• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

विश्वको लुप्त स्वास्थ्य समस्या समाधानका लागि नेपालले गरिरहेको यो उदाहरणीय काम

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २२, २०७५  ०८:३७
1140x725

एक अस्पतालको इमर्जेन्सी कक्षमा निकै भीडभाड छ।

_x000D_ _x000D_

यही भीडमा डा प्रभात रिजालले एक बिरामी हेरे, जसको शरीरमा कोतरिएका निशाना र पिटिएका निलडाम थिए। 

_x000D_ _x000D_

ती महिलाको अस्पताल आगमन अपेक्षित थियो। हामी जुन अस्पतालको कुरा गरिरहेका छौं, त्यो नेपालको दाङ जिल्लास्थित घोराहीमा रहेको राप्ति उप–क्षेत्रीय अस्पतालको हो। 

_x000D_ _x000D_

डा प्रभात र उनका साथीहरु हरेक रात एक न एक यस्तै महिला बिरामीको उपचार गर्छन्।

_x000D_ _x000D_

सामान्यतया यस्ता चोटग्रस्त महिला साँझ छिप्पिदै गर्दा आइपुग्छन्। हुन्छ के भने यही समय पियक्कड पुरुष मदिरा सेवन गरेर घर फर्किन्छन् र आफ्नी श्रीमतीलाई कुटपिट गर्छन्। पतिबाट हिंसाकी शिकार भएकी महिला अक्सर आफ्नो पेट दबाउँदै अस्पताल आइपुग्छन्। कतिपय अवस्थामा कानको दुखिरहेको समेत उनीहरुले बताउँछन्।

_x000D_ _x000D_

तर, अस्पतालका डाक्टर र नर्स पहिला यी महिलाका शरीरमा चोट र कोतिरिएको देख्छन्। यिनैबाट यथार्थ पत्ता लागिसक्छ। ती महिलालाई देख्नेबित्तिकै डा प्रभात रिजाललाई थाहा भइसक्यो कि केही गडबड छ।

_x000D_ _x000D_

उनले महिलासँग सोधे– के भयो?

_x000D_ _x000D_

महिला आफ्नो श्रीमान्को पिटाइबाट जोगिन अस्पताल आएकी थिइन्  उनको कपाल पसिनाले भिजेको थियो। रातिको समयमा अस्पतालको इमर्जेन्सी कक्ष निकै व्यस्त रहन्छ। तर, डा रिजालले एक नर्ससँगै उनलाई एक निजी कोठामा लिएर गए। उनले कोठाको ढोका बन्द गरिदिए। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

यसपछि उनले महिलासँग कुरा गरेर पूरा विषयमा जानकारीमा लिए। श्रीमान्ले कुटपिट गर्नु सामान्य कुरा होइन भन्दै उनले सम्झाए– श्रीमान्को यस्तो हर्कत सहनु जरुरी हुँदैन। 

_x000D_ _x000D_

केही समयपछि एक नर्सले उनकै नजिक रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र लिएर गइन्।

_x000D_ _x000D_

यो त्यो ठाउँ हो, जहाँ यस्तै घरेलु हिंसाका शिकार महिलालाई सहयोग गरिन्छ। यस्ता केन्द्रमा एक महिला प्रहरी हुन्छिन्। केही सल्लाहकार पनि हुन्छन्, जो महिला मानसिक तनाव र आर्थिक चुनौतीबाट बाहिर निस्किन मद्दत गर्छन्। 

_x000D_ _x000D_

पति, लिभ–इन पार्टनर वा व्यायफ्रेन्डबाट हिंसाको शिकार हुने महिलाले स्वास्थ्यसँग जोडिएका निकै समस्या झेल्नुपर्छ। यसको सुरुवात डाक्टरकहाँ पुगेपछि हुन्छ। कति समय डाक्टर यस्ता समस्याका उपचार मात्रै गर्दैनन्, यस्ता समस्याबाट मुक्त हुन समेत मद्दत गर्छन्। 

