गराउनेछ। 

_x000D_ _x000D_

क्रिस्चियनहरूले जब जिससको जन्म दिवस मनाउन सुरू गरे, जिससको हत्या गर्ने पारसीहरूले त्यसको प्रतिकारमा उनलाई काठका मुढामा झुण्ड्याएको दिनको रुपमा उत्सव मनाउन थाले। समयान्तरमा पारसीहरूले आफ्नो उत्सवको नेपथ्यमा रहेको क्रूरताको कथा बुझे। अनि त मानव इतिहासमा त्यस्तो दिन पनि आयो, जुन दिनदेखि जिससका शत्रुका उत्तराधिकारीहरूले जिससको जन्म दिन मनाउन थाले। आज क्रिसमस संसारको सबभन्दा धेरै मानिसले मनाउने चाड बनेको छ। रामको जन्मलाई पनि दियो बालेर, नयाँ लुगा लगाएर, मिठो खाना खाएर मनाउने भारतीय जनतालाई त्यसरी नै उत्सव मनाउन दिउँ। कृष्णजन्माष्टमी मनाउनेलाई पनि मनाउन दिउँ। त्यसो गर्दा कसैलाई केही समस्या हुने छैन। 

_x000D_ _x000D_

तर कसैको मृत्युको उत्सव मनाउने दिमाग भनेको क्रूर र खराब दिमाग हो। महात्मा फुलेको विचारमा ऐतिहासिक रुपमा शुद्र र अतिशुद्र जातका मानिसहरूले कसैको मृत्यु वा हत्यालाई उत्सवको रुपमा कहिल्यै मनाएका थिएनन्। तर आज दिवाली उनीहरूको पनि चाड बनेको छ। बहुसांस्कृतिक राष्ट्रमा हामी सबैले जन्मको अर्चना गर्न पाउने अधिकारको रक्षा गर्नुपर्दछ, मृत्युको उत्सव मनाउने हकको होइन। हामीले सिर्जनशीलता र उत्पादनशीलतालाई खुशियालीको उत्सवको रुपमा मान्नुपर्दछ, ध्वंसको होइन। 

_x000D_ _x000D_

इलैय्या भारतको हैदराबादस्थित मौलाना आजाद राष्ट्रिय उर्दु विश्वविद्यालयअन्तर्गत सामाजिक बहिस्करण तथा समावेशी नीति अध्ययन केन्द्रका निर्देशक हुन्। 

_x000D_ _x000D_

नेपाली अनुवाद- नीरज
_x000D_  

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०७५  ०३:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै
आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै सोमबार, माघ १९, २०८२
आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना सोमबार, माघ १९, २०८२
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’ सोमबार, माघ १९, २०८२
सामाजिक न्यायको हक लागु गर्न सर्वोच्चको निर्देशनात्मक आदेश आइतबार, माघ १८, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्