काठमाडाैं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने भएको छ। मंसिर ५ देखि ९ सम्म बस्ने भनिएको महासमिति बैठक नहुने भएपछि बैठकले नयाँ मिति तय गर्न केन्द्रीय समितिको बैठक बस्न लागेको हो।
_x000D_
_x000D_
बैठकमा विधान मस्यौदा समितिको हालसम्मको कार्यबारे पनि छलफल हुने बताइएको छ।
_x000D_
_x000D_
नेपाल विद्यार्थी संघको विधानलाई लिएर विवाद बढेपछि केन्द्रीय समितिको बैठक बस्न सकेको थिएन। २१ असोजमा बसेको केन्द्रीय समितिको बैठकमा नेताहरु संघको उमेर हद लगाउने विषयमा विवाद भएको थियो।
_x000D_
_x000D_
संस्थापन पक्षले बहुमतको आधारमा उमेर हदलाई निर्णय गराएको भन्दै इतर समूहले बहिष्कार गर्ने चेतावनी दिएपछि २५ असोजको लागि बोलाइएको बैठक रोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।