काठमाडाैं– राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच एकीकरण प्रक्रियाका लागि वार्ता सुरु भएको छ। पार्टी एकताका लागि राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबराबीच वार्ता भएको छ।
_x000D_
_x000D_
देशलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकतालाई ध्यान दिई समान विचारधारा भएका दलहरूका बीचमा एकता गर्ने राप्रपाले जनाएको छ।
_x000D_
_x000D_
सहकार्य गर्ने नीतिअनुसार दुई पार्टीका अध्यक्षबीच वार्ता भएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी गराए।
_x000D_
_x000D_
दुई अध्यक्षबीच मंगलबार बिहान वार्ता भएको श्रेष्ठले जानकारी गराए। दुई अध्यक्षबीचको वार्ता सकारात्मक रहेको बताउँदै श्रेष्ठले भने, ‘एकता प्रक्रियालाई टुंगोमा पुर्याउन वार्ता जारी रहनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।