• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २०, २०८२ Thu, Nov 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यी हुन् महामारीको रूप लिन सक्ने घातक ११ रोगहरू

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १८, २०७५  ००:३०
1140x725

बिबिसी- विश्व स्वास्थ्य सङ्गठनले सन् २०१५ देखि 'प्राथमिकता' दिइएका घातक सङ्क्रामक रोगहरूको सूची प्रकाशित गर्दै आएको छ। ती रोगबारे थप अनुसन्धान आवश्यक रहेको बताइन्छ।

_x000D_ _x000D_

महामारीको रूपमा फैलिने सक्ने तिनको क्षमताका कारण र रोकथाम गर्न औषधि र खोप नभएकाले गर्दा ती रोगले जनस्वास्थ्यमा ठूलो जोखिम पार्ने मानिएको छ। 

_x000D_ _x000D_

संगठनको सूचीमा केही समयअघि अफ्रिका र भारतमा फैलिएका इबोला र निपा भाइरस पनि परेका छन्। सूचीमा ११ रोगहरू समाविष्ट छन्।

_x000D_ _x000D_

निपा भाइरस

_x000D_ _x000D_

निपा भाइरस फ्रूट ब्याट भनिने एक किसिमको चमेरोबाट घरपालुवा जनावर र मानिसमा सर्छ। निपा भाइरसको सङ्क्रमण हुँदा ज्वरो आउने, बान्ता हुने, टाउको दुख्ने जस्ता लक्षण देखिन्छ। त्यसपछि मस्तिष्क सुन्निन्छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

निपा भाइरसविरुद्ध कुनै खोप बनेको छैन। सङ्क्रमित व्यक्तिमा ७० प्रतिशत मृत्युदर देखिएको छ। सन् १९९८ मा मलेशियाली नगर निपामा पालिएका सुँगुरहरूमा यो भाइरस पहिलो चोटि भेटिएको थियो। त्यसैले यसको नाम नै निपा भाइरस राखियो।

_x000D_ _x000D_

सङ्क्रमित पशुबाट झन्डै तीन सय मानिसहरूमा यो भाइरस सरेको पाइएको छ। रोग फैलिएपछि एक सयभन्दा बढी मानिसको मृत्यु भएको विवरण प्राप्त भएको छ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

हेनिपाभाइरल डिजिजेज
_x000D_ निपा भाइरस चमेरोबाट सर्ने रोगहरूको वर्ग 'हेनिपाभाइरल डिजिजेज' अन्तर्गत पर्छ। पहिलो चोटि अस्ट्रेलियामा पत्ता लागेको हेन्ड्रा भाइरसलाई पनि यही वर्गमा राखिएको छ। 

_x000D_ _x000D_

यो फ्रूट ब्याटमा पाइन्छ। यसको सङ्क्रमण हुँदा घोडा र मानिसहरूको मृत्यु हुनसक्छ। सन् १९९४ मा पहिलो चोटि ब्रिस्बेनको हेन्ड्रास्थित एउटा तबेलामा यसको महामारी फैलिएको थियो।

_x000D_ _x000D_

यसबाट ७० वटा घोडाको मृत्यु भइसकेको छ भने रोग सरेका सातमध्ये चार मानिसको पनि ज्यान गएको छ।

_x000D_ _x000D_

सीसीएचएफ
_x000D_ क्राइमिएन-कङ्गो हेमर्‍याजिक फिभर (सीसीएचएफ) किर्नाबाट सर्छ। यसले मानिसमा गम्भीर महामारी फैलाउन सक्छ। यसबाट मृत्यु हुने अनुपात ४० प्रतिशतसम्म छ।

_x000D_ _x000D_

सन् १९४४ मा पहिलो चोटि क्राइमियामा र पछि कङ्गोमा पनि भेटिएको यो भाइरस पूरै अफ्रिका, बाल्कन प्राय:द्वीप र मध्यपूर्व एवम् एशियाका केही भागमा पाइन्छ। यो रोग अकस्मात् सुरु हुन्छ। टाउको दुख्ने, धेरै ज्वरो आउने, ढाड दुख्ने, जोर्नी दुख्ने, पेट दुख्ने र बान्ता हुने जस्ता लक्षण देखिन्छ।

_x000D_ _x000D_

यो भाइरस मुख्यत: किर्नाले टोक्दा वा सङ्क्रमित गाईवस्तुबाट मानिसमा सर्छ। सङ्क्रमित मानिसको रगत वा शरीरबाट उत्पन्न हुने अन्य तरल पदार्थबाट पनि अर्को मानिसमा सर्छ।

