• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत २३, २०८२ Mon, Apr 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यसकारण टुक्रियाे भारतबाट पाकिस्तान र बंगलादेश

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १७, २०७५  १५:४४
1140x725

माइक्रोफिल्ममा पुरानो पत्रिका पढ्नुको मज्जा बेग्लै हुन्छ। यसमा पत्रिका पढ्दा प्राप्त हुने आकस्मिक लाभ यसको एउटा फाइदा हो। महात्मा गान्धीका विषयमा उनी १९४७ तिर कलकत्ता बस्दा उनीबारे एक अन्जान भारतीयले लेखेको अभूतपूर्व चिठी मैले पत्रिकामा पढ्ने अवसर पाएँ। एमएस अलीले लेखेको सो पत्र अगस्ट १२, १९४७ को ‘द स्टेटम्यान’ मा प्रकाशित भएको रहेछ।

_x000D_ _x000D_

‘सर, पाकिस्तान राज्यमा पाँच प्रान्त हुनेछ, जहाँ पाँच प्रान्तका आफ्नै भाषा हुनेछन्। यीमध्ये बंगाली अरुको तुलनामा उन्नत भाषा हो। बंगालीको शब्दकोष पनि अरु भाषाको भन्दा लचक छ, जसको तुलनामा अरु भाषा खासै दमदार छैनन्,' सो पत्रमा भनिएको थियो। 

_x000D_ _x000D_

‘उर्दू उन्नत किसिमको भाषा भए पनि यो आम मानिसको भाषा होइन। भारत र पाकिस्तानका मानिसहरु उर्दू भाषा सहज रुपमा बोल्दैनन्। यो भाषाको प्रयोग भारतका उत्तर–पश्चिमका मुस्लिम समुदायका शिक्षित मानिसहरुले बढी प्रयोग गर्छन्।

_x000D_ _x000D_

त्यसैले यो पाकिस्तानको राष्ट्रिय भाषा बनाउनु हुँदैन र पाकिस्तानी विश्वविद्यालयमा पठनपाठनको माध्यम पनि बनाइनु हुँदैन। विदेशी र भारतीय भाषाहरु पाकिस्तानका प्रान्तीय भाषा भएको अवस्थामा त्यो भाषा बोल्ने मानिसको पकड अरु मानिसको भन्दा बढी हुन जान्छ। जसले पाकिस्तानको बृहतर विकासमा बाधा पुर्‍याउँछ।

_x000D_ _x000D_

मेरो विचारमा प्रत्येक प्रान्तमा फरक-फरक भाषाका विज्ञ सम्मेलित एक संयन्त्रको निर्माण गर्नुपर्छ। सो संयन्त्रले अन्तर-प्रान्तीय पत्र-व्यवहार र अन्य सम्बन्धित विषयमा समन्वय गर्नुपर्छ। विज्ञ सम्मेलित यो संयन्त्रले भाषिक कठिनाइ हल गर्नुपर्छ। प्रान्तमा जस्तै केन्द्रमा पनि यस्तै प्रकृतिको संयन्त्रको निर्माण हुनुपर्छ। यसले गर्दा सरकारले आफ्नौ हिसाबमा कुनै भाषालाई अपनाउनबाट रोकोस्। कथंकदाचित् कुनै एक भाषालाई पाकिस्तानको केन्द्र सरकारले बढवा दिने स्थिति आयो भने त्यो अंग्रेजी मात्र हुनुपर्छ।'

_x000D_ _x000D_

गान्धीलाई यो पत्र लेख्ने बंगाली भाषी मुस्लिम थिए। उनले भारत र पाकिस्तान छुट्टिए पनि पाकिस्तानको पूर्वी प्रान्तमा बस्न चहान्थे। यो पत्रले पुरातनवादी बंगाली संवेदना मात्रै बोक्दैन थियो। अलीलाई पाकिस्तानका अरु प्रान्तमा पनि प्रान्तीय प्रभुत्व सहितको भाषा हुने थाहा भएको हुनुपर्छ, जसमा उर्दू पर्दैनथ्यो। पञ्जाबका बासिन्दाले पञ्जाबीलाई नै सरकारी कामकाजको भाषा बनाउने तय नै थियो भने सिन्धीहरुले सिन्धी नै।