Xtrem

Xtrem
_x000D_ _x000D_

धेरै देशका सरकारले यस्ता समस्याको समाधानको उपाय अस्पतालभित्रै खोज्ने कुरालाई प्राथमिकता दिएका छैनन्। तर, नेपालले घरेलु हिंसाको शिकार महिलाको मद्दतका लागि अस्पतालमै यस्तो केन्द्र बनाएको छ, जो घरेलु हिंसाका शिकार महिलालाई मद्दत गर्छ। 

_x000D_ _x000D_

_x000D_ _x000D_

(संकट व्यवस्थापन केन्द्रको समूह– स्टाफ नर्स पुनम रावत, काउन्सिलर राधा पौडेल र प्रहरी अधिकारी सविता थापा । तस्विर–बुनु ढुंगाना)

_x000D_ _x000D_
_x000D_

यस्ता केन्द्रमा महिलालाई नै नियुक्त गरिन्छ। जसले यी महिलालाई सवै तरिकारले सहयोग गर्न सकुन्। सामान्यतया जो पनि साथीबाट हिंसाको शिकार हुन सक्छ । तर, महिला यसका शिकार बढी हुन्छन्। 

_x000D_ _x000D_

विश्वका कुनै पनि सम्बन्धमा रहेका महिलामध्ये एक तिहाइ यौन तथा शारीरिक हिंसाको शिकार हुन्छन्। कुनै राजनीतिक वा आपराधिक संघर्षबाट गुज्रिरहेको देशमा यस्ता घटना बढी देखा पर्छन्। जस्तो कि कंगो र युगान्डा जस्ता देश । अहिले पनि एशिया, अफ्रिका र ओशिएनियामा घरेलु हिंसाका घटना निकै हुन्छन्। 

_x000D_ _x000D_

यस्तो होइन कि पार्टनरका हातबाट हिंसाका घटना केवल विकासशील देशमा मात्रै हुन्छ। डेनमार्कमा कुल जनसंख्याकको एक तिहाइ महिला जीवनसाथीबाट हिंसा झेलिरहेका छन् । बेलायतमा ३० प्रतिशत जति महिला कम से कम एकपटक आफ्नो जीवनसाथीबाट हिंसाका शिकार भएका छन्। अमेरिकामा हिंसा झेल्ने महिला ३२ प्रतिशत छन्, तीमध्ये १६ प्रतिशतले त यौन हिंसा पनि झेलिसकेका छन्।

_x000D_ _x000D_

मधुमेह र दम  भन्दा गम्भीर स्वास्थ्य समस्या
_x000D_ पार्टनर वा जीवनसाथीबाट हिंसाका शिकार भएका महिलाको स्वास्थ्यमा निकै खराब असर पर्छ। अमेरिकामा निकटस्थ साथीबाट हुने हिंसाले १० लाख भन्दा बढी चोटको घटना हुन्छन् । अर्थात् यो मोटोपन र दम भन्दा बढी गम्भीर समस्या हो। 

_x000D_ _x000D_

_x000D_ _x000D_

अोपिडीमा बिरामी जाँचिरहेको अवस्थामा डा प्रभात रिमाल (तस्विर–बुनु ढुंगाना)

_x000D_ _x000D_
_x000D_

पिडित महिलाई असाध्यै दुःखाइ, दम, निद्रा नलाग्ने, पेटको गडबडी, मधुमेह र यौनजन्य रोगको संक्रमण भएको देखिएको छ। हिंसा पिडित महिलाले आत्महत्या गर्ने सम्भावना पनि उत्तिकै बढी हुन्छ । उनीहरु अक्सर डिप्रेशन, बेहोश हुने, छारे रोग र तनावका शिकार हुन्छन्।

_x000D_ _x000D_

यस्ता महिलालाई जहाँ पहिलो सहयोग मिल्छ, त्यो अस्पताल हो । अमेरिकामा अन्य व्यक्तिको तुलनामा साथीबाट हिंसाका शिकार भएका महिला साढे दुई गुणा बढी अस्पताल जान्छन्।  अमेरिकामा हत्या हुने महिलामा ४० प्रतिशत उनीहरुका निकटस्थ साथी गर्छन् । अर्थात् हिंसाको सुरुवातमै उनीहरुले सहयोग पाएमा उनीहरुको ज्यान जोगिन सक्छ। 

