रसुवा– रसुवामा नेकपा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवाद मिलेको छ।
_x000D_
_x000D_
जिल्लाको पाँच वटै गाउँपालिकामा गाउँपालिका स्तरीय कमिटी निर्माण गरेपछि विवादको अन्त्य भएको हो। पार्टी एकीकरणपश्चात वडा र गाउँपालिका संगठन कमिटीका पदाधिकारी छनोट गरिएको नेकपा रसुवाका प्रस्तावित सचिव माधब लामिछाने समिरले बताए।
_x000D_
_x000D_
दुई तहका कमिटीका पदाधिकारीको नाम छनोट गरेर अनुमोदनका लागि प्रदेश कमिटीलाई बुझाएको समेत जानकारी दिए। जिल्लाको नौकुण्ड गाउँपालिकामा संगठनको इन्चार्जमा केशव पौडेल, सहइन्चार्जमा मेन्दो छिरिङ तामाङ, अध्यक्षमा हित बहादुर न्यौपाने र सचिवमा राम कुमार न्यौपाने रहेका छन्।
_x000D_
_x000D_
आमाछोदिङ्मो गाउँपालिकामा संगठनको इन्चार्जमा पेम्बा तामाङ, सहइन्चार्जमा ल्हाक्पा तामाङ, अध्यक्षमा फुर्पु तेन्जेन तामाङ र सचिवमा फुर्पु सिङ्गी तामाङ रहेका छन्।
_x000D_
_x000D_
गोसाईकुण्ड गाउँपालिकामा संगठनको इन्चार्जमा विजय लामा, सहइन्चार्जमा फुर्पा तामाङ, अध्यक्षमा दावा मिङ्मर तामाङ र सचिवमा तेन्जेन छेसाङ तामाङ रहेका छन्।
_x000D_
_x000D_
कालिका गाउँपालिकामा संगठनको इन्चार्जमा अर्जुन देवकोटा, सहइन्चार्जमा विष्णु पौडेल, अध्यक्षमा टिका देवकोटा र सचिवमा चाम्सिङ लोप्चन रहेका छन्।
_x000D_
_x000D_
उत्तरगया गाउँपालिकामा संगठनको इन्चार्जमा डिल्ली सुवेदी, सहइन्चार्जमा भगवती न्यौपाने, अध्यक्षमा यमनाथ आचार्य र सचिवमा लिला न्यौपाने रहेका छन्।
_x000D_
_x000D_
जिल्ला संगठन कमिटी १ सय ३५, गाउँपालिका संगठन कमिटी ७५ र वडा सङ्गठन कमिटी २९ सदस्सीय निर्माण गरिएको नेकपा जिल्ला कमिटी रसुवाले जनाएको छ।
_x000D_
_x000D_
गाउँपालिका र वडा संगठन कमिटीको पदाधिकारीको नामावली गएको बुधबार जिल्ला कमिटीमा पेस गरिएको थियोे।
_x000D_
_x000D_
तत्कालीन नेकपा माओवादीको दुई जना र नेकपा एमालेका दुई जना गरी प्रत्येक गाउँपालिकामा चार/चार सदस्यीय कार्यदल गठन गरिएको थियो।
_x000D_
_x000D_
जिल्ला कमिटी सचिवालय सदस्यमध्येबाट उनीहरूलाई छनोट गरिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।