_x000D_ _x000D_

यसैगरी पाकिस्तानको उत्तर-पश्चिम प्रान्तमा पास्तो बोलिने भएकाले त्यहाँ पनि अन्य भाषाका तुलनामा पास्तोले नै प्राथमिकता पाउनेवाला थियो। बलुचिस्तानमा बलुची भाषा नै। त्यसैले अलीको माग थियो कि, सबै भाषाको प्रवर्द्धन होस् र संरक्षण पनि होस्। उनी चाहन्थे- तत्कालीन समयका पाकिस्तानी नागरिक र भावी पुस्तालाई विदेशी भाषा जस्तो लाग्ने उर्दू भाषा पाकिस्तानीमाथि नथोपरियोस्।

_x000D_ _x000D_

यो संमवेदना सम्मानयोग्य त थियो नै, त्यसका साथै यो दूरदृष्टि पनि यसमा थियो।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

तर पाकिस्तानका संस्थापकले यो कुरा सुनेनन्। पाकिस्तानलाई भारतबाट अलग्याउन मुख्य भूमिका खेलेका महमद जिन्ना चाहन्थे कि, नयाँ बन्ने मुलुकमा एउटा मात्रै धर्म र भाषा होस्।

_x000D_ _x000D_

जिन्ना पश्चिमा राष्ट्र निर्माणको प्रक्रियाबाट प्रभावित भएका हुन सक्थे। निश्चित क्षेत्रमा बसोबास गरेका मानिसलाई जबरजस्ती पाकिस्तानमा मिलाउने काम भयो। प्रकारान्तरमा उनीहरुलाई एउटै भाषा र साझा धर्म मान्ने मानिसका रुपमा रुपान्तरण गरियो। जिन्नाका तुलनामा उनका भारतीय प्रतिस्पर्धी गान्धीले फरक तरिकाको राष्ट्र-निर्माणको प्रक्रिया अपनाए। 

_x000D_ _x000D_

गान्धीले धार्मिक र भाषिक विविधतासहितको पहिचानमूलक राष्ट्र निर्माण गर्ने नीति लिए। एउटा मात्रै भाषा र धर्म मान्ने मानिस आफ्नो नागरिकका रुपमा स्वीकार गर्नबाट इन्कार गरे। 
_x000D_ नयाँ राष्ट्र पाकिस्तान स्थापना भएको ६ महिनापछि त्यहाँका गर्भनर जनरल पूर्वी भागको भ्रमणमा निस्किए।

_x000D_ _x000D_

सन् १९४८ मार्च २१ मा ढाकामा आयोजित एक सभालाई सम्बोधन गर्दै जिन्नाले भने, ‘यो प्रान्त र समग्र रुपमा पाकिस्तानमा उर्दू वा बंगालीमध्ये कुन भाषा प्रयोग गर्ने भन्ने विषयमा पछिल्लो समय गहन छलफल भइरहेको छ। यो विषयसँग सम्बन्धित मैले के कुरा पनि सुन्ने गरेको छु भने केही राजनीतिक अवसरवादीले प्रशासनलाई लज्जित पार्न ढाकामा रहेका छात्रा प्रयोग गर्ने प्रयास हुँदैछ।’

_x000D_ _x000D_

जिन्नाले थपे, ‘पाकिस्तान र तपाईंहरुको प्रान्तमा अझै पनि खतराका संकेतहरु देखा परिरहेका छन्। पाकिस्तानलाई बलियो राज्यका रुपमा स्थापना गर्न असफल भएको खण्डमा दुश्मनले हामीलाई विखण्डन गर्ने प्रयास गरिरहेका छन्। उनीहरु पाकिस्तानका मुस्लिमहरुमा खटपट ल्याउन चाहन्छन्। यो पाकिस्तानमा प्रान्तीयवाद स्थापना गर्ने चेष्टासहित आएको हो।’

