• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यी हुन् महामारीको रूप लिन सक्ने घातक ११ रोगहरू

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १८, २०७५  ००:३०
1140x725

बिबिसी- विश्व स्वास्थ्य सङ्गठनले सन् २०१५ देखि 'प्राथमिकता' दिइएका घातक सङ्क्रामक रोगहरूको सूची प्रकाशित गर्दै आएको छ। ती रोगबारे थप अनुसन्धान आवश्यक रहेको बताइन्छ।

_x000D_ _x000D_

महामारीको रूपमा फैलिने सक्ने तिनको क्षमताका कारण र रोकथाम गर्न औषधि र खोप नभएकाले गर्दा ती रोगले जनस्वास्थ्यमा ठूलो जोखिम पार्ने मानिएको छ। 

_x000D_ _x000D_

संगठनको सूचीमा केही समयअघि अफ्रिका र भारतमा फैलिएका इबोला र निपा भाइरस पनि परेका छन्। सूचीमा ११ रोगहरू समाविष्ट छन्।

_x000D_ _x000D_

निपा भाइरस

_x000D_ _x000D_

निपा भाइरस फ्रूट ब्याट भनिने एक किसिमको चमेरोबाट घरपालुवा जनावर र मानिसमा सर्छ। निपा भाइरसको सङ्क्रमण हुँदा ज्वरो आउने, बान्ता हुने, टाउको दुख्ने जस्ता लक्षण देखिन्छ। त्यसपछि मस्तिष्क सुन्निन्छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

निपा भाइरसविरुद्ध कुनै खोप बनेको छैन। सङ्क्रमित व्यक्तिमा ७० प्रतिशत मृत्युदर देखिएको छ। सन् १९९८ मा मलेशियाली नगर निपामा पालिएका सुँगुरहरूमा यो भाइरस पहिलो चोटि भेटिएको थियो। त्यसैले यसको नाम नै निपा भाइरस राखियो।

_x000D_ _x000D_

सङ्क्रमित पशुबाट झन्डै तीन सय मानिसहरूमा यो भाइरस सरेको पाइएको छ। रोग फैलिएपछि एक सयभन्दा बढी मानिसको मृत्यु भएको विवरण प्राप्त भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

हेनिपाभाइरल डिजिजेज
_x000D_ निपा भाइरस चमेरोबाट सर्ने रोगहरूको वर्ग 'हेनिपाभाइरल डिजिजेज' अन्तर्गत पर्छ। पहिलो चोटि अस्ट्रेलियामा पत्ता लागेको हेन्ड्रा भाइरसलाई पनि यही वर्गमा राखिएको छ। 

_x000D_ _x000D_

यो फ्रूट ब्याटमा पाइन्छ। यसको सङ्क्रमण हुँदा घोडा र मानिसहरूको मृत्यु हुनसक्छ। सन् १९९४ मा पहिलो चोटि ब्रिस्बेनको हेन्ड्रास्थित एउटा तबेलामा यसको महामारी फैलिएको थियो।

_x000D_ _x000D_

यसबाट ७० वटा घोडाको मृत्यु भइसकेको छ भने रोग सरेका सातमध्ये चार मानिसको पनि ज्यान गएको छ।

_x000D_ _x000D_

सीसीएचएफ
_x000D_ क्राइमिएन-कङ्गो हेमर्‍याजिक फिभर (सीसीएचएफ) किर्नाबाट सर्छ। यसले मानिसमा गम्भीर महामारी फैलाउन सक्छ। यसबाट मृत्यु हुने अनुपात ४० प्रतिशतसम्म छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

सन् १९४४ मा पहिलो चोटि क्राइमियामा र पछि कङ्गोमा पनि भेटिएको यो भाइरस पूरै अफ्रिका, बाल्कन प्राय:द्वीप र मध्यपूर्व एवम् एशियाका केही भागमा पाइन्छ। यो रोग अकस्मात् सुरु हुन्छ। टाउको दुख्ने, धेरै ज्वरो आउने, ढाड दुख्ने, जोर्नी दुख्ने, पेट दुख्ने र बान्ता हुने जस्ता लक्षण देखिन्छ।