_x000D_ _x000D_

मानिस वा पशु कसैका लागि पनि यो रोगको उपचार गर्न खोप उपलब्ध छैन।

_x000D_ _x000D_

इबोला भाइरस
_x000D_ इबोला भाइरस पनि फ्रूट ब्याटबाट नै उत्पन्न भएको विश्वास गरिन्छ। सन् १९७६ मा प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इबोला नदीनजिकै फैलिएको महामारीमा यो भाइरस पत्ता लागेको थियो।

_x000D_ _x000D_

इबोला भाइरस जङ्गली जनावरबाट मानिसमा सर्छ। मानिसबाट मानिसमा पनि सर्नसक्छ। इबोला भएको मानिसको घाउ भएको छाला, मुख वा नाकबाट अथवा रगत, बान्ता, मल र शरीरको तरल पदार्थ छोइँदा पनि सङ्क्रमण सर्छ। यो भाइरस मू्त्र र वीर्यमा पनि हुनसक्छ।

_x000D_ _x000D_

इबोलाको औसत मृत्युदर ५० प्रतिशत रहेको छ। त्यसैले यसलाई गम्भीर रोगका रूपमा लिइन्छ। यसले पश्चिम अफ्रिकामा सन् २०१४ देखि २०१६ सम्म भएको महामारीमा ११ हजार मानिसको ज्यान लियो।

_x000D_ _x000D_

अकस्मात् ज्वरो आउने र थकाइ लाग्ने, त्यसपछि झाडापखाला हुने, डाबर आउने एवम् मिर्गौला र कलेजोले राम्ररी काम नगर्ने जस्ता इबोलाका लक्षण हुन्। कसैकसैमा आँखा, कान, नाक र मुखमा आन्तरिक र बाह्य रक्तस्राव पनि हुनसक्छ।

_x000D_ _x000D_

मार्बर्ग भाइरस
_x000D_

_x000D_ _x000D_

मार्बर्ग भाइरसलाई इबोलाको नजिकैको नातेदार मानिन्छ। सङ्क्रमित मानिसको शरीरको तरल पदार्थसँग सम्पर्क हुँदा अन्य मानिसमा यो भाइरस सर्छ। यो पनि चमेरामा पाइन्छ। यसका कारण हुने मृत्युको दर २४ देखि ८८ प्रतिशतसम्म छ।

_x000D_ _x000D_

रोगका लक्षणहरू देखा परेको प्राय: आठ र नौ दिनको बीचमा उच्चरक्तस्राव भएर सङ्क्रमित व्यक्तिको मृत्यु हुनसक्छ। जर्मनीको मार्बर्गमा सन् १९६७ मा यो भारइस पहिलो चोटि पत्ता लागेको थियो। त्यतिबेला फ्रान्कफर्ट र सर्बियाको राजधानी बेल्ग्रेडमा पनि यो रोगको महामारी फैलिएको थियो।

_x000D_ _x000D_

सार्स
_x000D_ सिभिअर अक्युट रेस्परटरी सिन्ड्रोम (सार्स) भाइरसले गराउने श्वासप्रश्वाससँग सम्बन्धित रोग हो। यो रोग 'सिभिट क्याट' भनिने वनबिरालोबाट मानिसमा सरेको हुनसक्ने वैज्ञानिकहरूको मान्यता छ। सिभिट क्याटको मासु दक्षिण चीनमा स्वादिलो मानेर खाने प्रचलन छ। 

_x000D_ _x000D_

तर यो रोगको सम्बन्ध चमेरोसँग पनि छ। हालसम्म सार्सको महामारी सन् २००२ देखि २००४ सम्म दुई चोटि फैलिएको छ।

_x000D_ _x000D_

यूकेको न्याश्नल हेल्थ सर्भिसका अनुसार सार्सका ८,०९८ केसहरू दर्ता भएका थिए। तिनमध्ये ७७४ व्यक्तिको मृत्यु भएको थियो। अर्थात् गम्भीर खालको न्युमोनिया गराउने यो भाइरसले दश सङ्क्रमित व्यक्तिमध्ये झन्डै एक जनाको ज्यान लिनसक्छ।

_x000D_ _x000D_

सार्स हावाबाट पनि सर्छ। रुघामा जस्तै सङ्क्रमित व्यक्तिले खोक्दा वा छ्युँ गर्दा थुकको सूक्ष्म थोपाबाट यो फैलिन्छ। सन् २००४ पछि सार्सको केस कतै पनि भेटिएको छैन।