_x000D_ _x000D_

भाषा सम्बन्धमा थप बोल्दै जिन्नाले भने, ‘बंगाली यो प्रान्तको सरकारी कामकाजको भाषा हुने वा नहुने भन्ने विषयमा यस प्रान्तको निर्वाचित सरकारका प्रतिनिधिले निर्णय गर्नेछ। भाषा सम्बन्धी विषयमा यहाँका बासिन्दाले उपयुक्त समयमा सही निर्णय लिने छन् भन्ने मलाई विश्वास छ। बंलागी भाषा हाम्रो राष्ट्रिय भाषा हुँदा हाम्रो दिनचर्या प्रभावित हुन्छ भन्ने जुन खालको अफवाह फैलाइएको छ त्यसमा कुनै सत्यता नभएको कुरा म यहाँहरु समक्ष स्पष्ट पार्न चहान्छु। मैले यति भन्दै गर्दा पनि कुन भाषालाई आफ्नो प्रान्तको सरकारी भाषा बनाउने भन्ने विषय यहाँका बासिन्दाको निर्णयमा भरपर्ने कुरा हो।’

_x000D_ _x000D_

बंगाली मानिसका लागि उनीहरुको भाषाले कस्तो प्रभाव राख्छ भन्ने कुरालाई जिन्नाकै धारणाले पनि प्रष्ट पार्छ। जिन्ना थप छन्, ‘म तपाईहरुलाई एउटा कुरा भन्न चाहन्छु। पाकिस्तानको राष्ट्रिय भाषा अरु होइन, उर्दू नै हुन्छ। यो निर्णयका विरुद्ध जाने जो प्रयास गर्छ ऊ पाकिस्तानको शत्रु हुनेछ।

_x000D_ _x000D_

राष्ट्रको एक आधिकारिक सरकारी भाषा बिना कुनै पनि राष्ट्र एकत्रित हुन सक्दैन। त्यसैले जहाँसम्म पाकिस्तानको राष्ट्रिय भाषाको कुरा छ, त्यसमा उर्दू नै हाम्रो राष्ट्रिय भाषा हुनेछ।’

_x000D_ _x000D_

यसको अर्थ जिन्नाको पाकिस्तानमा सरकारी कामकाज, शिक्षा, रोजगार, व्यवसाय लगायतमा उर्दू भाषाको प्रयोग हुने निश्चित भयो। बंगाली समुदायमाथि पनि उर्दूको लादिने निश्चित भएको थियो। जिन्नाले भाषा प्रतिको आफ्नो पागलपन प्रदर्शन गरेका थिए।

_x000D_ _x000D_

भर्खरै स्थापना भएको उनको नयाँ राष्ट्रले नागरिकताका लागि केही निश्चित राष्ट्रिय प्रावधान नबनाएको खण्डमा राष्ट्र विखण्डन हुन सक्ने खतरा उनका सामु थियो। त्यसैले उनी चाहन्थे पाकिस्तान एक मुस्लिम राष्ट्र होस्, जसको राष्ट्रिय भाषाका रुपमा उर्दू नै होस् भन्ने।

_x000D_ _x000D_

अर्कोतर्फ गान्धीलाई नै पछ्याउँदै नेहरुले नागरिकताका लागि एक विशाल सोच अघि ल्याए। भारतलाई राष्ट्रको रुपमा परिचय गराउन निश्चित धर्मको पालना गर्नुपर्ने कुनै बाध्यता थिएन। यसका साथै भारतमा बोलिने विविध भाषाहरुलाई उचित स्थान दिन पनि भारतलाइ कुनै गाह्रो थिएन।