_x000D_ _x000D_

यो भाइरस मुख्यत: किर्नाले टोक्दा वा सङ्क्रमित गाईवस्तुबाट मानिसमा सर्छ। सङ्क्रमित मानिसको रगत वा शरीरबाट उत्पन्न हुने अन्य तरल पदार्थबाट पनि अर्को मानिसमा सर्छ।

_x000D_ _x000D_

मानिस वा पशु कसैका लागि पनि यो रोगको उपचार गर्न खोप उपलब्ध छैन।

_x000D_ _x000D_

इबोला भाइरस
_x000D_ इबोला भाइरस पनि फ्रूट ब्याटबाट नै उत्पन्न भएको विश्वास गरिन्छ। सन् १९७६ मा प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इबोला नदीनजिकै फैलिएको महामारीमा यो भाइरस पत्ता लागेको थियो।

_x000D_ _x000D_

इबोला भाइरस जङ्गली जनावरबाट मानिसमा सर्छ। मानिसबाट मानिसमा पनि सर्नसक्छ। इबोला भएको मानिसको घाउ भएको छाला, मुख वा नाकबाट अथवा रगत, बान्ता, मल र शरीरको तरल पदार्थ छोइँदा पनि सङ्क्रमण सर्छ। यो भाइरस मू्त्र र वीर्यमा पनि हुनसक्छ।

_x000D_ _x000D_

इबोलाको औसत मृत्युदर ५० प्रतिशत रहेको छ। त्यसैले यसलाई गम्भीर रोगका रूपमा लिइन्छ। यसले पश्चिम अफ्रिकामा सन् २०१४ देखि २०१६ सम्म भएको महामारीमा ११ हजार मानिसको ज्यान लियो।

_x000D_ _x000D_

अकस्मात् ज्वरो आउने र थकाइ लाग्ने, त्यसपछि झाडापखाला हुने, डाबर आउने एवम् मिर्गौला र कलेजोले राम्ररी काम नगर्ने जस्ता इबोलाका लक्षण हुन्। कसैकसैमा आँखा, कान, नाक र मुखमा आन्तरिक र बाह्य रक्तस्राव पनि हुनसक्छ।

_x000D_ _x000D_

मार्बर्ग भाइरस
_x000D_

_x000D_ _x000D_

मार्बर्ग भाइरसलाई इबोलाको नजिकैको नातेदार मानिन्छ। सङ्क्रमित मानिसको शरीरको तरल पदार्थसँग सम्पर्क हुँदा अन्य मानिसमा यो भाइरस सर्छ। यो पनि चमेरामा पाइन्छ। यसका कारण हुने मृत्युको दर २४ देखि ८८ प्रतिशतसम्म छ।

_x000D_ _x000D_

रोगका लक्षणहरू देखा परेको प्राय: आठ र नौ दिनको बीचमा उच्चरक्तस्राव भएर सङ्क्रमित व्यक्तिको मृत्यु हुनसक्छ। जर्मनीको मार्बर्गमा सन् १९६७ मा यो भारइस पहिलो चोटि पत्ता लागेको थियो। त्यतिबेला फ्रान्कफर्ट र सर्बियाको राजधानी बेल्ग्रेडमा पनि यो रोगको महामारी फैलिएको थियो।

_x000D_ _x000D_

सार्स
_x000D_ सिभिअर अक्युट रेस्परटरी सिन्ड्रोम (सार्स) भाइरसले गराउने श्वासप्रश्वाससँग सम्बन्धित रोग हो। यो रोग 'सिभिट क्याट' भनिने वनबिरालोबाट मानिसमा सरेको हुनसक्ने वैज्ञानिकहरूको मान्यता छ। सिभिट क्याटको मासु दक्षिण चीनमा स्वादिलो मानेर खाने प्रचलन छ। 

_x000D_ _x000D_

तर यो रोगको सम्बन्ध चमेरोसँग पनि छ। हालसम्म सार्सको महामारी सन् २००२ देखि २००४ सम्म दुई चोटि फैलिएको छ।

_x000D_ _x000D_

यूकेको न्याश्नल हेल्थ सर्भिसका अनुसार सार्सका ८,०९८ केसहरू दर्ता भएका थिए। तिनमध्ये ७७४ व्यक्तिको मृत्यु भएको थियो। अर्थात् गम्भीर खालको न्युमोनिया गराउने यो भाइरसले दश सङ्क्रमित व्यक्तिमध्ये झन्डै एक जनाको ज्यान लिनसक्छ।

