काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले तिहारपछि सरकारको कामले गति लिने विश्वास व्यक्त गरेका छन्।
_x000D_
_x000D_
पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले वर्षा सकिएकाले अब सरकारले विकास, निर्माणको कामलाई तीव्रता दिने दाबी पनि गरे।
_x000D_
_x000D_
सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुने क्रममा सञ्चारकर्मीमाझ बोल्दै सरकारले जनताको समस्यालाई सम्बोधन गर्न ढिलाइ नगर्ने दाबी गरे।
_x000D_
_x000D_
वरिष्ठ नेता नेपालले सरकारले जनताको अपेक्षाअनुसार काम अघि बढाओस् भन्ने आफूहरुले चाहेको पनि बताए।
_x000D_
_x000D_
उनले सरकारको कामको मूल्यांकन गर्ने बेला नभएको टिप्पणी पनि गरे। जनताको समस्या समाधान गरेर अघि बढ्नुको विकल्प सरकारसँग नरहेकोे वरिष्ठ नेता नेपालको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।