_x000D_ _x000D_

हिन्दू राष्ट्र नहुने नै भए पनि समग्र भारतमा एक भाषा एक धर्मको भारी जनतालाई नलादिने निश्चित भयो। भारतमा कुनै एक मात्र भाषा राष्ट्रिय भाषा नभई सबै भाषा र संस्कृतिलाई प्रोसाहन र प्रवर्द्धन गरिने भयो।

_x000D_ _x000D_

बंगाली भाषाको सट्टामा उर्दू भाषालाई बढावा दिइएकै कारण नै सम्भवतः तत्कालीन पूर्वी पाकिस्तान छुटिन पुग्यो। अन्ततोगत्वा पाकिस्तानबाट पूर्वि पाकिस्तान अलग भई स्वतन्त्र देशका रुपमा बंलादेशको निर्माण भयो। जिन्नाले भनेका थिए, 'कुनै एक भाषा नभएको अवस्थामा देश अखण्ड र प्रभावकारी रहन सक्दैन।'

_x000D_ _x000D_

तर परिस्थिति उनले भनेको भन्दा फरक भयो। एक भाषालाई नै राष्ट्रिय भाषामा परिणत गर्दा पाकिस्तान टुक्रिन पुग्यो। यदि पाकिस्तानका तत्कालीन सत्ताधारीले एमएस अलीको पत्र पढ्ने मौका पाएको भए पाकिस्तान नटुक्रिन सक्थ्यो भने बंलादेश एक स्वतन्त्र देशको रुपमा स्थापना हुने सम्भावना न्यून हुने थियो।

_x000D_ _x000D_

म यहाँ के कुरा भन्न चहान्छु भने राष्ट्रिय स्वयंसेवक दल (आरएसएस) राष्ट्रियतासँग सम्बन्धित विचार जिन्ना विचारको प्रतिलिपि हो। उनीहरुलाई भारतीय हुनु भनेको हिन्दू हुनु हो र एक सच्चा भारतीय हुन हिन्दी भाषाको प्रयोग गर्नु हो। आरएसएसका प्रमुखले हिन्दुत्वका विषयमा सार्वजनिक रुपमा विचार अभिव्यक्ति दिँदै हिड्छन् भने उनका कार्यकर्ता गैर-हिन्दूलाई सडकमै आक्रमण गर्दै हिड्छन्।

_x000D_ _x000D_

यस्तै सत्तामा रहेको भारतीय जनता पार्टी पनि अरु भाषाभन्दा हिन्दी भाषाको प्रचारमा रहेको पाइन्छ। तर भारतका अधिकाशं जनता एमएस अलीले पाकिस्तानका विषयमा सोचे जसरी सोच्छन्। बहुजनको विश्वास उनीहरुले बोल्ने भाषाले व्यक्त गर्दैन।

_x000D_ _x000D_

(रामचन्द्र गुहा बैंगलोर निवासी इतिहासकार हुन्। उनको यो आलेख द टेलिग्राफबाट लिइएको हो। यो सामग्री नेपाल लाइभका सहकर्मी पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन्।_

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०७५  १५:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति
सम्बन्धित सामग्री
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रचलित कानुन तथा सर्वोच्च अदालतको आदेश विपरीत भर्ना प्रक्रिया अघि बढाइएकोप्रति ध्यानाकर्षण गराउँ... आइतबार, चैत २२, २०८२
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति अनुसन्धानको लागी उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडाैँ जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठले बताए । आइतबार, चैत २२, २०८२
डा. नारायण दत्त कँडेल महान्यायाधिवक्ता नियुक्त आइतबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । आइतबार, चैत २२, २०८२
ताजा समाचारसबै
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश आइतबार, चैत २२, २०८२
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन आइतबार, चैत २२, २०८२
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति आइतबार, चैत २२, २०८२
डा. नारायण दत्त कँडेल महान्यायाधिवक्ता नियुक्त आइतबार, चैत २२, २०८२
सभामुख डीपी अर्यालले लिए शपथ आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
कलाकार सागर लम्साल पक्राउ शनिबार, चैत २१, २०८२
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना समातिए शनिबार, चैत २१, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्