_x000D_ _x000D_

सार्स हावाबाट पनि सर्छ। रुघामा जस्तै सङ्क्रमित व्यक्तिले खोक्दा वा छ्युँ गर्दा थुकको सूक्ष्म थोपाबाट यो फैलिन्छ। सन् २००४ पछि सार्सको केस कतै पनि भेटिएको छैन।

_x000D_ _x000D_

मेर्स
_x000D_ मिडल इस्ट रेस्परटरी सिन्ड्रोम (मेर्स) पनि सार्स भाइरसकै परिवारको सदस्य हो। यो सन् २०१२ मा साउदी अरेबियामा पहिलो चोटि भेटिएको थियो।

_x000D_ _x000D_

यसको सङ्क्रमण भएका झन्डै ३५ प्रतिशत बिरामीको मृत्यु भएको छ। सङ्‍क्रमण हुँदा मेर्स सार्सभन्दा बढी घातक हुन्छ। तर यो कम सरुवा भएको देखिन्छ।

_x000D_ _x000D_

पर्याप्त सुरक्षाविनै बिरामीको स्याहार गर्दा वा अरू किसिमको संसर्गबाट मानिसबाट मानिसमा यो रोग सर्नसक्छ। वैज्ञानिकहरू ऊँटमा मेर्स भाइरस पाइने बताउँछन्। तर मानिसमा कसरी यो सर्‍यो भन्ने स्पष्ट छैन।

_x000D_ _x000D_

मेर्सका कुल केसहरूमध्ये ८० प्रतिशत साउदी अरेबियामा भेटिएका छन्।

_x000D_ _x000D_

रिफ्ट भ्याली फिभर
_x000D_

_x000D_ _x000D_

लामखुट्टे र रगत चुस्ने झिँगाले रिफ्ट भ्याली फिभर (आरभीएफ) गराउने भाइरस सार्छन्। यसबाट प्राय: गाईवस्तु र भेडा प्रभावित हुन्छन्।

_x000D_ _x000D_

तर यो रोग मानिसमा पनि सर्नसक्छ। मानिसमा यसबाट सामान्य रुघाजस्तो स्थितिदेखि गम्भीर समस्यासम्म देखिन सक्छ। रक्तनली बिग्रिने र अङ्गले काम नगर्ने भएर मृत्यु हुनसक्छ।

_x000D_ _x000D_

मानिसमा अधिकांश सङ्क्रमणहरू, सङ्क्रमित वस्तुभाउ जनावरको रगत वा मासुसँग प्रत्यक्ष वा परोक्ष सम्पर्क भएका कारणले हुने गरेका छन्। सङ्क्रमित गाईवस्तुको दूध राम्ररी नउमाली सेवन गर्दा पनि यो भाइरस सरेको हुनसक्ने केही प्रमाण भेटिएका छन्।

_x000D_ _x000D_

लामखुट्टे र रगत चुस्ने झिँगाबाट पनि मानिसमा सङ्क्रमण भएको भेटिएको छ। केन्याको रिफ्ट उपत्यकामा सन् १९३१ मा पहिलो चोटि यो भाइरसको सङ्क्रमण भेटिएको थियो।

_x000D_ _x000D_

जिका

_x000D_ _x000D_

_x000D_ _x000D_

जिका रोग मूलत: जिका भाइरसबाट सङ्क्रमित लामखुट्टेबाट मानिसमा सर्छ। तर यौनसम्पर्क गर्दा पनि मानिसबाट मानिसमा सर्नसक्छ।

_x000D_ _x000D_

ज्वरो आउने, छालामा डाबर देखिने, मांसपेशीमा पीडा हुने र टाउको दुख्ने यसका लक्षणहरू हुन्।

_x000D_ _x000D_

जिकाकै कारणले अस्वाभाविक रूपमा 'माइक्रोसेफली' अर्थात् असामान्य किसिमले सानो शिर भएका शिशुको जन्मको सङ्ख्यामा वृद्धि भएको विश्वास वैज्ञानिकहरू गर्छन्।

_x000D_ _x000D_

विश्व स्वास्थ्य सङ्गठनका अनुसार जिका भाइरसले गुइलाएन-बारे सिन्ड्रोम भनिने स्नायुप्रणालीमा हुने दुर्लभ खालको समस्या उत्पन्न गराउनसक्छ, जसबाट युवाहरूमा पक्षाघात हुन्छ।