_x000D_ _x000D_

मेर्स
_x000D_ मिडल इस्ट रेस्परटरी सिन्ड्रोम (मेर्स) पनि सार्स भाइरसकै परिवारको सदस्य हो। यो सन् २०१२ मा साउदी अरेबियामा पहिलो चोटि भेटिएको थियो।

_x000D_ _x000D_

यसको सङ्क्रमण भएका झन्डै ३५ प्रतिशत बिरामीको मृत्यु भएको छ। सङ्‍क्रमण हुँदा मेर्स सार्सभन्दा बढी घातक हुन्छ। तर यो कम सरुवा भएको देखिन्छ।

_x000D_ _x000D_

पर्याप्त सुरक्षाविनै बिरामीको स्याहार गर्दा वा अरू किसिमको संसर्गबाट मानिसबाट मानिसमा यो रोग सर्नसक्छ। वैज्ञानिकहरू ऊँटमा मेर्स भाइरस पाइने बताउँछन्। तर मानिसमा कसरी यो सर्‍यो भन्ने स्पष्ट छैन।

_x000D_ _x000D_

मेर्सका कुल केसहरूमध्ये ८० प्रतिशत साउदी अरेबियामा भेटिएका छन्।

_x000D_ _x000D_

रिफ्ट भ्याली फिभर
_x000D_

_x000D_ _x000D_

लामखुट्टे र रगत चुस्ने झिँगाले रिफ्ट भ्याली फिभर (आरभीएफ) गराउने भाइरस सार्छन्। यसबाट प्राय: गाईवस्तु र भेडा प्रभावित हुन्छन्।

_x000D_ _x000D_

तर यो रोग मानिसमा पनि सर्नसक्छ। मानिसमा यसबाट सामान्य रुघाजस्तो स्थितिदेखि गम्भीर समस्यासम्म देखिन सक्छ। रक्तनली बिग्रिने र अङ्गले काम नगर्ने भएर मृत्यु हुनसक्छ।

_x000D_ _x000D_

मानिसमा अधिकांश सङ्क्रमणहरू, सङ्क्रमित वस्तुभाउ जनावरको रगत वा मासुसँग प्रत्यक्ष वा परोक्ष सम्पर्क भएका कारणले हुने गरेका छन्। सङ्क्रमित गाईवस्तुको दूध राम्ररी नउमाली सेवन गर्दा पनि यो भाइरस सरेको हुनसक्ने केही प्रमाण भेटिएका छन्।

_x000D_ _x000D_

लामखुट्टे र रगत चुस्ने झिँगाबाट पनि मानिसमा सङ्क्रमण भएको भेटिएको छ। केन्याको रिफ्ट उपत्यकामा सन् १९३१ मा पहिलो चोटि यो भाइरसको सङ्क्रमण भेटिएको थियो।

_x000D_ _x000D_

जिका

_x000D_ _x000D_

_x000D_ _x000D_

जिका रोग मूलत: जिका भाइरसबाट सङ्क्रमित लामखुट्टेबाट मानिसमा सर्छ। तर यौनसम्पर्क गर्दा पनि मानिसबाट मानिसमा सर्नसक्छ।

_x000D_ _x000D_

ज्वरो आउने, छालामा डाबर देखिने, मांसपेशीमा पीडा हुने र टाउको दुख्ने यसका लक्षणहरू हुन्।

_x000D_ _x000D_

जिकाकै कारणले अस्वाभाविक रूपमा 'माइक्रोसेफली' अर्थात् असामान्य किसिमले सानो शिर भएका शिशुको जन्मको सङ्ख्यामा वृद्धि भएको विश्वास वैज्ञानिकहरू गर्छन्।

_x000D_ _x000D_

विश्व स्वास्थ्य सङ्गठनका अनुसार जिका भाइरसले गुइलाएन-बारे सिन्ड्रोम भनिने स्नायुप्रणालीमा हुने दुर्लभ खालको समस्या उत्पन्न गराउनसक्छ, जसबाट युवाहरूमा पक्षाघात हुन्छ।

_x000D_ _x000D_

यो भाइरसविरुद्ध कुनै खोप बनेको छैन।

_x000D_ _x000D_

जिका भाइरस पहिलो चोटो युगान्डाको जिका वनमा बस्ने बाँदरहरूमा सन् १९४७ मा पत्ता लागेको थियो।