_x000D_ _x000D_

केही समयअघि मात्रै १५ सय ५४ महिलामा भएको एक रिसर्चले ८८ प्रतिशत महिलाको घाँटी थिच्ने प्रयास भएको दर्शाएको थियो। 

_x000D_ _x000D_

घरेलु हिंसाको उपचार
_x000D_ बेलायतका अस्पतालका कर्मचारीलाई जुन तालिम दिइन्छ, त्यसमा घरेलु हिंसाका शिकार महिलालाई सहयोग गर्ने तरिका बताइदैन। जबकी अमेरिकामा अफोर्डेबल केयर एक्ट नामक कानून छ । यसमा हिंसाका शिकार महिलाको बीमामा उनीहरुलाई सल्लाह दिँदा लाग्ने खर्च पनि समाहित छ। 

_x000D_ _x000D_

अस्पतालका कर्मचारीलाई घरेलु हिंसाका शिकार महिलाको पहिचान गर्न र उनलाई मद्दत गर्नका लागि तालिम यस कुरामा निर्भर रहन्छ कि उनीहरुको उपचार खर्च कसले तिर्छ ? अष्ट्रेलियाकी विज्ञ केल्सी हेगार्टी भन्छिन्, ‘सरकार निजी अस्पतालबाट यस्तो मद्दत दिने कुराको अपेक्षा गर्न सक्दैन । कतिपय समयमा स्वयंसेवी संस्था यो काम गर्छन्।’

_x000D_ _x000D_

_x000D_ _x000D_

दाङ घोराहीस्थित एकद्वार संकट व्यवस्थापन केन्द्र (तस्विर: बुनु ढुंगाना)

_x000D_ _x000D_
_x000D_

हेगार्टी भन्छिन्, ‘जुन चुनौती दम र मधुमेह भन्दा बढी छ, त्यसप्रतिको यस्तो नजरअन्दाज समस्याग्रस्त छ । यस्ता महिलालाई सहयोग नगर्नुको नतिजा खतरनाक हुन सक्छ।’ लेबनानमा भएको रिसर्चबाट थाहा लाग्यो कि हिंसाका शिकार महिलाका बारेमा अस्पतालका कर्मचारी यस्तो ठान्छन्– आक्रामक महिलामाथि यस्तो हिंसा स्वभाविक हो।

_x000D_ _x000D_

यसकारण यहाँका अधिकांस महिला घरेलु हिंसा लुकाउँछन्। नेपालका आधा महिला घरेलु हिंसाबाट प्रताडित भइसकेका छन् । उनीहरुलाई लाग्छ कि अस्पतालमा कसैलाई यस बारेमा बतायो भने उनीहरु ठट्टाका रुपमा लिनेछन् । उनीहरुलाई असल श्रीमती नरहेको आरोप लगाइनेछ। 

_x000D_ _x000D_

घरेलु हिंसामा प्रहरीको नजर
_x000D_ नेपालकी  नेहा यस्तै घरेलु हिंसा पिडित एक महिला हुन् । नेहा भन्छिन्, ‘जब म प्रहरीकहाँ गएँ । श्रीमान्बाट म कुटिएको घटनालाई कसैले गम्भीरतापूर्वक लिएनन् ।’ त्यसपछि उनी यस्ता हिंसामा परेका महिलालाई सहयोग गर्ने एकद्वार केन्द्रमा गइन्। 

_x000D_ _x000D_

बहस यस्तो छेडिएको छ कि अस्पतालका कर्मचारी कुन तरिकाले नेहा जस्ती घरेलु हिंसा पिडित महिला पहिचान गर्छन्? केही भन्छन्– त्यस्ता महिलाको जाँच गरियोस्, जो पति वा पुरुष साथीकबाट हिंसाका पिडित रहेको सम्भावना छ।

_x000D_ _x000D_

यस्ती महिलासँग सोध्नुपर्छ– के ऊ घरमा श्रीमान्को मारपिटबाट हैरान छ । तर, यो प्रश्नबाट समाधान निस्किन्छ नै भन्न मुश्किल छ। नेपालको जस्तो व्यवस्थाले महिलाहरुलाई घरेलु र यौन हिंसाबाट जोगाउन सहयो गर्ने धेरै जानकार व्यक्ति बताउँछन्। 

_x000D_ _x000D_

नेपालमा कसरी हुन्छ महिलालाई मद्दत ?