_x000D_ _x000D_

यो भाइरसविरुद्ध कुनै खोप बनेको छैन।

_x000D_ _x000D_

जिका भाइरस पहिलो चोटो युगान्डाको जिका वनमा बस्ने बाँदरहरूमा सन् १९४७ मा पत्ता लागेको थियो।

_x000D_ _x000D_

लास्सा फिभर
_x000D_ सङ्क्रमित मूसाको मलमूत्रका कारणले प्राय: मानिसहरूमा लास्सा भाइरस सर्छ। मानिसबाट मानिसमा सर्न चाहिँ सङ्क्रमित व्यक्तिको रगत, मलमू्त्र अथवा शरीरमा हुने अन्य तरल पदार्थसँग प्रत्यक्ष सम्पर्क हुनुपर्छ।

_x000D_ _x000D_

अङ्गले काम गर्न छोडेर र रक्तनलीमा क्षति भएर रोग लागेको १४ दिनभित्र बिरामीको मृत्यु हुनसक्छ। तर यसबाट हुने मृत्युदर एक प्रतिशत मात्रै छ।

_x000D_ _x000D_

लास्सा फिभर भएका अधिकांश व्यक्तिमा ज्वरो आउने , टाउको दुख्ने र थकाइ लाग्ने भएको पाइन्छ।

_x000D_ _x000D_

तर गत मार्चमा नाइजिरियामा यो रोग फैलिँदा झन्डै ९० जनाको मृत्यु भयो। त्यतिबेला यसको मृत्युदर रोग निदान गरिएका र भएको आशङ्का गरिएका केसहरूमा २० प्रतिशत थियो।

_x000D_ _x000D_

सन् १९६९ मा नाइजिरियाको लास्सा नगरमा पहिलो चोटि यो भारइस भेटिएको थियो।

_x000D_ _x000D_

डिजिज एक्स

_x000D_ _x000D_

_x000D_ _x000D_

विश्व स्वास्थ्य सङ्गठनले डिजिज एक्स नामकरण गरेर महामारीको रूपमा फैलिन सक्ने 'अज्ञात रोग'लाई विशेष ध्यान दिनुपर्ने रोगको सूचीमा राखेको छ। 

_x000D_ _x000D_

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हाल मानिसमा हुने रोगको कारक भनेर नचिनिएको जीवाणुले कुनै बेला विश्वव्यापी रूपमा गम्भीर महामारी फैलाउनसक्छ। यसैलाई डिजिज एक्स भनिएको हो।

_x000D_ _x000D_

विश्व स्वास्थ्य सङ्गठनसँग आबद्ध वैज्ञानिकहरूले संसारमा जुनसुकै बेला पनि घातक भाइरस उत्पन्न हुनसक्ने र त्यसका लागि हामी तयार रहनुपर्ने बताउने गरेका छन्। त्यसैले डिजिज एक्स हाल थाहा नभएको कुराको प्रतिनिधि हो।

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०७५  ००:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ?
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने
सम्बन्धित सामग्री
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका साना तथा ठूला अधिकांश नदीहरूमा पानीको बहाव स... सोमबार, असोज १२, २०८३
लखनदेई खोलामा आएको बाढीले भाडसर खुटौनाको बस्ती र धान खेत डुबानमा लखनदेई खोलामा आएको बाढीले बाँध भत्काउँदा सर्लाहीको मलङ्गवा नगरपालिका–५ स्थित भाडसर डुबानमा परेको छ । बाढीले भाडसर गाउँलाई चारैतिरबाट... सोमबार, असोज १२, २०८३
अविरल वर्षापछि आएको बाढीपहिरोमा २१ जनाको मृत्यु बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ देखि ११ गतेसम्म देशभर भएको भारी तथा अति भारी वर्षा पश्चात देशका विभिन्न स्था... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ सोमबार, असोज १२, २०८३
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी सोमबार, असोज १२, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? सोमबार, असोज १२, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने सोमबार, असोज १२, २०८३
लखनदेई खोलामा आएको बाढीले भाडसर खुटौनाको बस्ती र धान खेत डुबानमा सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्