_x000D_ _x000D_

लास्सा फिभर
_x000D_ सङ्क्रमित मूसाको मलमूत्रका कारणले प्राय: मानिसहरूमा लास्सा भाइरस सर्छ। मानिसबाट मानिसमा सर्न चाहिँ सङ्क्रमित व्यक्तिको रगत, मलमू्त्र अथवा शरीरमा हुने अन्य तरल पदार्थसँग प्रत्यक्ष सम्पर्क हुनुपर्छ।

_x000D_ _x000D_

अङ्गले काम गर्न छोडेर र रक्तनलीमा क्षति भएर रोग लागेको १४ दिनभित्र बिरामीको मृत्यु हुनसक्छ। तर यसबाट हुने मृत्युदर एक प्रतिशत मात्रै छ।

_x000D_ _x000D_

लास्सा फिभर भएका अधिकांश व्यक्तिमा ज्वरो आउने , टाउको दुख्ने र थकाइ लाग्ने भएको पाइन्छ।

_x000D_ _x000D_

तर गत मार्चमा नाइजिरियामा यो रोग फैलिँदा झन्डै ९० जनाको मृत्यु भयो। त्यतिबेला यसको मृत्युदर रोग निदान गरिएका र भएको आशङ्का गरिएका केसहरूमा २० प्रतिशत थियो।

_x000D_ _x000D_

सन् १९६९ मा नाइजिरियाको लास्सा नगरमा पहिलो चोटि यो भारइस भेटिएको थियो।

_x000D_ _x000D_

डिजिज एक्स

_x000D_ _x000D_

_x000D_ _x000D_

विश्व स्वास्थ्य सङ्गठनले डिजिज एक्स नामकरण गरेर महामारीको रूपमा फैलिन सक्ने 'अज्ञात रोग'लाई विशेष ध्यान दिनुपर्ने रोगको सूचीमा राखेको छ। 

_x000D_ _x000D_

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हाल मानिसमा हुने रोगको कारक भनेर नचिनिएको जीवाणुले कुनै बेला विश्वव्यापी रूपमा गम्भीर महामारी फैलाउनसक्छ। यसैलाई डिजिज एक्स भनिएको हो।

_x000D_ _x000D_

विश्व स्वास्थ्य सङ्गठनसँग आबद्ध वैज्ञानिकहरूले संसारमा जुनसुकै बेला पनि घातक भाइरस उत्पन्न हुनसक्ने र त्यसका लागि हामी तयार रहनुपर्ने बताउने गरेका छन्। त्यसैले डिजिज एक्स हाल थाहा नभएको कुराको प्रतिनिधि हो।

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०७५  ००:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता
सम्बन्धित सामग्री
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका प... बिहीबार, कात्तिक २०, २०८२
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको आपत्ति विज्ञप्तिमा भनिएको छ, “संवैधानिक प्रावधान, संविधानवाद, स्वतन्त्र न्यायपालिकासम्बन्धी अवधारणा एवं मुलुकले अङ्गीकार गरिआएको संविधानको... बुधबार, कात्तिक १९, २०८२
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग कामु प्रधानन्यायाधीश हरिप्रसाद फुयाल र न्यायाधीश अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले सोमबार आयोगका अध्यक्ष तथा सदस्यहरूलाई लिखित ज... बुधबार, कात्तिक १९, २०८२
ताजा समाचारसबै
विप्लव नेतृत्वको नेकपाले आज काठमाडौंमा जनप्रदर्शन गर्दै बिहीबार, कात्तिक २०, २०८२
राष्ट्रपति पौडेल आज स्वदेश फर्किदै बिहीबार, कात्तिक २०, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना बिहीबार, कात्तिक २०, २०८२
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता बुधबार, कात्तिक १९, २०८२
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा जारी, झलनाथ खनाल पनि सहभागी बुधबार, कात्तिक १९, २०८२
रविलाई बयानका लागि कारागारबाट सिंहदरबार ल्याइयो बुधबार, कात्तिक १९, २०८२
अब कहिल्यै नफुट्ने संकल्प गरौं : झलनाथ खनाल बुधबार, कात्तिक १९, २०८२
एकीकृत समाजवादी भयंकर हुन्छ भन्ने लागेको थियो, तर अध्याय सकियो : रामकुमारी झाँक्री बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
त्रिपक्षीय बैठकमा मिरजको सात बुँदे सर्त : जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म बिहीबार, कात्तिक १३, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्