_x000D_ _x000D_

नेपालको घोराहीस्थित एकद्वार संकट निवारण केन्द्रमा माया नामकी महिला हरियो रङको बेडमा पल्टिएकी थिइन् । उनी एक दिन पहिले अस्पतालको इमर्जेन्सी वार्डमा आएकी थिइन्। 
_x000D_ अहिले भने उनी यो केन्द्रमा राधा पौडेललाई भेट्न आएकी हुन् । राधा उनीसँगै बसिरहेकी थिइन्। 

_x000D_ _x000D_

उनले मायाका शरीरमा चोट र निलडाम देखिन् । नजिकै रहेको कागजमा उनको स्वास्थ्य अवस्था र समस्याका बारेमा  टिपोट गरिन्। मायाले  टाउको दुखिरहेको,  हातमा चोट लागेको, टाउको सुनिएको, मुटु दुखेजस्ता हुने र ढाड दुख्ने समस्या रहेको बताइन् । राधाले मायासँग सानो स्वरमा भनिन्, ‘तिमी पहिले पनि आफ्ना श्रीमान्सँग यहाँ आएकी थियो नि।’

_x000D_ _x000D_

मायाले आफ्ना श्रीमानले यहाँ आउन इन्कार गरेको बताइन् । घरमा बच्चा हेरिरहेको जनाइन्। मायाले केही महिनाअघि श्रीमानका विरद्ध उजुरी गरेकी थिइन् र त्यसको केही दिनसम्म उनका श्रीमान्लाई थुनिएको थियो। 

_x000D_ _x000D_

पछि मायाले श्रीमान्सँग डिभोर्स गर्नका लागि निवेदन हालिन् । केन्द्रकी प्रहरी अधिकारी प्रहरी सविता थापाले उनलाई मद्दत गरेकी थिइन् । थापा यही केन्द्रमा तैनाथ छिन्। राधाले मायालाई नजिकै रहेको महिलाको एक संस्थासम्म पुर्‍याइन् । जो मायालाई आर्थिक आम्दानीका लागि सहयोग गरिरहेको छ। 

_x000D_ _x000D_

अहिलेको यो व्यवस्था ठिक होला वा नहोला तर यो नेपालका महिलाका लागि सहयोगी सावित भइरहेको छ । माया सहयोग पाएपछि पनि हिंसाकी शिकार भइरहेकी थिइन् । अन्त्यमा एकद्वार केन्द्रबाट कानूनी, मेडिकल र आर्थिक सहयोग पाइन्। 

_x000D_ _x000D_

स्वयंसेवी संस्थाको भूमिका
_x000D_ नेपालमा पहिलो संकट निवारण केन्द्र २०११ मा खोलिएको थियो । यसको सुरुवात मध्य नेपालबाट भएको थियो । अहिले देशका धेरै अस्पतालसँग मिलेर यी केन्द्रले काम गरिरहेका छन्।
_x000D_ सन् २०१५ मा सरकारले यस्ता केन्द्रका विषयमा नियम कानून तय गरेको छ ।  अस्पतालका कर्मचारीले यस्ता महिलाको जाँच गरेर सहयोगका लागि सहयोग केन्द्र पुर्‍याउने तय गरिएको छ । यसमा  जेपिगो र संयुक्त राष्ट्र संघले पनि नेपाललाई सहयोग गरिरहेका छन्। 

_x000D_ _x000D_

नेपालमा अहिलेसम्म सयौं स्वास्थ्यकर्मीलाई हिंसा पिडित महिलालाई सहयोग गर्ने विषयमा तालिम दिइसकिएको छ।  तालिम स्त्री रोग विशेषज्ञ,  फ्यामिलि मेडिसिनदेखि  अस्पतालका सामान्य कर्मचारीलाई समेत दिइएको छ। घोराहीमा रहेको अस्पतालका कर्मचारी हिंसा पिडित महिलाका लागि यो केन्द्र निकै सहयोगी सावित भएको ठान्छन् ।  सन् २०१३ मा जम्मा ७३ महिला यो केन्द्रमा आए भने पछिल्ला ४ वर्षमा यो संख्या बढेर ४ सय ९३ पुगिसकेको छ। 

_x000D_ _x000D_

यो योजनाको प्रोटोकल तय गर्ने मध्य एक सरोज पान्ड भन्छिन्, ‘स्वास्थ्यका कर्मचारी यस्ता महिलालाई सहयोग गर्न हिचकिचाउँथे । महिलालाई यस्ता केन्द्रमा पठाएर उम्किन्थे । कति महिला दोस्रापल्ट आउँदैनथे । कोही डरका कारण घरमै बस्थिन् । कतिले त आत्महत्या समेत गरिसकेका छन्।’ तर, अहिले नेपालका स्वास्थ्य कर्मचारीलाई हिंसा पिडित महिलाको सहयोगको लागि व्यापक तालिम  दिइएको छ । उनीहरुलाई त्यस्ता महिलासँग गर्ने कुराकानीको तरिका सिकाइएको छ । 
_x000D_ यहाँसम्म कि कति कर्मचारीलाई कसरी मद्दत गर्ने भनेर पिडितको भूमिका दिएर सम्झाइन्छ । अदालतको प्रक्रियाको जानकारी समेत दिइन्छ।

_x000D_ _x000D_

सेवाभावबाट गरिन्छ महिलालाई मद्दत
_x000D_ कर्मचारीहरुलाई बताइन्छ कि उनीहरुले यस्ता महिलाप्रति सहानभूति राख्नुपर्छ । तालिम दिने ईश्वर प्रसाद उपाध्याय भन्छन्, ‘यो सिर्फ एउटा काम मात्रै नभएको भनेर कर्मचारीलाई सम्झाइन्छ ।  यदि मनदेखि सेवा गर्न सक्दैनन् भने त्यस्ता महिलाको सहयोगबाट आफूलाई टाढा राखे हुन्छ।’

_x000D_ _x000D_

नेपालका अलवा रुवान्डा, ग्वाटेमाला, भारत, इग्ल्यान्ड, मलेसिया, दक्षिण अफ्रिका र कोलम्बियामा पनि यससँग मिल्दोजुल्दो व्यवस्था छ । जोर्डन र डोमिनिकन रिपब्लिक जस्ता देशमा त बिराीको जाँच नै गरिन्छ, कहीँ घरेलु हिंसा त होइन भनेर। जानकार भन्छन्, ‘स्वास्थ्य सेवाका कर्मचारीलाई तालिम दिएर मात्रै पुग्दैन । यस्ता महिलाहरु पुनस्र्थापना गर्ने ठाउँको व्यवस्था गरिनुपर्छ । आर्थिक उन्नतीको बाटो देखाउनुपर्छ । यसले मात्रै  हिंसाको दुष्चक्रबाट उनीहरु निस्किन सक्छन्।’ 

_x000D_ _x000D_

घोराहीमा कति समय सहयोग प्राप्त हुन समय लाग्दा महिला यस्ता केन्द्रमा नआउने गरेका छन्। उनीहरु मारपिट गर्ने पतिका विरुद्ध प्रहरीमा उजुरी गर्नुको सट्टा आफन्तका सहयोगमा समस्या सुल्झाउने कोशिश गर्छन्। नेपालमा कतिपय अवस्थामा प्रहरी समेत आपसी बातचितबाट समस्या सुल्झाउन सल्लाह दिन्छन् । जबकी यसले महिलामा हिंसा अझै बढ्ने डर बढ्दै जान्छ। 
_x000D_ अमेरिकामा भएको एक रिसर्चले यो प्रमाणित समेत गरिसकेको छ। 

_x000D_ _x000D_

जानकारका अनुसार स्वास्थ्य सेवासँग जोडिएका कर्मचारी हिंसा पिडित महिलाको मद्दतका लागि तालिम जरुरी छैन । उनीहरु यत्तिकै पनि गर्न सक्छन् । हिंसा पिडित महिलासँग निकै सावधानीका साथ प्रश्न सोध्नुपर्छ। 

_x000D_ _x000D_

_x000D_ _x000D_

एकद्वार संकट व्यवस्थापन केन्द्रभित्रको कोठमा चेकजाँचका लागि अामा र छिमेकीका साथ कुरिरहेकी माया ३४  (तस्विर: बुनु ढुंगाना)

_x000D_ _x000D_
_x000D_

यदि कुनै महिला प्रश्नको उत्तर दिन हिचकिचाएमा उनीहरुका साथीलाई उनीको  सम्बन्धका बारमो सोध्नुपर्छ। त्यसपछि फेरि सल्लाह दिनेहरुकहाँ पठाउनुपर्छ । यदि महिला सँगै आएका परिवारजन वा नातेदार उनीहरुलाई एक्लै छाड्दैनन् भने कुरा शंकास्पद हुन सक्छ। लेबनानका जिना उत्सा भन्छन्, ‘जो महिला मारपिट पछि पनि आफ्ना श्रीमानसँग रहन चाहन्छन्, उनीहरुको सुरक्षाका लागि पर्याप्त व्यवस्था हुनुपर्छ । घरमा कुनै हतियार वा धारिलो वस्तु हुनुहुँदैन ।’

_x000D_ _x000D_

जसलाई सहयोग मिल्यो
_x000D_ महिलासँग सहयोग गर्नेको नम्बर हुनुपर्छ । हिंसा गर्नेका घरको ढोका यस्तो हुनुपर्छ कि जहाँबाट निस्किन मुश्किल होस्। जिनान उत्सा भन्छन्, ‘पिपडित महिलासँग कुराकानी गर्नु, उनीहरुका कुरा सुन्नु आफैंमा एउटा उपचार हो । यसबाट महिलालाई आफू एक्लो नरहेको महशुस हुन्छ।’

_x000D_ _x000D_

पतिको हातबाट हिंसाकी शिकार भएकी सविता यो कुरामा सहमत छिन् । एपल्ट उनी जोडदार पानी परिरहेका बेला घोरीहीको मद्दत केन्द्र पुगेकी थिइन्। उनी एक कुनामा बसेर कर्मचारी काम गरिरहेको हेरिरहेकी थिइन्। तीन वर्ष पहिले उनी यस केन्द्रमा आफ्नो गुनासो लिएर आएकी थिइन् ।

_x000D_ _x000D_

अहिले सविता अक्सर यहाँ सल्लाह सुझाव लिन आउने गर्छिन् । पछि उनको श्रीमान्सँग सम्झौता भयो र उनी साथ रहन थालेकी हुन्। यही केन्द्रका कारण उनी डिप्रेशनबाट पनि उम्किएकी छिन्। अहिले सविता हिंसा पिडित अन्य महिलालाई पनि यहाँ पठाउने गर्छिन्। सविता भन्छिन्, ‘सहयोग केन्द्रले जुन तरिकाले उनको रेखदेख ग¥यो । सहयोग ग¥यो । त्यति त मेरा आमाबुवा पनि गर्न सक्दैनन्।’

_x000D_ _x000D_

(ट्रिसिया ट्रोमिनाले बीबीसी फ्युचरका लागि गरेको यो रिपोर्टिङ डिबी खड्काले नेपालीमा अनुवाद गरेका हुन्)

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०७५  ०८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन मंगलबार, असोज १३, २०८३
पूर्व प्रधानन्यायाधीश राणाको पक्राउप्रति मानव अधिकारकर्मी र नागरिक समाजको आपत्ति मंगलबार, असोज १३, २०८३
गणेश पराजुली संसदीय विशेष समितिकाे सभापति बन्ने निश्चित मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्